प्रथम जेनजी (Gen Z) शहीद दिवस
-
दिवस मनाइने मिति: प्रत्येक वर्षको भदौ २३ गते
-
पहिलोपटक मनाइएको वर्ष: वि.सं. २०८३ भदौ २३ (सन् २०२६ सेप्टेम्बर ८) मा पहिलो 'जेनजी शहीद दिवस (Gen Z Martyrs' Day)' मनाइएको,
-
दिवस घोषणाको निर्णय: नेपाल सरकार मन्त्रिपरिषद्ले वि.सं. २०८२ मङ्सीर १५ गते हरेक वर्ष भदौ २३ लाई यो दिवस मनाउने निर्णय गरेको,

जेनजी आन्दोलनको पृष्टभूमि:
- आन्दोलनको तत्कालीन कारण: तत्कालीन सरकारले वि.सं. २०८२ साल भदौ १९ गते आधिकारिक रूपमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गर्नु,
- आन्दोलनको मूल कारण: राज्य प्रणालीमा व्याप्त भ्रष्टाचार, वेथिति, कुशासन र दशकौंदेखि एउटै राजनीतिक नेतृत्वको पुनरावृत्ति प्रतिको चरम असन्तोष,
-
आन्दोलन भएको मिति: वि.सं. २०८२ साल भदौ २३ र २४ गते देशव्यापी रूपमा 'जेनजी आन्दोलन (Gen Z Movement)' भएको — यो ऐतिहासिक आन्दोलन वि.सं. २०८२ साल भदौ २३ गते काठमाडौंको माइतीघर मण्डलाबाट शान्तिपूर्ण रूपमा सुरु भएको,
जेनजी आन्दोलनको भदौ २३ र २४ गतेको कालगणना अनुसारको संक्षिप्त विवरण (विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जेन-जी (Gen-Z) आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा आधारित तथ्यांक):
भाद्र २३ गते (Bhadra 23) को घटनाक्रम:
|
समय
|
प्रमुख घटनाक्रम
|
|---|---|
|
बिहान ०८:३० - ०९:१४
|
विद्यार्थीहरू प्लेकार्डसहित माइतीघर मण्डला आसपास भेला भई भ्रष्टाचार विरुद्ध प्रदर्शन सुरु गरेका,
|
|
बिहान १०:०० - १०:५२
|
प्रदर्शनकारीहरू माइतीघरबाट बिजुलीबजार हुँदै अघि बढे र केही स्थानमा तस्बिरहरू च्यातेका,
|
|
बिहान १०:५८ - ११:००
|
बिजुलीबजार पुल हुँदै बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको प्रहरी ब्यारिकेडसम्म पहिलो भीड पुगेको,
|
|
बिहान ११:४० - ११:४७
|
प्रदर्शनकारीहरूले एभरेष्ट होटल अगाडिको ब्यारिकेड तोडेर नयाँ बानेश्वर चोकतर्फ अघि बढेको,
|
|
बिहान ११:४९ - ११:५५
|
नयाँ बानेश्वर चोकमा भीड पुगेपछि प्रहरीले तितरबितर पार्न पानीको फोहोरा (वाटर क्यानन) र अश्रुग्यास प्रयोग गरेको,
|
|
बिहान ११:५५ - १२:०५
|
भीड बानेश्वर चोकदेखि सिभिल अस्पताल गेटसम्म पुग्यो र रेलिङको सहारामा संसद भवनको दक्षिण गेटमाथि चढेको,
|
|
दिउँसो १२:०५ - १२:१०
|
संसद भवनको दक्षिण गेट अगाडि ठूलो भीड जम्मा भयो र गेटमाथि चढेकाहरूलाई लक्षित गरी अश्रुग्यास प्रहार भएको,
|
|
दिउँसो १२:१० - १२:३७
|
भीड संसद परिसरभित्र छिर्न खोज्दा स्थिति अनियन्त्रित भयो र पहिलो पटक गोली प्रहार भएको,
|
|
दिउँसो १२:३०
|
काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बानेश्वर क्षेत्रमा कफ्यु आदेश जारी गरिएको,
|
|
दिउँसो १२:३५ - १३:०१
|
संसद भवन दक्षिण गेट वरपर प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर प्रयोग भयो, आन्दोलनकारी घाइते भए र मोलोटोभ (पेट्रोल बम) प्रहार सुरु भएको,
|
|
दिउँसो १३:१९ - १३:४३
|
दक्षिण गेट वरपर फेरि भीड एकत्रित भई झडप भयो र आन्दोलनकारीहरूले सशस्त्र प्रहरीको एम्बुलेन्समा आगजनी गरेको,
|
|
दिउँसो १४:१५ - १४:३०
|
नयाँ बानेश्वर चोक क्षेत्रमा गोली चल्दा कलेजका विद्यार्थी र सर्वसाधारण घाइते भए र केहीको मृत्यु भएको,
|
|
दिउँसो १५:०५
|
आन्दोलनकारीहरू फेरि दक्षिण गेटमा आई ढुङ्गामुढा गरेपछि प्रहरीले थप बल प्रयोग गरी भीड तितरबितर परेको,
|
|
दिउँसो १५:५४ - १८:१५
|
नेपाली सेनाको टोली संसद भवनको दक्षिण गेटमा आइपुग्यो र क्रमशः बानेश्वर र सिभिल अस्पताल क्षेत्रको स्थिति नियन्त्रणमा आएको,
|
|
साँझ १८:१५
|
नयाँ बानेश्वर संसद परिसर क्षेत्रको स्थिति सामान्य बनेको,
|
भाद्र २४ गते (Bhadra 24) को घटनाक्रम:
|
समय
|
प्रमुख घटनाक्रम
|
|---|---|
|
बिहान ०७:५८ - ०८:२४
|
आन्दोलनकारीहरू बिहानै संसद् भवनको दक्षिण गेट अगाडि जम्मा भई २३ गते भाँचेका फलामे बारहरू सडकमा तेर्स्याई बाटो बन्द गर्न खोजेका,
|
|
बिहान ०९:१८
|
मीनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि जम्मा भई आन्दोलन सुरु भएको,
|
|
बिहान ११:३१ - ११:५५
|
बिजुलीबजार नजिक जम्मा भई आन्दोलनकारीहरू बानेश्वरतर्फ अघि बढेको,
|
|
बिहान ११:५८
|
बानेश्वर चोकमा आन्दोलनकारीहरूले आगजनी गरेपछि प्रहरी टोली पछि हट्न बाध्य भएका,
|
|
दिउँसो १२:०० - १२:०१
|
च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र वरपरका भवनहरूमा आगजनी सुरु भएको,
|
|
दिउँसो १२:११ - १३:०१
|
बानेश्वर चोकको ट्राफिक आइल्याण्ड र ट्राफिक बीटमा आन्दोलनकारीहरूले आगजनी गरेका,
|
|
दिउँसो १३:०२ - १३:३०
|
भद्रकालीबाट आन्दोलनकारीको भीड सिंहदरबारको पश्चिम गेटतर्फ अघि बढेको,
|
|
दिउँसो १३:०८ - १३:१४
|
नयाँ बानेश्वर नजिकै रहेको यातायात कार्यालयमा आगजनी गरिएको,
|
|
दिउँसो १३:२६ - १३:३०
|
सिंहदरबार पश्चिम गेटमा सुरक्षाकर्मीहरू पछि हटेपछि आन्दोलनकारीहरू भित्र प्रवेश गरेका,
|
|
दिउँसो १३:४० - १३:४९
|
आन्दोलनकारीहरूको भीड सिंहदरबारको पश्चिम गेट भित्र प्रवेश गर्यो र भीड पश्चिम गेटमा चढेको,
|
|
दिउँसो १४:५५
|
सिंहदरबारको दक्षिण गेट र अन्य मन्त्रालय परिसरमा तोडफोड तथा आगजनी सुरु भएको,
|
|
दिउँसो १५:०३ - १५:१५
|
आन्दोलनकारीहरू पहिलो पटक प्रधानमन्त्री कार्यालय परिसर पुगे र सिंहदरबारभित्र व्यापक तोडफोड तथा आगजनी भएको,
|
|
दिउँसो १५:०७ - १५:०९
|
प्रधानमन्त्री कार्यालय र सिंहदरबारभित्रको मुख्य पार्किङमा रहेका गाडी तथा मोटरसाइकलमा आगजनी गरिएको,
|
|
दिउँसो १५:१८
|
शिक्षा मन्त्रालय र गृह मन्त्रालयको पार्किङमा आन्दोलनकारीहरूले आगजनी र तोडफोड सुरु गरेका,
|
|
बेलुका २२:००
|
नेपाली सेनाको फौज सिंहदरबार, शीतल निवास, विमानस्थल लगायतका संवेदनशील स्थानहरूमा तैनाथ भई गस्ती सुरु गरेपछि स्थिति नियन्त्रणमा आएको,
|
जेनजी (Gen-Z) आन्दोलन (भदौ २३ र २४ गते) पश्चात् मुलुकको राजनीतिक, सुरक्षा, प्रशासनिक र आर्थिक क्षेत्रमा ठूला र दूरगामी प्रभाव पार्ने घटनाक्रमहरू:
- वि.सं. २०८२ भदौ २३: आन्दोलनको पहिलो दिनमा बानेश्वरमा भएको प्रदर्शनमा मानवीय क्षति भएपछि नैतिक जिम्मेवारी लिँदै तत्कालीन गृह मन्त्री रमेश लेखकले सोही दिन राजीनामा दिएका,
- वि.सं. २०८२ भदौ २४: आन्दोलन थप उग्र बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पदबाट राजीनामा दिएका,
- जेनजी आन्दोलनको दबाबपछि देशलाई निकास दिन वि.सं. २०८२ भदौ २६ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको — सुशीला कार्की नेपालको इतिहासमा प्रथम महिला प्रधानमन्त्री (अन्तरिम सरकार प्रमुख) बन्न सफल
- वि.सं. २०८२ भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा विघटन गरिएको,
- सरकारले भदौ २३ र २४ गतेको घटनाको सत्यतथ्य छानबिन गर्न वि.सं. २०८२ असोज ५ गतेको निर्णयअनुसार 'जाँचबुझ आयोग' गठन गरेको,
- नयाँ निर्वाचनको मिति तय: प्रतिनिधि सभा विघटनसँगै आगामी वि.सं. २०८२ फागुन २१ गते बिहीबार नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकिएको,
- निर्वाचन परिणाम र नयाँ सत्ता उदय: वि.सं. २०८२ फागुन २१ को निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत ल्याएपछि वि.सं. २०८२ चैत १३ मा बालेन्द्र शाह (बालेन) नेपालको ४३औँ प्रधानमन्त्री नियुक्त भएका,
जेनजी (Gen-Z) आन्दोलनको सहिद घोषणा:
-
सहिद घोषणा: आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये सरकारले वि.सं. २०८२ कात्तिक १७ गतेको निर्णयमार्फत ४५ जनालाई औपचारिक रूपमा शहीद घोषणा गरेको,
-
घोषित शहीदहरूको वर्गीकरण: घोषणा गरिएका ४५ शहीदहरूमध्ये ४२ जना सर्वसाधारण नागरिक र ३ जना नेपाल प्रहरीका कर्मचारी रहेका,
जेनजी (Gen-Z) आन्दोलनका शहीदहरूको विवरण:
| क्र.सं. | नाम, थर | ठेगाना |
| १ | बुद्धिबहादुर तामाङ | किर्तिपुर-२, काठमाडौं |
| २ | सन्तोष बिश्वकर्मा | बेलका-४, उदयपुर |
| ३ | सुलभ राज श्रेष्ठ | नेपालगंज-१, बाँके |
| ४ | श्रीयम चौलागाई | बेलबारी-११, मोरङ |
| ५ | ईस्वत बहादुर अधिकारी | का.म.पा-११, काठमाडौं |
| ६ | आयुष थापा | नेपालगंज-१, बाँके |
| ७ | गौरब जोशी | धनगढी-५, कैलाली |
| ८ | योग बहादुर श्रेष्ठ | बारविसे-६, सिन्धुपाल्चोक |
| ९ | माधव सारू मगर | भूमिकास्थान-४, अर्घाखाँची |
| १० | बिमल बाबु भट्ट | बारपाक सुलिकोट-५, गोरखा |
| ११ | असहाव आलम ठकुराई | वीरगञ्ज-१२, पर्सा |
| १२ | सौरन किशोर श्रेष्ठ | बाग्लुङ-४, बाग्लुङ |
| १३ | सुभाष कुमार बोहरा | खप्तडछान्ना-७, बझाङ |
| १४ | रसिक खतिवडा खत्री | पनौति-१०, काभ्रे |
| १५ | बिनोद महर्जन | ललितपुर-७, ललितपुर |
| १६ | दिल नारायण तामाङ | तिमाल-७, काभ्रे |
| १७ | योगेन्द्र न्यौपाने | गोलान्जोर-१, सिन्धुली |
| १८ | अभिषेक श्रेष्ठ | इनरुवा न.पा.-६, सुनसरी |
| १९ | मोहन सरदार | इटहरी-१४, सुनसरी |
| २० | छत्रमान कुथुमी | पाख्रिबास-२, धनकुटा |
| २१ | ओझन बुढा | स्वामिकार्तिक खापर-२, बाजुरा |
| २२ | साजन राई | धरान-२२, सुनसरी |
| २३ | अनिश पराजुली | पालुङटार-३, गोरखा |
| २४ | सारकुमार राई | चौदन्डीगढी-३, उदयपुर |
| २५ | अर्जुन भट्ट | गण्डकी-४, गोर्खा |
| २६ | धिरज श्रेष्ठ | तादी-३, नुवाकोट |
| २७ | देव कुमार सुवेदी | लालबन्दी-५, सर्लाही |
| २८ | उमेश महत | चौतारा साँगाचोकगढी-८, सिन्धुपाल्चोक |
| २९ | प्रविण कुलुङ | सिलिचुङ-३, सङ्खुवासभा |
| ३० | निखिता गौतम | कालिका-८, चितवन |
| ३१ | अभिषेक चौलागाई | शैलुङ-४, दोलखा |
| ३२ | बिजय चौधरी | लहान-१५, सिरहा |
| ३३ | भिमराज धामी | दुर्गाथली-१, बझाङ |
| ३४ | निरज पन्त | दशरथचन्द ६, बैतडी |
| ३५ | दीपक सिंह साउद | शिवनाथ-२, बैतडी |
| ३६ | शुभराज बलामी श्रेष्ठ | ककनी-१, नुवाकोट |
| ३७ | ज्ञानिन्द्र सेढाई | अर्जुनधारा-११, झापा |
| ३८ | दिनेश राजवंशी | अर्जुनधारा-८, झापा |
| ३९ | कमल भण्डारी | हिलिहाङ-२, पाँचथर |
| ४० | दिपेश सुनुवार | तिनपाटन-६, सिन्धुली |
| ४१ | महेश बुढाथोकी | विगु-३, दोलखा |
| ४२ | लच्छुमान राई | पञ्चकन्या-२, नुवाकोट |
| ४३ | मिलन राय | दुधौली-८, सिन्धुली |
| ४४ | अमृत गुरुङ | रुपा-५, कास्की |
| ४५ | उत्तम थापा | लेकाम-३, दार्चुला |