विश्व फिजियोथेरापी दिवस, २०२६
- दिवस मनाइने मिति: हरेक वर्षको सेप्टेम्बर ८ मा (विक्रम सम्बतको सन्दर्भमा २०८३ भदौ २३ गते)
- दिवसको स्थापना वर्ष: सन् १९५१ सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी महासंघ (हाल World Physiotherapy) को स्थापना भएको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको,
- पहिलो पटक मनाइएको वर्ष: आधिकारिक रूपमा सन् १९९६ देखि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको,
- विश्व फिजियोथेरापीको मुख्यालय: विश्व फिजियोथेरापी महासंघको केन्द्रीय कार्यालय लन्डन, संयुक्त अधिराज्य (UK) मा रहेको,
- सन् २०२६ को विश्वव्यापी विषयवस्तु (Theme): "The role of physiotherapy and physical activity in the prevention, management, and rehabilitation of cardiovascular disease and stroke."
- नेपालमा फिजियोथेरापी सेवाको प्रारम्भिक अभ्यास: सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार र भारतबाट तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत