राष्ट्रसंघ (League of Nations)
- के हो राष्ट्रसंघ (League of Nations)? पहिलो विश्वयुद्धको अन्त्यपछि अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन र विश्व शान्ति कायम राख्न स्थापना भएको पहिलो विश्वव्यापी संगठन (First International Organization) — जर्मन दार्शनिक इमानुएल कान्ट (Immanuel Kant) ले सन् १७९५ मा प्रतिपादन गरेको 'शाश्वत शान्ति (perpetual peace)' को अवधारणालाई यस संगठनको वैचारिक जग मानिन्छ,
- मुख्य अवधारणाकार: तत्कालिन अमेरिकी राष्ट्रपति बुड्रो विल्सन (Woodrow Wilson) — अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले ८ जनवरी १९१८ मा अमेरिकी कंग्रेससमक्ष प्रस्तुत गरेको "चौध बुँदे प्रस्ताव (Fourteen-point proposal)" मा पहिलो पटक औपचारिक रूपमा 'राष्ट्रसंघ (League of Nations)' को नाम उल्लेख गरिएको,
- तत्कालिन अमेरिकी राष्ट्रपति बुड्रो विल्सनको प्रस्तावमा राष्ट्रसंघको स्थापना गर्ने प्रस्तावनामा हस्ताक्षर भएको मिति: सन् १९१९ जनवरी २६
- स्थापना: सन् १९२० जनवरी १० — प्रथम विश्वयुद्ध अन्त्य गर्ने भर्सायल्सको सन्धिको पहिलो भागको रूपमा रहेको 'राष्ट्रसंघको बडापत्र (Covenant of the League of Nations)' मा ४४ वटा राष्ट्रहरूले हस्ताक्षर गरेपछि यो संस्था अस्तित्वमा आएको,
- पहिलो बैठक: सन् १९२० जनवरी १६ मा फ्रान्सको पेरिस सहरमा बसेको,
- सचिवालय: जेनेभा, स्विजरल्याण्ड
- प्रमुख अंगहरु: ३ वटा अंग (सभा, परिषद् र सचिवालय)
- कार्यालय संचालनका भाषाहरु: अङ्ग्रेजी, फ्रान्सेली र स्पेनी
- उपनाम: "Child of War (युद्धको बच्चा)" — प्रथम विश्वयुद्धको गर्भबाट यस संस्थाको जन्म (स्थापना सन् १९२० मा) भएको हुनाले इतिहासविद् तथा राजनीतिक विश्लेषकहरूले यसलाई "Child of War (युद्धको बच्चा)" को उपनाम दिएका,
- संस्थापक सदस्य राष्ट्रहरू (Founder Members) को संख्या: ४२
- आफ्नो इतिहासभरि राष्ट्रसंघमा आबद्ध भएका जम्मा राष्ट्रहरूको संख्या: ६३
- अधिकारिक विघटन: सन् १९४६ अप्रिल २० — यस दिन (सन् १९४६ अप्रिल २० मा) राष्ट्र सङ्घको सचिवालय र प्रशासनिक संरचनाहरू पूर्ण रूपमा बन्द भई यसको आधिकारिक विघटन (Official Dissolution) भएको र यसका सम्पूर्ण अधिकार तथा भौतिक सम्पत्तिहरू संयुक्त राष्ट्र सङ्घको जिम्मामा गएको,
- विघटन हुँदा बखत राष्ट्रसंघको सदस्य राष्ट्रहरुको संख्या: ३२
- राष्ट्रसंघ (League of Nations) को इतिहासमा कार्यकाल सम्हालेका महासचिवहरुको संख्या: ३ जना
- बेलायतका सर एरिक ड्रमन्ड (Sir Eric Drummond) – १ अगस्ट १९२० देखि २ जुलाई १९३३ सम्म
- फ्रान्सका जोसेफ एभेनोल (Joseph Avenol) – ३ जुलाई १९३३ देखि ३१ अगस्ट १९४० सम्म
- आयरल्याण्डका सिन लेस्टर (Seán Lester) – ३१ अगस्ट १९४० देखि १८ अप्रिल १९४६ सम्म