Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Ajnabee Khadka
  • November 04, 2026
  • 120

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)

१. 'विश्व आर्थिक स्वतन्त्रता सूचकाङ्क २०२६' अनुसार अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

➤ ९० औँ 

  • समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार १० नम्बरको कुल सूचकाङ्कमा नेपालले ६.५९ अङ्क प्राप्त गरी १६५ देशमध्ये ९० औँ स्थानमा रहेको । नेपाल अघिल्लो वर्ष ८९ औँ स्थानमा थियो ।
  • विश्वभर सबैभन्दा उच्चस्तरको आर्थिक स्वतन्त्रता कायम गर्ने देशको सूचीमा हङकङ पहिलो स्थानमा रहेको छ भने सबैभन्दा कम वरीयता वा अन्तिम स्थानमा भेनेजुएला रहेको छ । 
  • अन्य मुलुकको स्थिति : भारत ८८ औँ, चीन ११० औँ, अमेरिका शीर्ष पाँचभित्र र रुस १४३ औँ स्थानमा रहेका ।
  • उच्चस्तरको आर्थिक स्वतन्त्रता भएका देशमा बसोबास गर्ने मानिसले बढी समृद्धि, बढी राजनीतिक तथा नागरिक स्वतन्त्रता र लामो आयु (औसत आयु ८०.७ वर्ष) प्राप्त गर्ने प्रतिवेदनमा उल्लेख । 

 

२. ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा चौथो पटक राष्ट्रपतिमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ? 

➤ लुइज इनासिओ लुला दा सिल्भा (सन् २०२६ अक्टोबर)

  • वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो पटक ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका । 
  • पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका । 
  • लुलाको विगतका कार्यकाल : सन् २००३ (पहिलो), सन् २००६ (दोस्रो) र सन् २०२२ (तेस्रो) । 
  • लुलाले ब्राजिललाई कसैको आँगन बन्न नदिने भन्दै सार्वभौमसत्तालाई प्रमुख चुनावी मुद्दा बनाएका । 

संयुक्त राष्ट्रसङ्घले 'काम गर्न छोडेको छ' : ब्राजिलका राष्ट्रपति लुला

३. षडानन्द राष्ट्रिय पुरस्कार २०८३ कसलाई प्रदान गरियो ? 

➤ नेपाली संस्कृतिविद् तथा समाजशास्त्री प्राडा प्रेमकुमार खत्री

  • प्रदान गर्ने : आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान
  • षडानन्द राष्ट्रिय समाजसेवा पुरस्कार, २०८३ : विश्रान्ति मन्दिर आश्रम, मूलघाट, धनकुटा (पुरस्कार राशि: रु. ५१ हजार) 
  • षडानन्द क्षेत्रीय पुरस्कार : कवि जसराज किराँती (पुरस्कार राशि : रु. ५१ हजार)

Loksewa with GhokSewa – Ace the PSC Exam with Confidence | काठमाडौँ चलचित्र  महोत्सव, २०८३

४. नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप कति हिमाललाई सूचीकृत गराउन प्रस्ताव गरेको छ ?

➤ ६ वटा

  • काठमाडौँमा आयोजित विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको सन् २०२६ को साधारण सभामा सो प्रस्ताव प्रस्तुत गरिएको । 
  • नेपालले सन् १९८२ र सन् २०११ पछि सन् २०२६ मा तेस्रो पटक विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको साधारण सभा आयोजना गरेको । 
  • प्रस्ताव पारित भएमा विश्वभर आठ हजार  मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्ने र नेपालमा यस्ता हिमालको सङ्ख्या आठबाट बढेर १४ पुग्ने । 
  • प्रस्तावित छ वटा हिमाल :
    1. यालुङ काङ (८,५०५ मिटर)
    2. कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर)
    3. कञ्चनजङ्घा मध्य (८,४७३ मिटर)
    4. ल्होत्से मध्य (८,४१० मिटर)
    5. ल्होत्से सार (८,४०० मिटर)
    6. यालुङ काङ पश्चिम (८,०७७ मिटर)

 

५. मस्कोमा सम्पन्न अन्तर्राष्ट्रिय युरेसिया पुरस्कार अन्तर्गत ‘मित्रताको पुल’ विधामा तृतीय पुरस्कार जित्न सफल नेपाली को हुन् ?

➤ राम विन्दु श्रेष्ठ (सन् २०२६ अक्टोबर) 

  • ‘युरेसिया’ संस्थाद्वारा रुसको रोसोट्रुडनिचेस्टभो (रुसी सहयोग) सँगको साझेदारीमा स्थापित यस अवार्डका लागि विश्वका ७३ देशबाट कुल ५,५१२ आवेदन प्राप्त भएका थिए । 
  • नेपाल र रुसका साहित्यिक समुदायबिच समन्वय गरी दुई देश र नागरिकस्तरमा अन्तर्राष्ट्रिय सहकार्य एवंसांस्कृतिक संवाद प्रवर्धन गरेवापत श्रेष्ठलाई सो अवार्ड प्रदान गरिएको । 
  • उनी रुसनेपाल सहकार्य तथा मैत्री समाजको साहित्य आयोगका उपाध्यक्ष, मित्र कुञ्जका उपाध्यक्ष एवं नेपालरुस साहित्य समाजका महासचिव हुन् । 

राम बिन्दु श्रेष्ठलाई तेस्रो अन्तर्राष्ट्रिय युरेसिया पुरस्कार |  साहित्यपोस्ट-नपढी सुखै छैन...

६. छैटौँ संस्करणको ‘मिसेस नेपाल वल्र्ड २०२६’ को उपाधि जित्ने प्रतिभा को हुन् ?

➤ विनीता गुरुङ

  • रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 
  • अन्य विधाका उपाधि विजेता :
    • मिसेस नेपाल इन्टरनेसनल : शिल्पा न्यौपाने महर्जन
    • मिसेस नेपाल कस्मो : क्रिस्टिना ज्ञवाली
    • एमएस नेपाल इन्टरनेसनल : रिचा शर्मा

मिसेस नेपाल वर्ल्ड २०२६ की विजेता बनिन बिनिता गुरुङ | Nepal Bahas - नेपाल  बहस: नेपालको खोजमुलक पत्रकारिता

७. अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सद्वारा प्रदान गरिएको ‘बेस्ट बैङ्क अवार्ड २०२६’ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ? 

➤ ग्लोबल आइएमई बैङ्क लिमिटेड 

  • बैङ्क यो अवार्डबाट लगातार तेस्रो वर्ष (सन् २०२४, २०२५ र २०२६) सम्मानित भएको । 
  • थाइल्यान्डको राजधानी बैङ्ककमा आयोजित विशेष समारोहमा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीद्वारा ग्रहण । 
  • वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, डिजिटल तथा भौगोलिक पहुँच, रणनीतिक साझेदारी, एआई तथा आधुनिक प्रविधिको प्रयोग, दिगो कर्जा र जोखिम व्यवस्थापन मूल्याङ्कनका प्रमुख आधार रहेका । 
  • विगतका अन्य प्रमुख सम्मान : ‘बैङ्क अफ दि इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैङ्क २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४, २०२५), ‘बेस्ट बैङ्क इएसजी नेपाल २०२४’ आदि । 

 

८. नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको ‘विशिष्ट प्रतिभा सम्मान’ कसलाई प्रदान गर्‍यो ? 

➤ वरिष्ठ गीतकार शिवशङ्कर थापामगर

  • आयोजक संस्था : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत (स्थापना : सन् २००८)
  • विशिष्ट प्रतिभा सम्मान : गीतकार शिवशङ्कर थापामगर (धनकुटा), पुरस्कार राशि : रु. एक लाख 
  • प्रतिभा पुरस्कार : कवि तथा कलाकार चन्द्र रानाहँछा (खोटाङ), पुरस्कार राशि : रु. एक लाख 

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा शिवशंकर थापा मगर र चन्द्र  रानाहँछालाई विशिष्ट प्रतिभा सम्मान | We Nepali, UK NEPAL NEWS

९. ट्राभल इन्स्योरेन्स बजार स्क्वायरमाउथको २०२६ को अध्ययन अनुसार विश्वकै सबैभन्दा महँगो पर्यटकीय गन्तव्य कुन हो ?

➤ ग्रिनल्यान्ड 

  • शीर्ष पाँच महँगा गन्तव्य :
    • पहिलो:  ग्रिनल्यान्ड (९.८४ अङ्क)
    • दोस्रो:  ब्रिटिस भर्जिन आइल्यान्ड (९.७२ अङ्क)
    • तेस्रो: फ्रेन्च पोलिनेसिया (९.४३ अधधङ्क)
    • चौथो: अन्टार्कटिका (८.९० अङ्क)
    • पाँचौँ :   माल्दिभ्स (८.७४ अङ्क)
  • सूचीका अन्य प्रमुख गन्तव्य : स्विट्जरल्यान्ड (छैटौँ), जिम्बाब्वे (सातौँ), टक्र्स एन्ड काइकोस आइल्यान्ड (आठौँ), बोत्स्वाना, एङ्गुइला र सेन्ट लुसिया (संयुक्त नवौँ), नामिबिया र आइसल्यान्ड (संयुक्त १२ औँ), नर्वे (१४ औँ) र जाम्बिया (१५ औँ) । 
  • खर्च निर्धारणका आधारहरू : हवाई टिकट, होटेल, स्थानीय यातायात, कार भाडा, खाना र पेय पदार्थ, भौगोलिक दुर्गमता तथा आपूर्ति लागत । 

 

१०. द्वितीय संस्करणको मिस वेलनेस वल्र्ड, २०२६ को विजेता को हुन् ? 

➤ सान्वी मण्डल (नेपाल)

  • आयोजना : सन् २०२६ सेप्टेम्बर २७, बैङ्कक (थाइल्यान्ड)
  • प्रतियोगिताको नारा : सुन्दरतासँगै आरोग्य (बिउटु विथ वेलनेस) (बडी, माइन्ड एन्ड स्पिरिट)
  • प्रतियोगिताको सुरुवात : सन् २०२५ 
  • पहिलो संस्करणको विजेता : जेस्सिका बुक्सेलास (ब्राजिल)

सान्वी मण्डल | प्रशासन

११. ‘दु:ख र विपत् जीवनका यस्ता दुई पाहुना हुन्, जोबिना निमन्त्रण टुप्लुक्किन्छन् ।’ भन्ने विद्वान् को हुन् ? 

➤ वाल्मीकि 

 

१२. संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ ? 

➤ अक्टोबर २४ 

  • सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएको स्मरणमा हरेक वर्ष अक्टोबर २४ का दिन यो दिवस मनाउने गरिन्छ । 

United Nations Day, 2026

१३. विश्व खाद्य दिवस कहिले मनाइन्छ ?

➤ अक्टोबर १६ 

  • सन् २०२६ (४६ औँ) को नारा : इनोभेट टुडे, नरिस टुमरो (आज नवप्रवर्तन गरौँ, भोलिलाई पोषित बनाऔँ ।)
  • सन् १९४५ अक्टोबर १६ मा क्यानडाको क्युबेकमा खाद्य तथा कृषि सङ्गठन स्थापना भएको मितिको सम्झनामा यो दिवस मनाउने गरिएको । 
  • मनाउन सुरु : सन् १९८१ 
  • नेपाल खाद्य तथा कृषि सङ्गठनको सदस्य बनेको मिति : सन् १९५१ नोभेम्बर २१

World Food Day 2026

१४. ‘जन्तरे समिट २०८३’ कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८३ कात्तिक ९-१०, जन्तरे, रोल्पा

  • सातबुँदे घोषणापत्र जारी । 
  • आयोजक संस्था : ‘कन्सेप्ट लुम्बिनी’
  • पर्यटन क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व, प्रदेशका मन्त्री तथा सचिवसहित ३०० भन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको । 
  • रोल्पा र रुकुमको प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिक संस्कृति र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको मानचित्रमा स्थापित गर्नु सम्मेलनको उद्देश्य रहेको । 

सातबुँदे घोषणापत्र जारी गर्दै सकियो 'जन्तरे समिट' - एभरेष्ट पेडिया ::  Everest Pedia

१५. सन् २०२६ अक्टोबरमा बङ्गालको खाडीमा विकसित भई भारतका विभिन्न स्थान र नेपालसमेत प्रभावित बन्न पुगेको चक्रवात कुन हो ? 

➤ चक्रवात ‘अर्णव’ 

  • सो आँधीले आन्ध्र प्रदेश र ओडिसाका तटीय क्षेत्रमा सन् २०२६ अक्टोबर २८ मा भूप्रवेश (ल्यान्डफाल) गरी तीव्र हावाहुरी, बाढी तथा बालीनाली नष्ट गर्नुका साथै एक लाखभन्दा बढी मानिसलाई विस्थापित गराएको ।
  • उक्त चक्रवातले न्यूनचापीय प्रणालीका रूपमा नेपाल प्रवेश गरी सन् २०२६ अक्टोबर २९ देखि ३१ सम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षा गराउँदै देशभर चिसो बढाउनुका साथै उच्च हिमाली भेगमा भारी हिमपात र पदयात्रामा अवरोध पुर्‍याएको । 

अर्णव' चक्रवातको असर : वर्षाभन्दा बढी हिमपात गराउन सक्ने

१६. नेपाल सरकारले पहिलो पटक कहिले ‘नागरिक बजेट’ सार्वजनिक गरेको हो ?

➤ वि.सं. २०८३ असोज २४ 

  • आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै सरकारले ‘नागरिक बजेट’ सार्वजनिक गरेको ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा २०८३ जेठ १५ मा सार्वजनिक गरेको बजेटको विवरणसहितको यो पुस्तिका असोज २४ मा सार्वजनिक गरिएको ।
  • नागरिक बजेटमा बजेट निर्माण प्रक्रियादेखि कार्यान्वयन, अनुगमन, सरकारले राजस्व प्राप्त गर्ने स्रोत, खर्च हुने क्षेत्र, नागरिकले पाउने लाभ र सहभागिताबारे जानकारीका साथै विभिन्न शब्दका अर्थसमेत राखिएको ।
  • बजेट प्रक्रियामा नागरिकको सहभागिता र स्वामित्व बढाउन, सरकारका प्राथमिकता तथा विकास योजनाबारे जानकारी गराउन, सरकारलाई जवाफदेही बनाउन र सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता कायम गर्न यसको थालनी गरिएको ।
  • राज्यको स्रोतसाधनको विनियोजन र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्नु सरकारको दायित्व रहेको कुरा अर्थमन्त्री डा. वाग्लेद्वारा नागरिक बजेटमा उल्लेख गरिएको ।

सरकारले सार्वजनिक गर्‍यो 'नागरिक बजेट'

१७. सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चालु आ.व. २०८३/०८४ को असोजसम्मको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण दायित्व कति पुगेको छ ?

➤ रु. ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख

  • कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपियाँ र आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपियाँ रहेको । 
  • कुल सार्वजनिक ऋण दायित्व कुल गार्हस्थ उत्पादन (अर्थतन्त्र) को तुलनामा ४५.५९ प्रतिशत (बाह्य ऋण २४.२२ प्रतिशत र आन्तरिक ऋण २१.३७ प्रतिशत) रहेको । 
  • असोजसम्म करिब ९९ अर्ब रुपियाँ ऋण भुक्तानी गरिएको (आन्तरिक ८२ अर्ब ७४ करोड र वैदेशिक १६ अर्ब १३ करोड) । 

 

१८. सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलपाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको लम्बाइ कति रहेको छ ? 

➤ १,१२६ मिटर 

  • सिद्धार्थ राजमार्गको बुटवलपाल्पा सडकखण्डमा १,१२६ मिटर लामो सुरुङ र पहुँच सडकसहित कुल २.५९ किलोमिटर क्षेत्रमा पूर्वाधार निर्माण भइरहेको । 
  • सुरुङभित्रको भौतिक निर्माण ९५ प्रतिशत पूरा भएको, समग्र आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति करिब ६५ प्रतिशत पुगेको । 
  • सुरुङ मार्गको लागत सात अर्ब ३४ करोड २१ लाख रुपियाँ रहेको । 

प्रस्तुतकर्ता : टङ्क केसी   

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 132
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 116
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 36
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 119
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 252
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA