Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Ajnabee Khadka
  • November 03, 2026
  • 137

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
मिति (वि.सं.)
संविधान सभाको बैठक / निर्णय र प्रमुख घटनाक्रम
२०६५ जेठ १५
पहिलो संविधान सभाको प्रथम बैठकद्वारा नेपाललाई 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र' घोषणा गर्ने ऐतिहासिक प्रस्ताव पारित— २४० वर्ष लामो राजतन्त्रको औपचारिक अन्त्य भएको ऐतिहासिक दिन
२०६५ साउन ४ र ६ गते क्रमशः
संविधान सभाको बैठकबाट प्रथम उपराष्ट्रपति (परमानन्द झा) र प्रथम राष्ट्रपति (डा. रामवरण यादव) को निर्वाचन सम्पन्न— गणतन्त्र नेपालका प्रथम राष्ट्रप्रमुख तथा उपराष्ट्रप्रमुखको चयन
२०६५ साउन ९
संविधान सभाको अध्यक्षमा सुवासचन्द्र नेम्वाङ निर्विरोध निर्वाचित
२०६५ मङ्शिर १
संविधान सभाको ८२ हप्ते कार्यतालिका तथा संविधान सभा नियमावली पारित— संविधान निर्माण प्रक्रियाको औपचारिक खाका तयार
२०६५ मङ्शिर १३
संविधान सभाको उपाध्यक्ष पदमा पूर्णकुमारी सुवेदी निर्वाचित
२०६९ जेठ १५
४ वर्षको अवधि पूरा हुँदासम्म संविधानको मस्यौदा तयार हुन नसकेपछि पहिलो संविधान सभा विघटन
२०७० मङ्शिर ४
दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न
२०७२ जेठ २५
प्रमुख चार राजनीतिक दलहरूबीच संविधानका विवादित विषय पन्छाएर अघि बढ्न १६ बुँदे सहमति कायम
२०७२ भदौ ३०
संविधान सभामा रहेको 'नेपालको संविधान विधेयक, २०७२' दुई-तिहाइ बहुमत (५०७ जना सभासद) द्वारा पारित— संविधान सभाबाट नयाँ संविधान पारित भएको दिन
२०७२ असोज १
५३७ जना सभासदहरूद्वारा संविधानका ५ वटा मूल प्रतिहरूमा हस्ताक्षर तथा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङद्वारा प्रमाणीकरण
२०७२ असोज ३
तत्कालीन राष्ट्रपति डा. रामवरण यादवद्वारा संविधान सभाको विशेष बैठकबाट 'नेपालको संविधान' औपचारिक रूपमा जारी तथा लागू— नेपाल संविधान सभाबाट संविधान जारी गर्ने विश्वको ४४ औँ मुलुक बनेको ऐतिहासिक दिन

लोकसेवा परीक्षाका लागि 'Must-Remember' मुख्य तथ्यहरू:

  • संविधान सभाबाट संविधान निर्माण गर्ने नेपाल कतिऔं मुलुक हो?: ४४ औँ
  • उपस्थित ५३२ जना सभासदहरूमध्ये ५०७ जना (दुई-तिहाइभन्दा बढी) ले संविधान विधेयकको पक्षमा मतदान गरेका,
  • हाते कागजमा मुद्रित ५ वटा मूल प्रतिहरूमा ५३७ जना सभासदहरूले हस्ताक्षर गरेका,
  • वि.सं. २०७२ असोज ३ गते नयाँ संविधान लागू भएसँगै 'नेपालको अन्तरिम संविधान, २०६३' खारेज भएको,

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 136
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 103
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 123
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 138
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 162
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA