Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

क्रिस्टियानो रोनाल्डो (CR7) द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

  • Ajnabee Khadka
  • November 06, 2026
  • 44

क्रिस्टियानो रोनाल्डो (CR7) द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

Cristiano Ronaldo (CR7) announces retirement from international football

 क्रिस्टियानो रोनाल्डो (CR7) को अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास सम्बन्धि तथ्य:

  • सन्यासको घोषणा मिति: सन् २०२६ नोभेम्बर ५ (वि.सं. २०८३ कात्तिक १९ गते)
  • सन्यास घोषणा गर्दाको उमेर: ४१ वर्ष
  • अन्तिम अन्तर्राष्ट्रिय खेल: सन् २०२६ सेप्टेम्बर २४ मा "यूईएफए नेसन्स लिग (UEFA Nations League)" अन्तर्गत वेल्स (Wales) विरुद्ध खेलेका— नवनिर्युक्त प्रशिक्षक जर्ज जिसस (Jorge Jesus) सँगको विवाद र त्यसपछिका खेलहरूमा बेन्चमा राखिने भएपछि उनले टोलीको क्याम्प छाडेका थिए, जसले अन्ततः नोभेम्बर ५ मा उनको सन्यास घोषणातर्फ डोर्‍याएको,
  • अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा लिएतापनि रोनाल्डोले साउदी अरबको क्लब अल-नासर (Al-Nassr FC) बाट व्यावसायिक फुटबल खेलिरहेका,

 क्रिस्टियानो रोनाल्डो (CR7) को व्यक्तिगत र पारिवारिक विवरण:

  • पूरा नाम: क्रिस्टियानो रोनाल्डो दोस सान्तोस आभेइरो (Cristiano Ronaldo dos Santos Aveiro)
  • जन्म: सन् १९८५ फेब्रुअरी ५
  • जन्मस्थान: पोर्चुगल, फन्चल, मडेइरा (Portugal, Funchal, Madeira)
  • बुबा: होसे डिनिस आभेइरो (José Dinis Aveiro)
  • आमा: मारिया दोलोरेस दोस सान्तोस आभेइरो (Maria Dolores dos Santos Aveiro)
  • श्रीमती: जोर्जिनारोड्रिग्वेज (Georgina Rodríguez)
  • छोराछोरीहरू: ५ जना छोराछोरी

क्रिस्टियानो रोनाल्डो (CR7) को खेल इतिहास:

  • पहिलो खेल (International Debut): सन् २००३ अगस्ट २०— उनले काजाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलबाट (१७ वर्षको उमेरमा) पोर्चुगलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका,
  • पहिलो अन्तर्राष्ट्रिय गोल:सन् २००४ जुन १२— उनले युरो कपको उद्घाटन खेलमा ग्रीस विरुद्ध पोर्चुगलका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका,
  • विश्वकपको पहिलो खेल (World Cup Debut) र पहिलो गोल: सन् २००६ जुन ११— उनले एङ्गोला विरुद्ध विश्वकपमा डेब्यु गरेका र सन् २००६ जुन १७ मा इरान विरुद्ध पेनाल्टीमार्फत आफ्नो पहिलो विश्वकप गोल गरेका,
  • खेल अवधि: सन् २००३ देखि २०२६ सम्म—  २३ वर्ष 
  • पोर्चुगलका लागि रोनाल्डोको कुल गोल संख्या: २३४ अन्तराष्ट्रिय खेलमा १४६ गोल
  • उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरो कप (UEFA Euro) र सन् २०१९ को यूईएफए नेसन्स लिग (UEFA Nations League) को ऐतिहासिक उपाधि जितेको,
  • खेल्ने स्थान (Position): मुख्य रूपमा फरवार्ड (Forward / Striker) र विङ्गर (Winger)
  • जर्सी नम्बर: ७ नम्बर
  • व्यावसायिक क्लब फुटबलको यात्रा: सन् २००२ मा पोर्चुगल स्पोर्टिङ सीपी (Sporting CP) बाट सुरु गरेका,

क्रिस्टियानो रोनाल्डो (CR7) का विश्व कीर्तिमानहरू (अन्तराष्ट्रिय र कल्ब फुटबल दुवै):

  • पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सबैभन्दा धेरै १४६ गोल गर्ने विश्व कीर्तिमानी खेलाडी
  • पुरुष अन्तर्राष्ट्रिय फुटबलमा विश्वकै सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी— २३४ खेल 
  • क्लब र अन्तर्राष्ट्रिय खेलहरू मिलाएर फिफा (FIFA) को आधिकारिक इतिहासमा ९०० भन्दा बढी (हाल ९८५) गोल गर्ने उनी विश्वकै पहिलो र शीर्ष खेलाडी
  • विश्वका ६ वटा फरक-फरक फिफा विश्वकप संस्करण (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा खेल्ने र ती सबै संस्करणमा गोल गर्ने इतिहासकै एकमात्र खेलाडी
  • युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग (Champions League) इतिहासमा सर्वाधिक १४० गोल को कीर्तिमान बनाएका,
  • युरोपेली च्याम्पियनसिप (UEFA Euro) को इतिहासमा सर्वाधिक १४ गोल गर्ने र सबैभन्दा धेरै ६ वटा संस्करण खेल्ने कीर्तिमानी खेलाडी
  • सन् २०१३-१४ को सिजनमा स्पेनको रियल म्याड्रिड (Real Madrid) का लागि १७ गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने विश्व कीर्तिमान कायम गरेका,
  • खेल क्षेत्रभन्दा बाहिर, संसारभरका विभिन्न सामाजिक सञ्जालहरूमा मिलाएर १ अर्ब (1 Billion) फलोअर्स पार गर्ने विश्वकै पहिलो व्यक्ति

Categories

  • Current Affairs 859
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Cristiano Ronaldo (CR7) announces retirement from international football
Current Affairs

क्रिस्टियानो रोनाल्डो (CR7) द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

  • Nov 06, 2026
  • 43
Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 250
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 120
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 263
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 325
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA