नेपालको भूगोल सम्बन्धि केहि प्रश्नहरु

नेपालको भूगोल सम्बन्धि केहि प्रश्नहरु
नेपाल कति डिग्री अक्षांश र देशान्तरसम्म फैलिएको छ ? | २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री२७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म |
नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ ? | ०.०३ प्रतिशत |
नेपालले एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ? | ०.३ प्रतिशत |
नेपालले दक्षिण एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ? | २.८२ प्रतिशत |
नेपालको क्षेत्रफल कति वर्गमाइल छ ? | ५६,८२७ वर्गमाइल |
नेपालको पूर्व पश्चिम लम्बाइ र चौडाइ कति छ ? | क्रमशः ८८५ कि.मि. र १९३ कि.मि. |
नेपालको प्रामाणिक समय कुन हिमाललाई आधार मानेर निर्धारण गरिएको छ ? | गौरिशंकर |
नेपालको समय ग्रीनविच समयभन्दा कति छिटो छ ? | ५ घण्टा ४५ मिनेट छिटो |
नेपालको प्रामाणिक समय कहिले लागु गरिएको हो ? | २०४२ साल बैशाख १ गते |
विश्वमा रहेका ८ हजार मिटर अग्ला १४ चुचुरामध्ये नेपालमा कति छन्? | ८ ओटा |
नेपालमा समुन्द्र सतहदेखि कति मिटर माथिसम्मको उचाइलाई हिमाली प्रदेश भनिन्छ ? | करिब ३००० मिटर माथि
|
सगरमाथालाई तेस्रो ध्रुवको उपनाम दिने को हुन् ? | Michale Karga |
नेपालमा हिमाली जिल्लाको सङ्ख्या कति ओटा छ ? | २१ ओटा |
२०७८ सालको जनगणना अनुसार हिमाली प्रदेशमा कति प्रतिशत जनसङ्ख्या बस्छन् ? | ६.०८ |
टिंकर भञ्ज्याङ कुन जिल्लामा पर्छ ? | दार्चुला |
नाम्जाला भञ्ज्याङ कुन जिल्लामा पर्छ ? | मनाङ |
सगरमाथा शिखर कुन हिमशृङखलामा पर्छ ? | खुम्बु/महालङ्गुर |
नेपालको दोस्रो अग्लो शिखर कुन हो ? | कञ्चनजङ्घा, ताप्लेजुङ |
माछापुच्छै हिमाल कुन हिमशृङखलामा पर्छ ? | अन्नपूर्ण |
अपी हिमाल कुन जिल्लामा पर्छ ? | दार्चुला |
नेपालमा कति उचाइसम्मको भूभागलाई पहाडी प्रदेश भनिन्छ ? | समुद्री सतहदेखि ३००मिटरदेखि उत्तरमा ३ हजार मिटरसम्म |
नेपालको पहाडी प्रदेशमा कति ओटा जिल्लाहरु पर्छन् ? | २८ ओटा |
जनगणना २०७८ अनुसार पहाडी प्रदेशको जनसङ्ख्या कति प्तिशत छ ? | ४०.३ प्रतिशत |
नेपालको कुन भूभागलाई शिबालिकको नामले पनि चिनिन्छ ? | चुरे पर्वत श्रेणी |
नेपालमा पूर्वदेखि पश्चिमसम्म फैलिएको समुन्द्र सतहदेखि १२ हजार फिटसम्मको उचाइको भूभागलाई के भनिन्छ ? | महाभारत श्रेणी |
नेपालको कुन भूभागला Hill Station भनिन्छ ? | महाभारत पर्वत श्रेणी |
नेपालको कुन भूभागलाई Lesser Himalaya पनि भनिन्छ ? | महाभारत पर्बत श्रेणी |
महाभारत पर्वत र हिमालय पर्वत श्रेणी विचका उपत्यकालाई के भनिन्छ ? | मध्यभूमि श्रेणी |
२०७८ को जनगणना अनुसार काठमाडौं उपत्यकाको जनसङ्ख्या कति प्रतिशत छ ? | १०.३ |
नेपालमा कति उचाइसम्मको भूभागलाई तराई प्रदेश भनिन्छ ? | समुदी सतहबाट ६० देखि६०० मिटरसम्म |
नेपालको तराई प्रदेशमा कति जिल्ला पर्छन् ? | १८ जिल्ला |
२०७८ सालको जनगणना अनुसार तराई प्रदेशको जनसङ्ख्या कति छ? | ५६.६ प्रतिशत |
नेपालको कुन भूभागलाई भित्री मधेस भनिन्छ ? | चुरे र महाभारत पर्वत विचको भूभाग |
नेपालको भित्री मधेसमा कति जिल्ला पर्छन् ? | ७ जिल्ला |
भित्री मधेसले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ? | ८.५ प्रतिशत |
क्षेत्रफलको आधारमा भित्री मधेसको सबैभन्दा ठूलो जिल्ला कुन हो ? | दाङ |
क्षेत्रफलको आधारमा भित्री मधेसको सबैभन्दा सानो जिल्ला कुन हो ? | नवलपरासी पूर्व |
कुन उपत्यकालाई मध्यपश्चिम भित्री मधेस भनिन्छ ? | सुर्खेत उपत्यका |
तराई प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? | कैलाली |
सप्तकोसीका सहायक नदीहरु कुन कुन हुन् ?
|
तमोर, अरुण, लिखु, दुधकोसी, तामाकोसी,
सुनकोसी र इन्द्रावती |
नेपालको सबैभन्दा ठूलो नदी कुत हो ? | सप्तकोसी |
सप्तकोसीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ? | अरुण |
सप्तकोसीको सबैभन्दा सानो नदी कुन हो? | लिखु |
सप्तकोसी नदीको लम्बाई कति छ ? | ७२० किमि, नेपालमा २०० किमि मात्र |
नेपालको कुन हिमालदेखि कुन हिमाल बिचको भागलाई कोसी नदी प्रणाली क्षेत्र भनिन्छ ? | कञ्चनजडघा देखि लाङटाङ
|
नेपालको सबैभन्दा गहिरो नदी कुन हो ? | गण्डकी |
गण्डकी नदीका सहायक नदीहरु कुन कुन हुन् ?
|
त्रिशुली, बुढीगण्डकी, दरौदी, मादी,
मर्स्याङ्दी, सेती र कालीगण्डकी |
गण्डकी नदी कुन स्थान प्रवेश गरेपछि नारायणी नामले चिनिन्छ ? | देवघाट |
गण्डकी नदी प्रभावित क्षेत्र कुन हिमालदेखि कुन हिमालसम्म पर्छ ? | लाङटाङ्देखि धवलागिरि |
गण्डकी नदीको लम्बाई कति छ ? | ३३८ किमि |
गण्डकी नदीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ? | कालीगण्डकी |
गण्डकी नदीको सबैभन्दा सानो नदी कुन हो ? | दरौंदी |
कर्णाली नदी प्रभावित क्षेत्र कुन हिमालदेखि कुन हिमालसम्म पर्छ ? | धवलागिरिदेखि व्यास |
नेपालको सबैभन्दा लामो नदी कुन हो ? | कर्णाली |
कर्णाली नदीको लम्बाई नेपालमा कति छ ? | ५०७ किमि |
कर्णाली नदीलाई भारतमा के नामले चिनिन्छ ? | घाघरा र सरयु |
कर्णाली नदीका सहायक नदीहरु कुन कुन हुन् ? | हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी,
सानी भेरी, तिला, बढीगण्डकी र सेती |
हावापानीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ? | ५ भाग |
नेपालमा १२०० मिटर उचाइसम्म पाइने हावापानीलाई के भनिन्छ ? | उपोष्ण मनसुनी हावापानी |
१२०० मिटरदेखि २१०० मिटर उचाइसम्म पाइने हावापानीलाई के भनिन्छ ? | न्यानो समशीतोष्ण हावापानी |
२१०० मिटरदेखि ३३५० मिटरसम्मको हावापानीलाई के भनिन्छ ? | ठन्डा शमशीतोष्ण हावापानी |
समुद्री सतहदेखि ३३५० देखि ५००० मिटर उचाइसम्मको हावापानीलाई के भनिन्छ ? | लेकाली हावापानी
|
५ हजार मिटर उचाइ माथिको हावापानीलाई के भनिन्छ ? | धुवीय वा हिमाली हावापानी |
नेपालको संविधानको अनुसूची कतिमा सङ्घको अधिकारको स्चीको व्यवस्था गरेको छ? | आनुसुची ५ |
नेपालको संविधानको कुन अनुस्चीमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझासूचीको बारेमा उल्लेख गरिएको छ ? | आनुसुची ९ |
नेपालको संविधानमा सङ्घ र प्रदेशको साझा अधिकारको स्ची अनुसूची कतिमा उल्लेख गरिएको छ ? | अनुसूची ७ |
नेपालको संविधानको कुन अनुस्चीले ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरुको बारेमा स्पष्ट व्यवस्था गरेको छ ? | अनुसूची ४ |
कोशी प्रदेशमा कति जिल्ला छन् ? | १४ जिल्ला |
कोशी प्रदेशको सबैभन्दा ठूलो र सानो जिल्ला कुन हो ? | ठूलो ताप्लेजुङ र सानो तेह्रथुम |
कोशी प्रदेशसभाले कोशी प्रदेशको राजधानी मोरङको विराटनगर कहिले घोषणा गरेको हो? | २०७६ बैशाख २३ |
कोशी प्रदेशको पूर्वमा भारतका कुन कुन राज्य पर्छन ? | पश्चिम वंगाल र सिक्किम |
कोशी प्रदेशको दक्षिणमा भारतको कुन राज्य पर्छ ? | बिहार राज्य |
मधेस प्रदेशमा कति जिल्ला छन् ? | ८ जिल्ला |
मधेस प्रदेशको सबैभन्दा ठूलो र सानो जिल्ला कुन कुन हुन् ? | ठूलो सप्तरी र सानो महोत्तरी |
मधेस प्रदेशको राजधानी जनकपुर कहिले घोषणा भएको हो ? | २०७८ माघ ३ गते |
प्रदेश नम्बर २ को नाम मधेस कहिले नामकरण भएको हो ? | २०७८ माघ ३ गते |
मधेस प्रदेशका पहिला मुख्यमन्त्री को हुन् ? | लालबाबु राउत |
बागमती प्रदेशमा कति जिल्ला छन् ? | १३ जिल्ला |
बागमती प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? | सिन्धुपाल्चोक |
बागमती प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ? | भक्तपुर |
बागमती प्रदेशको राजधानी हेटौंडा कहिले घोषणा गरिएको हो ? | २०७६ पुस २७ गते |
प्रदेश ३ को नाम बागमती कहिले घोषणा गरिएको हो ? | २०७६ पुस २७ गते |
बागमती प्रदेशका पहिला मुख्यमन्त्री को हुन् ? | डोरमणी पौडेल |
नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन् ? | अष्टलक्ष्मी शाक्य, बागमती प्रदेश |
गण्डकी प्रदेशमा कति जिल्ला छन् ? | ११ जिल्ला |
गण्डकी प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? | गोर्खा |
गण्डकी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ? | पर्वत |
गण्डकी प्रदेशको राजधानी पोखरा कहिले घोषणा गरिएको हो ? | २०७५ असार १८ गते |
प्रदेश ४ को नाम गण्डकी कहिले घोषणा गरिएको हो ? | २०७५ असार २२ गते |
लुम्बिनी प्रदेशमा कति जिल्ला छन् ? | १२ जिल्ला |
लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? | दाङ |
लुम्बिनी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ? | नवलपरासी पश्चिम |
लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ कहिले तोकिएको हो ? | २०७७ असोज २० गते |
प्रदेश ५ को नाम लुम्बिनी कहिले घोषणा भएको हो ? | २०७७ असोज २० गते |