Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दिगो विकास लक्ष्यहरु: एक परिचय

  • Ajnabee Khadka
  • December 20, 2023
  • 711

दिगो विकास लक्ष्यहरु: एक परिचय

दिगो विकास लक्ष्यहरु: एक परिचय

दिगो विकास लक्ष्य(Sustainable Development Goals)हरूको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । विश्वका नेताहरूले मानिस, पृथ्वी र समृद्धिका लागि एक कार्ययोजना तयार गरेका छन् । चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ ।

यी १७ विकास लक्ष्यहरूले सहस्राब्दी विकास लक्ष्य (एमडीजी)हरूको उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुराहरूलाई पूरा गर्न खोजेका छन् । सबैका लागि मानवअधिकार प्राप्त गर्ने र सबै महिला तथा बालिकाका लागि लैङ्गिक समानता तथा सशक्तीकरण हासिल गर्नु तिनको उद्देश्य रहेको छ । यी लक्ष्यहरू एकीकृत तथा अविभाज्य छन् र तिनले दिगो विकासका तीन आयाम– आर्थिक, सामाजिक र वातावरणीय– लाई सन्तुलित गर्दछन् ।

यो विश्वव्यापी अभियानको नेतृत्व गर्न पाएकोमा यूएनडीपी गौरव महसुस गर्दछ ।

१. गरिबीको अन्त्य

सबै प्रकारका गरिबीलाई सबै ठाउ”बाट अन्त्य गर्ने

  • कुनै पनि प्रकारको गरिबीमा बाँचेका मानिसहरूको अनुपातलाई कम्तीमा आधा कम गर्ने
  • सबैका लागि सामाजिक संरक्षण प्रणाली र उपाय लागु गर्ने र गरिब तथा जोखिममा रहेकाहरूलाई उल्लेख्यरूपमा समेट्ने
  • गरिब र जोखिमपूर्ण स्थितिमा रहेका मानिसहरूको सामना गर्ने क्षमताका निर्माण गर्ने र वातावरणसँग सम्बन्धित विपत्तिजन्य प्रकोप तथा अन्य आर्थिक, सामाजिक र वातावरणीय असर तथा विपद्सँगको उनीहरूको संसर्गलाई न्यून गर्ने

२. शून्य भोकमरी

भोकमरीको अन्त्य गर्ने, खाद्यसुरक्षा तथा उन्नत पोषण हासिल गर्ने र दिगो कृषिको प्रबद्र्धन गर्ने

  • सबै प्रकारका कुपोषणको अन्त्य गर्ने र किशोरी, गर्भवती तथा सुत्केरी महिला र अन्य व्यक्तिका पोषणसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने
  • विकासोन्मुख देशहरूमा कृषि उत्पादकत्व क्षमता वृद्धि गर्न ग्रामीण पूर्वाधार, कृषि अनुसन्धान, प्रविधि विकास, वनस्पति तथा चौपायाको जिन बैंक स्थापनामा लगानी वृद्धि गर्ने
  • खाद्यमूल्यको चरम अस्थिरतालाई सीमित गर्नमा मद्दत पु¥याउन खाद्यवस्तु बजार र तत्सम्बन्धी कारोबारहरूको समुचित सञ्चालन हुने गरी उपायहरू अवलम्बन गर्ने

३. आरोग्यता तथा कल्याण

स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने

  • नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको रोक्न सकिने मृत्युको अन्त्य गर्ने
  • परिवार नियोजनलगायत यौन तथा प्रजनन्सम्बन्धी स्वास्थ्यसेवा र सूचना तथा शिक्षामा सर्वसुलभ पहुँचका साथै तथा प्रजनन् स्वास्थ्यलाई राष्ट्रिय रणनीति तथा कार्यक्रममा समायोजन गर्ने कार्यलाई सुनिश्चित गर्ने
  • सर्बसुलभ स्वास्थ्यसेवा, गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच तथा सबैका लागि सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचितमूल्यमा अत्यावश्यक औषधी तथा खोपहरूमा पहुँच हासिल गर्ने

४. गुणस्तरीय शिक्षा

सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा आजीवन सिकाइलाई प्रवद्र्धन गर्ने

  • सबै किशोर तथा किशोरीहरूले निःशुल्क, समतामूलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने
  • शिक्षामा लैङ्गिक असमानताको उन्मूलन गर्ने र अपाङ्गता भएका व्यक्तिलगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुँच सुनिश्चित गर्ने
  • दिगो विकास तथा दिगो जीवनशैली, मानवअधिकार, लैङ्गिक समानता, शान्ति तथा अहिंसाको संस्कृतिको प्रवद्र्धन, वैश्विक ९नयिदब०ि नागरिकता, र सांस्कृतिक विविधताको सराहनाका लागि शिक्षालगायतका माध्यमबाट सिक्न चाहने सबैले दिगो विकास प्रवद्र्धनका लागि आवश्यक ज्ञान तथा सीप प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने

५. लैङ्गिक समानता

लैङ्गिक समानता हासिल गर्ने र सबै महिला तथा शोरीहरूको सशक्तीकरण गर्ने

  • ओसारपसार तथा यौनशोषणलगायत सार्वजनिक तथा निजी क्षेत्रहरूमा सबै महिला तथा किशोरीबिरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने
  • राजनीतिक, आर्थिक तथा सार्वजनिक जीवनका सबै निर्णायक तहमा नेतृत्वका लागि महिलाहरूको प्रभावकारी सहभागिता तथा समान अवसर सुनिश्चित गर्ने
  • सबै तहमा लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरणको प्रवद्र्धनका लागि नीति तथा कानुनहरूको अवलम्बन गर्ने र तिनलाई सबल बनाउने

६. सफा पानी तथा सरसफाइ

सबैका लागि सफा पानी तथा सरसफाइमा पहँचु सुनिश्चित गर्ने

  • सबैका लागि सुरक्षित तथा खर्चले धान्न सक्ने मूल्यमा पिउने पानीमा सर्वसुलभ तथा समतामूलक पहुँच हासिल गर्ने
  • सबैका लागि पर्याप्त तथा समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच हासिल गर्ने र खुला ठाउँमा दिसा गर्ने चलनको अन्त्य गर्ने
  • पानी तथा सरसफाइ व्यवस्थापनको सुधारका लागि स्थानीय समुदायहरूको सहभागितालाई साथ दिई त्यसलाई अझ सबल बनाउन

७. खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा

सबैका लागि खर्चले धान्न सक्ने, भरपर्दो, दिगो तथा आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने

  • खर्चले धान्न सक्ने, भरपर्दो र आधुनिक ऊर्जा सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने
  • सन् २०३० सम्ममा विश्वव्यापी ऊर्जाको उपलब्धतामा नवीकरणीय ऊर्जाको अंशलाई उल्लेख्यरूपमा वृद्धि गर्ने
  • नवीकरणीय ऊर्जा, ऊर्जा बचत तथा त्यसको व्यवस्थापन र अत्याधुनिक तथा स्वच्छ जीवाश्म इन्धन प्रविधिहरूलगायत स्वच्छ ऊर्जा अनुसन्धान तथा प्रविधिहरूमा हुने पहुँचलाई सहज तुल्याउन र ऊर्जा पूर्वाधार तथा स्वच्छ ऊर्जा प्रविधिमा लगानी प्रवद्र्धन गन अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने

८. मर्यादित काम तथा आर्थिक वृद्धि

सबैका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवद्र्धन गर्र्नेे

  • अति कम विकसित मुलुकहरूमा राष्ट्रिय परिस्थितिअनुसार प्रतिव्यक्ति आर्थिक वृद्धि र कम्तीमा ७ प्रतिशत वार्षिक कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धि कायम राख्ने
  • सबै महिला र पुरुषका लागि पूर्ण एवं उत्पादनशील रोजगारी तथा मर्यादित कामका साथै समान कामका लागि समान ज्याला हासिल गर्ने
  • दिगो पर्यटन प्रवद्र्धनका लागि नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्ने जसबाट रोजगारी सिर्जना हुनुका साथै स्थानीय संस्कृति तथा वस्तुहरूको उत्पादन प्रवद्र्धन हुन्छ

९. उद्योग, नवीन खोज र पूर्वाधार

बलियो पूर्वाधार निर्माण गर्ने, औद्योगिकीकरणलाई दिगो बनाउने तथा नवीन खोजलाई प्रोत्साहन गर्ने

  • आर्थिक विकास र मानव कल्याणलाई सघाउ पु¥याउन दिगो तथा बलियो पूर्वाधार विकास गर्ने
  • समावेशी तथा दिगो औद्योगिकीकरणलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय परिस्थितिअनुसार रोजगारी तथा कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा उद्योगको अंशलाई उल्लेख्य मात्रामा वृद्धि गर्ने र अति कम विकसित देशहरूमा यसको अंश दोब्बर गर्ने
  • धान्न सकिने कर्जालगायतका वित्तीय सेवाहरूमा लघु उद्योग तथा अन्य उद्यमहरूको पहुँच वृद्धि गर्ने र मूल्य शृङ्खला तथा बजारमा तिनको समायोजन गर्ने

१०. न्यून असमानता

देशभित्रै वा देशहरूबीच रहेको असमानतालाई न्यून गर्ने

  • उमेर, लिङ्ग, अपाङ्गता, जातीयता, उत्पत्ति, धर्म वा आर्थिक वा अन्य हैसियत जेसुकै भए तापनि सबैका लागि सामाजिक तथा राजनीतिक समावेशितालाई प्रवद्र्धन गरी त्यसलाई सशक्त पार्ने
  • विभेदपूर्ण कानुन, नीति र प्रचलनहरूको अन्त्य तथा तत्सम्बन्धी उपयुक्त कानुन, नीति र प्रचलनको प्रवद्र्धन गर्नेलगायतका काम गरी सबैलाइ समान अवसर सुनिश्चित गर्ने र परिणाममा असमानता कम गर्ने
  • क्रमशः बृहत्तर समानता हासिल गर्न वित्तीय, ज्यालासम्बन्धी र सामाजिक संरक्षण नीतिहरू अवलम्बन गर्ने

११. दिगो सहर र समुदायहरू

सहरहरूलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने

  • पर्याप्त, सुरक्षित तथा खर्चले धान्न सक्ने आवास र आधारभूत सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने र झुपडवस्तीहरूको स्तरोन्नति गर्ने
  • सडक सुरक्षामा सुधार गर्दै सुरक्षित, धान्न सकिने, सहज र दिगो यातायात व्यवस्थामा पहुँच उपलब्ध गराउने
  • विपद्का कारण हुने मृत्यु, प्रभावित व्यक्तिहरूको सङ्ख्या र आर्थिक क्षतिलाई उल्लेख्यरूपमा कम गर्ने

१२. जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन

दिगो उपभोग तथा उत्पादनको ढाँचा सुनिश्चित गर्नेे

  • प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन तथा चुस्त प्रयोग हासिल गर्ने
  • स्रोतमै फोहोरको कम उत्पादन, न्यूनीकरण, पुनर्उत्पादन (रिसाइकल) र पुनःप्रयोग मार्फत् फोहोर उत्पादनमा उल्लेख्यमात्रामा कमी ल्याउने
  • दिगो विकास र जीवनशैलीबारे सबै ठाउँका मानिसहरूमा आवश्यक जानकारी र सचेतना होस् भन्ने सुनिश्चित गर्ने

१३. जलवायु सम्बन्धी कारबाही

जलवायु परिवर्तन तथा यसका प्रभावहरूविरुद्ध लड्न तत्काल कारबाही थाल्ने

  • सबै मुलुकमा प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमहरूको सामना गर्नसक्ने र अनुकूलन क्षमता वृद्धि गर्ने
  • जलवायु परिवर्तनसम्बन्धी उपायहरूलाई राष्ट्रिय नीति, रणनीति र योजनाहरूमा समायोजन गर्ने
  • जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, प्रभाव न्यूनीकरण तथा पूर्व चेतावनी दिने सम्बन्धमा शिक्षा, जनचेतना अभिवृद्धि र संस्थागत क्षमतामा सुधार गर्ने

१४. जलमुनिको जीवन

समुद्र, महासागर र समुद्री स्रोतहरूको संरक्षण तथा दिगो प्रयोग

१५. जमिनमाथिको जीवन

वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरणविरुद्ध लड्ने, भूक्षयीकरण रोकेर त्यस्तो प्रक्रियालाई उल्ट्याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने

  • सन् २०२० सम्ममा, मरुभूमीकरणविरुद्ध लड्ने र खडेरी तथा बाढीप्रभावित भूमिलगायत अन्य भूमि तथा माटोमा आएको ह्रासलाई सुधार गरी पहिलेकै अवस्था पु¥याउने
  • दिगो विकासका लागि अत्यावश्यक लाभहरू उपलब्ध गराउने हिमाली पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)को क्षमता अभिवृद्धि गर्न जैविक विविधतासहित तिनको संरक्षण सुनिश्चित गर्ने
  • संरक्षित जीवजन्तु तथा वनस्पतिको चोरीसिकार तथा अवैध ओसारपसार अन्त्य गर्न तत्काल कारबाही थाल्न

१६. शान्ति, न्याय र सशक्त संस्थाहरू

न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजहरूको प्रवद्र्धन गर्ने

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कानुनी शासनको प्रवद्र्धन गर्ने र सबैका लागि न्यायमा समान पहुँच सुनिश्चित गर्ने
  • सबै प्रकारका भ्रष्टाचार तथा घुसखोरीलाई उल्लेख्यमात्रामा घटाउने
  • जन्म दर्तालगायतको कानुनी पहिचान सबैलाई प्रदान गर्न

१७. यी लक्ष्यका लागि साझेदारी

दिगो विकासका लागि विश्वव्यापी साझेदारीलाई पुनर्जीवन दिने

  • कर तथा अन्य राजश्व सङ्कलनका लागि आन्तरिक क्षमतालाई सुधार गर्न आन्तरिक स्रोत परिचालनलाई बलियो बनाउने
  • उत्तर–दक्षिण, दक्षिण–दक्षिण तथा त्रिकोणीय क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोग तथा विज्ञान, प्रविधि र नवीन खोजअनुसन्धानमा पहुँच अभिवृद्धि गर्ने
  • सबै दिगो विकास लक्ष्यहरूको कार्यान्वयनका लागि राष्ट्रिय योजनाहरूलाई सहयोग गर्न विकासोन्मुख मुलुकहरूमा प्रभावकारी तथा लक्ष्यित क्षमता निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने

नोट: यस सामाग्री दिगो विकास लक्ष्यका सबै सूचकांकहरु समावेश गरिएको छैन ।

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 32
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 223
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 102
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 91
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA