Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Ajnabee Khadka
  • July 29, 2026
  • 319

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)

विश्व बाघ दिवस, २०२६ को आधारभूत तथ्यहरु:

  • दिवस: विश्व बाघ दिवस (World Tiger Day)
  • दिवस मनाइने मिति: हरेक वर्ष जुलाई २९ (विक्रम सम्बत २०८३ को सन्दर्भमा साउन १४ गते)
  • सन् २०२६ को नारा (Theme): "Securing the future of Tigers with Indigenous Peoples and Local Communities at the heart" (स्थानीय तथा आदिवासी समुदायलाई केन्द्रमा राख्दै बाघको भविष्य सुरक्षित गरौँ।)
  • घोषणा: सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्ग (Saint Petersburg) मा आयोजित 'विश्व बाघ सम्मेलन' (Tiger Summit) बाट
  • घोषणाको कारण: २०औँ शताब्दीको अवधिमा विश्वमा बाघको जनसङ्ख्या ९७% ले घटेर करिब ३,२०० मा सीमित भएपछि यसको संरक्षणका लागि ध्यान आकर्षित गर्न,
  • सेन्ट पिटर्सबर्ग प्रतिबद्धता अर्थात् TX2 Goal: सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्ग (Saint Petersburg) मा विश्वका १३ बाघ पाइने देशहरू (*Tiger Range Countries (TRCs)) ले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखेका,
    *Tiger Range Countries (TRCs) — प्राकृतिक रूपमा जङ्गली बाघ पाइने वा ऐतिहासिक रूपमा बाघको बासस्थान रहेका विश्वका १३ सार्वभौम मुलुकहरूको समूह; नेपाल, भारत, भुटान, बंगलादेश, चीन, इन्डोनेसिया, मलेसिया, म्यानमार, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस र रुस
  • नेपालको ऐतिहासिक किर्तिमान: नेपाल सन् २०२२ मै बाघको सङ्ख्या दोब्बर (१२१ बाट ३५५) बनाउने विश्वकै पहिलो देश बनेको,

नेपालमा बाघको अवस्था:

  • कानुनी दर्जा: नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को सूची १ मा संरक्षित वन्यजन्तुको रूपमा सूचीकृत
  • अन्तर्राष्ट्रिय दर्जा: IUCN रातो सूचीमा 'Endangered (सङ्कटापन्न)' र CITES को अनुसूची १ (Appendix I) मा सूचीकृत
  • नेपालमा पाइने प्रजाति: पाटेबाघ (Royal Bengal Tiger) - वैज्ञानिक नाम: Panthera tigris tigris
  • नेपालमा बाघको सङ्ख्याको प्रवृत्ति: सन् २००९ (१२१), २०१३ (१९८), २०१८ (२३५), २०२२ (३५५)
  • सर्वेक्षणको इतिहास: नेपालमा सन् २००९ देखि हरेक चार-चार वर्षमा बाघको राष्ट्रिय सर्वेक्षण हुँदै आएको,

१.) नेपालमा बाघको तथ्यांकगत अवस्था (सन् २०२२ को बाघ गणनाको अनुसार)

विषयवस्तु विवरण
कतिऔं गणना (संस्करण) चौथो राष्ट्रिय बाघ सर्वेक्षण (यसअघि सन् २०१८ मा गरिएको,)
बाघको कुल सङ्ख्या ३५५— नेपालले सन् २०१० को बाघको सङ्ख्या (१२१) लाई सन् २०२२ सम्ममा दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता (TX2) पूरा गर्ने विश्वकै पहिलो राष्ट्र बनेको,
वृद्धि प्रतिशत सन् २०१८ को तुलनामा (२३५ बाट ३५५) बाघको सङ्ख्यामा करिब ५१% ले वृद्धि भएको,
सबैभन्दा उच्च बाघको संख्या रहेको राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज (१२८ वटा)
अनुसार उच्च देखि न्यून बाघको संख्या भएको राष्ट्रिय निकुञ्जहरु क्रमशः
चितवन राष्ट्रिय निकुञ्ज (१२८), बर्दिया राष्ट्रिय निकुञ्ज (१२५), पर्सा राष्ट्रिय निकुञ्ज (४१), शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (३६) र बाँके राष्ट्रिय निकुञ्ज (२५)
बाघ गणनाको अवधि
सन् २०२१ डिसेम्बर ५ देखि २०२२ अप्रिल सम्म (वि.सं. २०७८ पुस १ देखि चैत मसान्तसम्म)
बाघको गणना गरिएको कूल क्षेत्रफल
१८,९२८ वर्ग किलोमिटर सम्भावित बासस्थानमा सर्वेक्षण गरिएको,
बाघको गणनामा प्रयोग गरिएको उपकरण
१,८४३ वटा ग्रीडमा क्यामरा ट्र्याप (Camera Traps) जडान गरिएको,
बाघको गणनामा प्रयोग भएको जनशक्ति
१३,०६५ कार्य-दिन (Person-days) र ६५५ हात्ती-दिन (Elephant-days) को लगानी
बाघको गणनामा प्रयोग गरिएको विधि
'Spatially Explicit Capture-Recapture (SECR)' मोडेल र अकुपेन्सी मोडलिङ (Occupancy modelling) प्रयोग गरिएको,
बाघको घनत्व सबैभन्दा उच्चतम भएको राष्ट्रिय निकुञ्ज
प्रति १०० वर्ग किलोमिटरमा सबैभन्दा धेरै बाघको घनत्व बर्दिया राष्ट्रिय निकुञ्ज (७.१५) मा पाइएको,
बाघको घनत्व सबैभन्दा न्यूनतम भएको राष्ट्रिय निकुञ्ज
बाँके राष्ट्रिय निकुञ्ज (०.९७) मा
बाघको बासिस्थान (गणना अनुसार)
  • नेपालको तराई भूपरिधि (Terai Arc Landscape (TAL)) को करिब ५१% क्षेत्र (९,६५३ वर्ग कि.मी.) ओगटेको,
  • बाघहरू नेपालका १६ वटा जिल्लामा अभिलेख गरिएका,
बाघको प्रमुख आहारा
चित्तल (Spotted Deer), लगुना (Hog Deer), रतुवा (Barking Deer), बँदेल (Wild Boar) आदि

२.) नेपालमा बाघको तथ्यांकगत अवस्था (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको अनुसार)

विषयवस्तु विवरण
नतिजा सार्वजनिक मिति
विश्व बाघ दिवस, २०२६ का दिन, वि.सं. २०८३ साउन १४ (सन् २०२६ जुलाई २९) मा
सार्वजनिककर्ता
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी
विज्ञप्ति जारीकर्ता
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (प्रवक्ता/उपमहानिर्देशक: वेदकुमार ढकाल)
कतिऔं गणना (संस्करण) पाँचौं राष्ट्रिय बाघ सर्वेक्षण (यसअघि सन् २०२२ मा गरिएको,)
गणना अनुसार बाघको कुल अनुमानित सङ्ख्या
४२९ (अनुमानित दायरा ४०२–५००)
पहिचान भएका बाघ
क्यामरा ट्र्याप विधिबाट कुल ३७३ वटा छुट्टाछुट्टै बाघहरूको पहिचान (Individual identification) गरिएको,
बाघको वृद्धि अवस्था
  • सन् २०२२ मा गरिएको गणना अनुसार नेपालमा बाघको कुल सङ्ख्या ३५५ रहेकोमा हालै सार्वजनिक भएको 'राष्ट्रिय बाघ सर्वेक्षण २०८२' को नतिजा अनुसार नेपालमा बाघको कुल अनुमानित सङ्ख्या ४२९ (दायरा ४०२–५००) पुगेको,
  • सन् २०२२ (३५५ बाघ) को तुलनामा वि.सं. २०८२ (४२९ बाघ) सम्म आइपुग्दा बाघको सङ्ख्यामा ७४ वटाले उल्लेख्य वृद्धि भएको,
सबैभन्दा उच्च बाघको संख्या रहेको राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्ज (१४५ वटा)
अनुसार उच्च देखि न्यून बाघको संख्या भएको राष्ट्रिय निकुञ्जहरु क्रमशः
चितवन राष्ट्रिय निकुञ्ज (१४५), बर्दिया राष्ट्रिय निकुञ्ज (११२), पर्सा राष्ट्रिय निकुञ्ज (७१), बाँके राष्ट्रिय निकुञ्ज (५१) र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (५०)
बाघ गणनाको अवधि
वि.सं. २०८१ पुस १ देखि २०८२ वैशाख १० सम्म (सन् २०२४ डिसेम्बर १५ देखि २०२५ अप्रिल २३)
बाघको गणना गरिएको कूल क्षेत्रफल
कुल ७,३९३ वर्ग किलोमिटर क्षेत्रमा सर्वेक्षण गरिएको,
बाघको गणनामा प्रयोग गरिएको उपकरण
१,८४८ वटा ग्रीडमा कुल ३,६९६ वटा स्वचालित क्यामराहरू प्रयोग गरिएको,
बाघको गणनामा प्रयोग भएको जनशक्ति
३६,१८१ क्यामरा-दिन (Camera-trap effort days) को लगानी
बाघको गणनामा सङ्कलन गरिएको तस्विर 
सर्वेक्षणबाट बाघका कुल ११,९११ वटा तस्विरहरू प्राप्त भएका,
बाघको गणनामा प्रयोग गरिएको विधि
वैज्ञानिक विधि 'Spatially Explicit Capture-Recapture (SECR)' को प्रयोग गरिएको,
गणना गर्न विभाजन गरिएको बाघको बासस्थान (३ वटा कम्प्लेक्समा विभाजित गरिएको,)  
१.) चितवन–पर्सा कम्प्लेक्स
२.) बाँके–बर्दिया कम्प्लेक्स
३.) शुक्लाफाँटा–लालझाडी कम्प्लेक्स

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 96
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA