Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व लामखुट्टे दिवस, २०२६

  • Ajnabee Khadka
  • August 20, 2026
  • 183

विश्व लामखुट्टे दिवस, २०२६

World Mosquito Day, 2026
  • दिवसको नाम: विश्व लामखुट्टे दिवस (World Mosquito Day)
  • मनाइने मिति: हरेक वर्ष अगस्ट २० मा (विक्रम सम्बत २०८३ को सन्दर्भमा भदौ ४ गते)
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Theme): "Small Bite, Big Threat"
  • प्रारम्भ/स्थापना: सन् १८९७ (Sir Ronald Ross द्वारा खोज गरिएको सम्झनामा)
  • दिवसको ऐतिहासिक सन्दर्भ: सन् १८९७ अगस्ट २० मा बेलायती चिकित्सक सर रोनाल्ड रोस (Sir Ronald Ross) ले एनोफिलिस (Anopheles) जातको पोथी लामखुट्टेको माध्यमबाट मानिसमा मलेरिया (औलो) रोग सर्छ भन्ने पत्ता लगाएका सम्झनामा सन् १९३० को दशकदेखि लन्डन स्वास्थ्य-विज्ञान तथा उष्णप्रदेशीय चिकित्सा विद्यालय (London School of Hygiene and Tropical Medicine) ले यो दिवस मनाउन सुरु गरेको,
  • दिवसको मुख्य उद्देश्य: लामखुट्टे र औलो (Malaria) बीचको सम्बन्धबारे सचेतना फैलाउने, रोकथाम तथा नियन्त्रण र अनुसन्धानमा सहयोग जुटाउने आदि
  • मलेरिया (औलो) रोग कुन प्रजातिको लामखुट्टेको टोकाईबाट हुन्छ?: पोथी एनोफिलिस (Anopheles) प्रजातिको लामखुट्टे
  • डेंगु रोग कुन प्रजातिको लामखुट्टेको टोकाईबाट हुन्छ?: मुख्यतया एडिस एजिप्टाई (Aedes aegypti) प्रजातिको पोथी लामखुट्टे
  • नेपालमा पाइएका लामखुट्टेका प्रजातिको कुल संख्या: १६८ प्रजाति (विश्वभर ३,५०० भन्दा बढी प्रजाति रहेको,)
  • इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, सन् २०२६ को जनवरी १ देखि अगस्ट १५ सम्म नेपालमा डेंगु रोगबाट कुल प्रभावित जिल्ला र सङ्क्रमण: ७४ जिल्ला (२,८४४ जना सङ्क्रमित, २ जनाको मृत्यु)
    • सबैभन्दा बढी प्रभावित प्रदेश (शीर्ष ४) क्रमश: गण्डकी प्रदेश (१,०१० जना), कोशी प्रदेश (६७४ जना), लुम्बिनी प्रदेश (४३५ जना) र बागमती प्रदेश (४२७ जना)
    • सबैभन्दा बढी प्रभावित जिल्ला (शीर्ष ५) क्रमशः बागलुङ (४७० जना), झापा (२०८ जना), सुनसरी (२०५ जना), कास्की (१७८ जना) र पाल्पा (१२६ जना)
    • सबैभन्दा बढी प्रभावित स्थानीय तह (शीर्ष ४) क्रमशः बागलुङ नगरपालिका (३९५ जना), भद्रपुर नगरपालिका (१०६ जना), धरान उपमहानगरपालिका (९० जना) र इटहरी नगरपालिका (८८ जना)

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 94
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 166
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA