Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

वि.सं. २०८३ भदौसम्म लोकसेवाले सोधका विश्वको इतिहास सम्बन्धी प्रश्नहरू

  • Ajnabee Khadka
  • August 24, 2026
  • 225

वि.सं. २०८३ भदौसम्म लोकसेवाले सोधका विश्वको इतिहास सम्बन्धी प्रश्नहरू

World History Questions Asked by Public Service Commission till Bhadra 2083 BS
  1. कुन सन्धिले औपचारिक रुपमा पहिलो विश्वयुद्धको अन्त्य गरेता पनि दोस्रो विश्वयुद्धको वातावरण सिर्जना गरेको आरोप खेप्ने गर्दछ? [नायब सुब्बा, २०८३/०१/२०]
    (A) Treaty of London
    (B) Treaty of Paris
    (C) Treaty of Versailles ✓
    (D) Treaty of Brest-Litovsk
  2. विश्व विख्यात दार्शनिक सुकरात (Socrates) को जन्म कुन देशमा भएको हो? [खरिदार, २०८३/०१/२६; CTEVT, सहलेखापाल, २०८३/०३/१३]
    (A) रुस
    (B) अमेरिका
    (C) जर्मनी
    (D) ग्रीस ✓
  3. द्वितीय विश्वयुद्धका समयमा Axis Power अन्तर्गत रहेको राष्ट्र इटालीका शासक को थिए? [खरिदार, २०८३/०१/२६]
    (A) एडोल्फ हिटलर
    (B) अर्कड्युक फर्डिनेन्ड
    (C) बेनिटो मुसोलिनी ✓
    (D) ह्यारी ट्रुम्यान
  4. रंगभेद विरुद्धका विश्व नेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो? [खरिदार, २०८३/०१/२६]
    (A) डिसेम्बर २, २०१३
    (B) डिसेम्बर ४, २०१३
    (C) डिसेम्बर ५, २०१३ ✓
    (D) डिसेम्बर १०, २०१३
  5. राष्ट्र संघ (League of Nations) को स्थापना कहिले भयो? [खरिदार, २०८३/०१/२६]
    (A) सन् १९१७
    (B) सन् १९१८
    (C) सन् १९१९
    (D) सन् १९२० ✓
  6. पहिलो विश्वयुद्ध मूलतः कुन महादेशमा भएको थियो ? [कोशी प्रदेश, चौथो, २०८३/०१/२६]
    (A) एसिया
    (B) युरोप ✓
    (C) अफ्रिका
    (D) उत्तर अमेरिका
  7. सन् १२१५ मा जारी भएको "महाअधिकार पत्र"को नामले चिनिने म्याग्नाकार्टा संसोधन सहित कहिले पारित गरिएको थियो? [स.प्र.नि., २०८३/०२/०८]
    (A) सन् १२१५
    (B) सन् १२२०
    (C) सन् १२२५ ✓
    (D) सन् १२३०
  8. औद्योगिक क्रान्ति कुन देशबाट सुरु भएको थियो ? [स.प्र.स.नि., २०८३/०२/२७]
    (A) अमेरिका
    (B) इटाली
    (C) बेलायत ✓
    (D) फ्रान्स
  9. विश्व इतिहासमा मानव अधिकारको पहिलो लिखित दस्तावेज कुनलाई मानिन्छ? [गोरखापत्र, लेखा अधिकृत (छैठाैँ), २०८३/०३/०५]
    (A) अमेरिकाको संविधान
    (B) संयुक्त राष्ट्रसंघीय बडापत्र
    (C) म्याग्नाकार्टा ✓
    (D) मानव अधिकारको विश्वव्यापी घोषणापत्र
  10. औद्योगिक क्रान्तिको सुरूवात कुन देशबाट भएको हो? [गोरखापत्र, लेखा अधिकृत (छैठाैँ), २०८३/०३/०५]
    (A) फ्रान्स
    (B) जर्मनी
    (C) संयुक्त अधिराज्य ✓
    (D) रूस
  11. अक्टोबर क्रान्तिलाई के नामले चिनिन्छ? [गोरखापत्र, अधिकृत, २०८३/०३/०७]
    (A) रुसी क्रान्ति ✓
    (B) फ्रेन्च क्रान्ति
    (C) औद्योगिक क्रान्ति
    (D) चिनियाँ क्रान्ति
  12. तलका मध्ये कुन घटनालाई पहिलो विश्वयुद्धको थालनीको मुख्य कारक मानिन्छ? [गोरखापत्र, अधिकृत, २०८३/०३/०७]
    (A) भर्सेलिजको सन्धि
    (B) आर्चड्युक फ्रान्ज फर्डिनेन्डको हत्या ✓
    (C) पोल्याण्डमाथि जर्मनीको हमला
    (D) रुसी क्रान्ति
  13. 'The Spirit of the Laws' का लेखक को हुन्? [CTEVT, लेखापाल, २०८३/०३/२०]
    (A) रूसो
    (B) केटभली
    (C) मोन्टेस्क्यु ✓
    (D) भोल्टियर
  14. कुन युद्धमा पराजित भएपछि नेपोलियन बोनापार्ट सेन्ट हेलेन निर्वासित भएका थिए? [CTEVT, लेखापाल, २०८३/०३/२०]
    (A) रूस
    (B) वाटरलु ✓
    (C) प्रायद्वीप
    (D) रिमोली
  15. जर्मनीका शासक एडोल्फ हिटलरले जेलमा रहँदा लेखेको पुस्तकको नाम के हो? [CTEVT, लेखापाल, २०८३/०३/२०]
    (A) Long Walk to Freedom
    (B) Meditations
    (C) The Consolation of Philosophy
    (D) Mein Kampf ✓
  16. अमेरिकी स्वतन्त्रता संग्राम कति वर्ष चलेको थियो? [CTEVT, लेखापाल, २०८३/०३/२०]
    (A) ७
    (B) ८ ✓
    (C) ९
    (D) १०
  17. विश्व इतिहासमा पुनर्जागरण (Renaissance) को सुरुवात कुन मुलुकबाट भएको हो? [CTEVT, अधिकृत तृतीय, २०८३/०३/२७]
    (A) रूस
    (B) जर्मनी
    (C) स्पेन
    (D) इटाली ✓
  18. 'Augustus' तलका मध्ये केसँग सम्बन्धित छन्? [CTEVT, अधिकृत तृतीय, २०८३/०३/२७]
    (A) रोमन साम्राज्य ✓
    (B) म्यानह्याटन परियोजना
    (C) ओलम्पिक खेल
    (D) अन्तरिक्ष यात्रा
  19. युरोपले जेरुसेलमलाई कहिले कब्जा गरेको थियो? [CTEVT, अधिकृत तृतीय, २०८३/०३/२७]
    (A) सन् १०७१
    (B) सन् १०८८
    (C) सन् १०९५
    (D) सन् १०९९ ✓
  20. विश्वव्यापी रुपमा औद्योगीकरणको जग बसाल्न र मानव जीवनमा औद्योगिक युगको सुरुवात गर्न सबैभन्दा महत्वपूर्ण आविष्कार देहायका मध्ये कुन हो ? [गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७]
    (A) बिजुली
    (B) डायनामो
    (C) वाष्प ईञ्जिन ✓
    (D) मोबाइल
  21. दोस्रो विश्वयुद्ध कहिले समाप्त भएको थियो? [लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प., सातौँ तह, २०८३/०४/३०]
    (A) सेप्टेम्बर ५, १९४५
    (B) सेप्टेम्बर ४, १९४५
    (C) सेप्टेम्बर ३, १९४५
    (D) सेप्टेम्बर २, १९४५ ✓
  22. विश्व इतिहासमा Boston Tea Party कुन क्रान्ति/युद्ध सँग सम्बन्धित छ? [लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प., सातौँ तह, २०८३/०४/३०]
    (A) फ्रान्सेली राज्यक्रान्ति
    (B) अमेरिकी स्वतन्त्रता संग्राम ✓
    (C) रुसी क्रान्ति
    (D) भारतीय स्वतन्त्रता संग्राम
  23. बेलायतको प्रसिद्ध म्याग्नाकार्टा के सम्बन्धी दस्तावेज हो ? [सुदूरपश्चिम प्रदेश, शाखा/लेखा/राजस्व अधिकृत, २०८३/०४/३१]
    (A) धार्मिक दस्तावेज
    (B) शान्ति सम्झौता
    (C) अधिकार तथा स्वतन्त्रताको ऐतिहासिक घोषणापत्र ✓
    (D) व्यापारिक सन्धि
  24. फलित ज्योतिष सम्बन्धी विकास तलका मध्ये कुन सभ्यतामा भएको थियो ? [सुदूरपश्चिम प्रदेश, शाखा/लेखा/राजस्व अधिकृत, २०८३/०४/३१]
    (A) सिन्धुघाटीको सभ्यता
    (B) रोमको सभ्यता
    (C) मेसोपोटामियाको सभ्यता ✓
    (D) प्राचिन चीनको सभ्यता
  25. 'हेमलक' नामक विष कुन दार्शनिकलाई दिइएको थियो? [खरिदार आन्तरिक, २०८३/०५/०४]
    (A) प्लेटो
    (B) एरिस्टोटल
    (C) सोक्रेटस ✓
    (D) माथिका कुनै पनि होइनन्
  26. प्रथम विश्वयुद्धका सम्बन्धमा निम्न कथनहरू विचार गर्नुहोस्: [गण्डकी प्रदेश, सहायक चौथो, २०८३/०५/०६]
    i) प्रथम विश्वयुद्धको तत्कालीन कारण सन् १९१४ जुन २८ मा अष्ट्रियाका राजकुमार आर्कड्यूक फ्रान्ज फर्डिनान्डको हत्या हुनु थियो।
    ii) सन् १९१४ जुलाई २८ देखि विधिवत रूपमा प्रथम विश्वयुद्ध सुरु भएको थियो।
    माथिका कथनहरूमा कुन सही छ/छन्?
    (A) कथन i मात्र सही छ
    (B) कथन ii मात्र सही छ
    (C) दुवै कथन i र ii सही छन् ✓
    (D) दुवै कथन गलत छन्

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 53
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 97
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA