Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Ajnabee Khadka
  • September 02, 2026
  • 49

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

Trusteeship Council of the United Nations (UN)
  • यो संयुक्त राष्ट्र संघ (UN) को बडापत्रद्वारा स्थापित ६ वटा प्रमुख अंगहरुमध्येको एक अंग
  • बडापत्रमा व्यवस्था: संयुक्त राष्ट्र संघको बडापत्रको परिच्छेद १२ (धारा ७५ देखि ८५) मा 'अन्तर्राष्ट्रिय जिम्मा जमानी प्रणाली' र परिच्छेद १३ (धारा ८६ देखि ९१) मा 'जिम्मा जमानी परिषद्' को गठन, कार्य र कार्यविधि सम्बन्धी व्यवस्था गरिएको,
  • प्रमुख कार्यालय: न्युयोर्क शहर, संयुक्त राज्य अमेरिका
  • मुख्य उद्देश्य: ११ वटा गैर-स्वशासित क्षेत्रहरू (Trust Territories) को अन्तर्राष्ट्रिय सुपरिवेक्षण गर्ने र ती क्षेत्रहरूलाई स्वशासन वा स्वतन्त्रता प्राप्त गर्नका लागि आवश्यक कदमहरू चालिएको सुनिश्चित गर्नु यसको मुख्य उद्देश्य रहेको (थियो),
  • जिम्मा जमानी प्रणालीमा सामेल गरिने क्षेत्रका वर्गहरू (Categories of Territories)
    • पहिले नै म्यान्डेट (Mandate) अन्तर्गत रहेका क्षेत्रहरू
    • दोस्रो विश्वयुद्धको परिणामस्वरूप शत्रु राष्ट्रहरूबाट अलग गरिएका क्षेत्रहरू
    • प्रशासनका लागि जिम्मेवार राष्ट्रहरूले स्वेच्छाले यस प्रणाली अन्तर्गत राखेका क्षेत्रहरू
  • बडापत्र अनुसार परिषद्मा निम्न सदस्य राष्ट्रहरूको प्रतिनिधित्व रहने व्यवस्था रहेको (थियो);
    • जिम्मा जमानी क्षेत्रको प्रशासन चलाउने सदस्य राष्ट्रहरू
    • सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरू (चीन, फ्रान्स, रुस, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका) जसले जिम्मा जमानी क्षेत्रको प्रशासन नचलाएका,
    • महासभाद्वारा ३ वर्षका लागि निर्वाचित अन्य सदस्य राष्ट्रहरू (प्रशासन चलाउने र नचलाउने सदस्य राष्ट्रहरूको संख्या बराबर गराउन आवश्यक संख्यामा)
    • सबै जिम्मा जमानी क्षेत्रहरू स्वतन्त्र भइसकेकाले हाल परिषद्मा केवल सुरक्षा परिषद्का ५ स्थायी सदस्य राष्ट्रहरू मात्र सदस्यका रूपमा रहेका,
  • कार्य र अधिकार: प्रशासकीय निकायले पेस गरेका प्रतिवेदनहरूमाथि विचार तथा छलफल गर्ने, प्रशासकीय निकायको परामर्शमा उजुरी वा निवेदनहरू स्वीकार गर्ने र तिनको जाँचबुझ गर्ने, प्रशासकीय निकायसँग सहमति भएको समयमा सम्बन्धित जिम्मा जमानी क्षेत्रहरूको आवधिक भ्रमण वा निरीक्षण गर्ने र जिम्मा जमानी क्षेत्रका बासिन्दाको राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक प्रगतिको मूल्याङ्कन गर्न प्रश्नावली तयार गर्ने र सोका आधारमा वार्षिक प्रतिवेदन माग गर्ने,
  • भिटो (Veto) शक्ति नभएको: सुरक्षा परिषद्का स्थायी सदस्यहरू सामेल भए पनि जिम्मा जमानी परिषद्मा निर्णय गर्दा भिटो प्रयोग गर्ने अधिकार हुँदैन (थियो)
  • परिषद्मा प्रत्येक सदस्यको १ मत हुन्छ र सबै निर्णयहरू उपस्थित भई मतदान गर्ने सदस्यहरूको साधारण बहुमत (Simple Majority) द्वारा गरिन्थ्यो,
  • यस परिषद्को वार्षिक रुपमा नियमित बैठक बस्नुपर्ने बाध्यता नरहेको — हाल यो परिषद् आवश्यक परेको खण्डमा (यसका अध्यक्ष, बहुमत सदस्य, सुरक्षा परिषद् वा महासभाको अनुरोधमा) मात्र बस्ने गर्दछ,
  • महासभा र सुरक्षा परिषद्को क्षेत्राधिकार विभाजन:
    • रणनीतिक क्षेत्र (Strategic Areas): सामरिक वा रणनीतिक क्षेत्र घोषणा गरिएका जिम्मा जमानी क्षेत्रहरूसँग सम्बन्धित सम्झौता स्वीकृत गर्ने, संशोधन गर्ने जस्ता सम्पूर्ण कार्यहरू सुरक्षा परिषद्को क्षेत्राधिकार भित्र पर्दछन्,
    • गैर-रणनीतिक क्षेत्र (Non-strategic Areas): रणनीतिक क्षेत्र घोषित नगरिएका अन्य सबै जिम्मा जमानी क्षेत्रहरूको सम्झौता स्वीकृत वा संशोधन गर्ने कार्य महासभाको क्षेत्राधिकार भित्र पर्दछ र यसमा जिम्मा जमानी परिषद्ले महासभालाई सहयोग गर्दछ,
  • यस अंगले आफ्नो जिम्मामा रहेका सबै ११ वटै गैर-स्वशासित क्षेत्रहरूलाई सफलतापूर्वक स्वतन्त्र वा स्वायत्त बनाइसकेको,

संयुक्त राष्ट्र संघको जिम्मा जमानी परिषद् (Trusteeship Council) अन्तर्गत रहेका ११ वटा विश्वास क्षेत्रहरू (Trust Territories):

विश्वास क्षेत्र प्रशासक राष्ट्र स्वतन्त्रता वा नयाँ स्थिति प्राप्त मिति
ब्रिटिस टोगोल्याण्ड (British Togoland) संयुक्त अधिराज्य (UK) सन् १९५६ (घाना (Ghana) सँग गाभिएको,)
फ्रान्सेली टोगोल्याण्ड (French Togoland) फ्रान्स (France) २७ अप्रिल १९६० (हालको नाम: टोगो (Togo))
फ्रान्सेली क्यामरून (French Cameroons) फ्रान्स (France) १ जनवरी १९६० (हालको नाम: क्यामरून (Cameroon))
ब्रिटिस क्यामरून (British Cameroons) संयुक्त अधिराज्य (UK) सन् १९६१ (नाइजेरिया (Nigeria) र क्यामरूनमा विभाजित भएको,)
टांगानिका (Tanganyika) संयुक्त अधिराज्य (UK) ९ डिसेम्बर १९६१ (हालको नाम: तान्जानिया (Tanzania))
रुवान्डा-उरुन्डी (Ruanda-Urundi) बेल्जियम (Belgium) १ जुलाई १९६२ (रुवान्डा (Ruwanda) र बुरूण्डी (Burundi), दुइ छुट्टाछुटै राष्ट्र बनेको,)
पश्चिमी सामोआ (Western Samoa) न्युजिल्याण्ड (New Zealand) १ जनवरी १९६२ (हालको नाम: सामोआ (Samoa))
सोमालील्याण्ड (Somaliland) इटाली (Italy) १ जुलाई १९६० (हालको नाम: सोमालिया (Somalia))
नाउरु (Nauru) अष्ट्रेलिया (Australia), न्युजिल्याण्ड (New Zealand), संयुक्त अधिराज्य (UK) ३१ जनवरी १९६८
न्यु गिनी (New Guinea) अष्ट्रेलिया (Australia) १६ सेप्टेम्बर १९७५ (हालको नाम: पपुवा न्यु गिनी (Papua New Guinea)
पलाउ (Palau) संयुक्त राज्य अमेरिका (USA) १ नोभेम्बर १९९४
  • पलाउ स्वतन्त्र भएको ठीक एक महिनापछि अर्थात् १ डिसेम्बर १९९४ देखि यस परिषद्को औपचारिक बैठक र दैनिक कार्यहरू स्थगित (Suspend) गरिएको,
  • कागजी अस्तित्व: यो अङ्ग व्यावहारिक रूपमा निष्क्रिय भए पनि संयुक्त राष्ट्रसङ्घको बडापत्र (UN Charter) संशोधन नभएकाले कागजी रूपमा (On Paper) यो अङ्ग अझै अस्तित्वमा रहेको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 48
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 91
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 28
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 162
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA