लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)
१. नेपालको इतिहासमा अत्यन्तै अकल्पनीय र त्रासदीपूर्ण भोटेकोशी-रसुवागढी बाढी कहिले आएको हो ?
➤ वि.सं. २०८३ भदौ १०
- वि.सं. २०८३ भदौ १० गते (सन् २०२६ अगस्त २६) बिहान (करिब ८:४० बजे) बाढीको सूचना आएको केही क्षणमै रसुवामा भयानक हिमबाढी प्रवेश गरेको ।
- नेपाल तथा चीनका वैज्ञानिकका अनुसार तिब्बतस्थित हिमक्षेत्रमा हिमपहिरो तथा हिमचट्टानले ल्हेन्देखोलालाई अवरुद्ध गर्दा ताल बनेको र पछि सोही ताल फुट्दा भोटेकोशी नदीमा भीषण बाढी आएको जनाइएको ।
- रसुवागढी, टिमुरे बजार, स्याफ्रुबेँसी, वेत्रावती, त्रिशूली, देवीघाट एवं धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मका नदी तटीय क्षेत्रमा क्षति पुगेको ।
- भोटेकोशी बाढीले निजी आवास, होटेल, पसल, गोदाम, बैङ्क तथा वित्तीय संस्था, विद्यालय, स्वास्थ्य संस्था र अन्य निजी व्यवसायमा क्षति पुर्याएको ।
- तीन वटै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, स्वयंसेवकका साथै भारत, चीन र अन्य देशका विज्ञसमेत उद्धारमा संलग्न । उद्धार तथा खोजमा नेपाली सेना र निजी हेलिकोप्टरहरू प्रयोगमा ल्याइएको ।
- रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रका निजी आवास, व्यापारिक संरचना, सवारीसाधन, सरकारी कार्यालय, जलविद्युत्, विद्युत् प्रसारण, सडक र पुलमा व्यापक क्षति पुगेको । पूर्ण क्षतिको विवरण आइनसके पनि आर्थिक क्षति दुई खर्बभन्दा बढी रहेको प्रारम्भिक आकलन गरिएको । क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि करिब सात खर्ब रुपियाँ लाग्ने अनुमान रहेको ।
- बाढीले रसुवाको रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा बस्ती तथा व्यापारिक संरचनामा ठुलो क्षति पुर्याएको । रसुवागढी भन्सार, अध्यागमन कार्यालय, प्रहरी चौकी, सरकारी कार्यालय तथा निजी व्यवसायका भवन बाढीले क्षतिग्रस्त बनाएको । नदी किनारका घर, पसल र खेतीयोग्य जमिनसमेत बाढीको भेलमा परेका । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले वेत्रावती, त्रिशूली, देवीघाटलगायतका बजार र नदी किनारका बस्तीमा ठुलो क्षति पुर्याएको ।
- बाढीले रसुवा, नुवाकोट र धादिङमा ३२ वटा पुल पूर्ण रूपमा बगेका र तीन वटा पुलमा आंशिक क्षति पुगेको । त्यस्तै करिब ४० किलोमिटर सडकमा क्षति पुगेको । सडक र पुल बगेपछि रसुवा, नुवाकोट र धादिङका धेरै क्षेत्रमा स्थलमार्गबाट आवतजावत पूर्ण रूपमा प्रभावित भएको ।
- बाढीले रसुवागढी भन्सार यार्डमा राखिएका करिब पाँच सय नयाँ सवारीसाधन बगाएको ।
- विभिन्न १२ जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब ४३१ मेगावाट विद्युत् उत्पादन बन्द भएको । रसुवागढी, त्रिशूली क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाका उत्पादनगृह, पहुँचमार्ग र प्रसारण संरचनामा क्षति पुगेको ।
- राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ भदौ १६ गते बिहानसम्म ९८७ जनाको शव फेला परेको र तीन हजार ९१६ जना सम्पर्कविहीन भएको जनाइएको । यस अवधिसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको ।
- सुरक्षाकर्मी परिचालन : २१,०११ (नेपाली सेना : आठ हजार ८९६ जना, नेपाल प्रहरी : सात हजार ९१२ जना, सशस्त्र प्रहरी बल नेपाल : चार हजार २०३ जना)

- रसुवागढी नाकाबाट करिब १८ किलोमिटर चीनतर्फ ल्हेन्देखोलाको बहाब थुनिएर ठुलो ताल (११ हेक्टर) बनेपछि भोटेकोशीमा फेरि बाढीको जोखिम देखिएको ।
२. नेपालचीन सिमानास्थित भोटेकोशी-ल्हेन्देखोलामा आएको भीषण बाढीका कारण प्रभावित जिल्लाका स्थानीय तहलाई कति समयका लागि ‘विपत् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएको छ ?
➤ तीन महिना
- विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा : वि.सं. २०८३ भदौ ११ गते
- बाढी आएको : वि.सं. २०८३ भदौ १० गते
- विनाशकारी बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, वेत्रावती, त्रिशूलीलगायत धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासीसम्म क्षति पुगेको ।
- विपत् सङ्कटग्रस्त घोषित क्षेत्र (राजपत्रमा प्रकाशित, २०८३ भदौ ११)

३. नेपालमा राष्ट्रिय पुस्तकालय दिवस कहिले मनाइन्छ ?
➤ भदौ १५
- वि.सं. २०८३ को आदर्श वाक्य : हाम्रो पुस्तकालय : हाम्रो भविष्य ।
- नेपालमा पुस्तकालय स्थापनासम्बन्धी कानुनमा वि.सं. १८६९ भदौ १५ गते लालमोहर लगाइएको ऐतिहासिक दिनको स्मृतिमा नेपाल सरकारद्वारा वि.सं. २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते यो दिवस मनाउन सुरु गरिएको ।

४. सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधन कहिले भएको हो ?
➤ वि.सं. २०८३ भदौ ३
५. ‘जित्नेहरूले कहिल्यै हार मान्दैनन् र हार मान्नेले कहिल्यै जित्दैनन्’ भन्ने विद्वान् को हुन् ?
➤ विन्स लोम्बार्डी
६. अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड ग्लोबल वुमन, २०२६’ को उपाधि जित्ने नेपाली सुन्दरी को हुन् ?
➤ प्रतीक्षा थापा
- उनले मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार२०२६ मा नेपालको प्रतिनिधित्व गर्दै यो उपाधि जितेकी ।
- ३२ वर्षीय प्रतीक्षा थापाले म्यानमारमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा मुख्य उपाधिसँगै ‘मिसेस ग्ल्यामर’ को सबटाइटलसमेत जितेकी ।
- प्रतियोगितामा नेपालको तर्फबाट राष्ट्रिय निर्देशकका रूपमा सहभागी ओशिमा बानुले ‘बेस्ट नेसनल डाइरेक्टर अवार्ड’ प्राप्त गरेकी ।

७. सरु सङ्गीत राष्ट्रिय पुरस्कार, २०८३ कसलाई प्रदान गरियो ?
➤ वरिष्ठ गायिका मीरा राणा
- नेपाली आधुनिक गीत/सङ्गीतका क्षेत्रमा विगत छ दशकदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप राणालाई सो पुरस्कार प्रदान गरिएको ।

८. नर्वेका राजा हेराल्डको निधन कहिले भएको हो ?
➤ सन् २०२६ अगस्त २८ (८९ वर्षको उमेरमा)
- उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वत: नर्वेको नयाँ राजा बनेका ।
९. नेपाल टेलिकमले हालै समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको कुन प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ?
➤ बाजुराको बडीमालिका क्षेत्र (उद्घाटन: वि.सं. २०८३ भदौ ८)
- सञ्चारको पहुँचबाट टाढा रहेको बाजुराको भौगोलिक रूपमा विकट बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरी सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा ल्याएको छ, जसले यस क्षेत्रमा आउने तीर्थयात्री, पर्यटक र स्थानीयलाई राहत दिनुका साथै आकस्मिक उद्धार तथा पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको ।
१०. ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार वि.सं. २०९२ भित्र नेपालमा कुल कति विद्युत् उत्पादन गर्ने लक्ष्य छ ?
➤ २८,५०० मेगावाट
- कुल विद्युत् उत्पादन : २८,५०० मेगावाट
- आन्तरिक खपत : १३,५०० मेगावाट
- निर्यात लक्ष्य : १५,००० मेगावाट
- प्रतिव्यक्ति ऊर्जा खपत : १५०० किलोवाट आवर (हाल ४५० युनिट)
११. नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो ?
➤ सन् २०२६ अप्रिल १०
- ५० वर्षभन्दा लामो अन्तरालपछि चन्द्रमाको कक्षमा पुगेर फर्किएको नासाको ‘आर्टेमिस२’ मिसनका चार अन्तरिक्ष यात्री बोकेको ‘ओरायन’ अन्तरिक्ष यान१० अप्रिल २०२६ का दिन प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको ।
- यस मिसनले अन्तरिक्ष यात्रामा नयाँ रेकर्ड कायम गरेको । अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट करिब ४,०६,७७१ किलोमिटर (२,५२,७५६ माइल) टाढा पुगेका थिए, जसले सन् १९७० मा ‘अपोलो १३’ मिसनले राखेको सबैभन्दा टाढा पुग्ने मानव यात्राको कीर्तिमानलाई तोडेको ।
१२. ‘दी डार्क क्लाउड’ नामक औपन्यासिक कृतिका सर्जक को हुन् ?
➤ बङ्गलादेशी लेखिका जहाँआरा
१३. जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ ‘जैविक विविधता रेडपान्डाथार अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना कहाँ गरियो ?
➤ दिक्तेल रूपाकोट मझुवागढी नपा, खोटाङ
- आयोजना मिति : वि.सं. २०८३ वैशाख ४६
१४. वि.सं. २०८३ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ?
➤ २५७० औँ
१५. ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ द्वारा सार्वजनिक गरिएको ‘विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क२०२६’ मा नेपाल कति औँ स्थानमा पर्न सफल भएको छ ?
➤ ८७ औँ स्थानमा (यो दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा उत्कृष्ट स्थान हो) ।
१६. नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएबापत अन्तर्राष्ट्रिय संस्था ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ बाट ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल नेपाली फोटो पत्रकार को हुन् ?
➤ प्रदीपराज वन्त (सन् २०२६)
१७. २०८२ सालको प्रतिष्ठित ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
➤ वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ (कृति : नेपाल गाथा)
१८. विश्व स्वास्थ्य सङ्गठनको ७९ औँ विश्व स्वास्थ्य महासभा (सन् २०२६) मा नेपाल कुन पदमा निर्वाचित भएको छ ?
➤ उपाध्यक्ष
प्रस्तुतकर्ता : टङ्क केसी