गण्डक सम्झौता
- के हो?: नेपाल र भारत सरकारबीच गण्डक नदीको पानी उपयोग गरी दुवै देशको हितका लागि सिँचाइ र जलविद्युत विकास गर्ने उद्देश्यले गरिएको एक ऐतिहासिक द्विपक्षीय सम्झौता
- सन्धिको पूर्ण नाम: गण्डक सिँचाइ तथा जलविद्युत आयोजना सम्झौता (Agreement regarding Gandak Irrigation & Power Project)
- सम्झौता भएको मिति: वि.सं. २०१६ मंसिर १९ गते (तदनुसार सन् १९५९ डिसेम्बर ४)
- हस्ताक्षर भएको स्थान: काठमाडौँ, नेपाल
- नेपालका तर्फबाट हस्ताक्षरकर्ता: तत्कालीन उपप्रधानमन्त्री सुवर्ण शमशेर
- भारतका तर्फबाट हस्ताक्षरकर्ता: नेपालका लागि भारतीय राजदूत भगवान सहाय
- सन्धिको मुख्य उद्देश्य: नेपाल र भारत दुवै देशको हितका लागि नारायणी (गण्डकी) नदीमा सिँचाइ सुविधा र विद्युत विकास गर्ने,
- संशोधन परिमार्जन: सन् १९६४ अप्रिल ३० मा राजा महेन्द्रको पालामा यस सम्झौतामा नेपालको हित अनुकूल केही संशोधन गरिएको,
- नेपाल र भारत दुवैतर्फ सिँचाइ सुविधा पुर्याउने र जलविद्युत उत्पादन गर्ने मुख्य उद्देश्यले स्थापित ब्यारेज: गण्डक ब्यारेज — यो ब्यारेज वि.सं. २०१६ मा भएको गण्डक सम्झौताको आधारमा स्थापना गरिएको,
- ब्यारेज शिलान्यास मिति: वि.सं. २०२१ वैशाख १९ (सन् १९६४ मे ४)
- ब्यारेज शिलान्यासकर्ताहरू: नेपालका राजा महेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू
- निर्माण सुरु र सम्पन्न मिति: वि.सं. २०२४ सालमा निर्माण सुरु भई वि.सं. २०३१ (सन् १९७४) मा सम्पन्न
- नेपाललाई हस्तान्तरण मिति: वि.सं. २०३८ भदौ १५ (सन् १९८१ अगस्ट ३१)
- हस्तान्तरण कार्यक्रमका प्रमुखहरू: नेपालका तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र भारतीय राजदूत नरेन्द्र जैन
- विवाद: नदी नेपालको तर फाइदा बढी भारतलाई भएको, ब्यारेजका ढोका समयमा नजालिँदा नेपालको सुस्ता क्षेत्र डुबान र कटानमा पर्ने गरेको, भारतीय पक्षले मर्मत नगर्दा सूरजपुरा पावर हाउस पूर्ण क्षमतामा चल्न नसकेको, आदि