Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२६

  • Ajnabee Khadka
  • April 24, 2026
  • 561

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२६

World Book and Copyright Day, 2026
  • हरेक वर्ष अप्रिल २३ का दिन संसारभर पठन संस्कृति र लेखकको अधिकारको सम्मानमा यो दिवस मनाइन्छ।
  • मिति: अप्रिल २३, २०२६ (वि.सं. २०८३ वैशाख १०)
  • घोषणा गर्ने निकाय: युनेस्को (UNESCO) - सन् १९९५ देखि
  • मुख्य उद्देश्य: पुस्तकको महत्त्व बुझाउने, पठन संस्कृतिको विकास गर्ने र लेखकहरूको बौद्धिक सम्पत्ति (Copywright) को रक्षा गर्ने,
  • सन् २०२६ को मूल नारा: "दिगो विकास लक्ष्य हासिल गर्न साहित्यको भूमिका" (Role of literature to achieve Sustainable Development Goals)
  • विश्व पुस्तक राजधानी २०२६: रबात (मोरक्को)
    • युनेस्कोले मोरक्कोको राजधानी रबात (Rabat) लाई सन् २०२६ को लागि 'विश्व पुस्तक राजधानी' घोषणा गरेको,
    • प्रमुख कारण: रबातमा ५४ वटा प्रकाशन गृह, अफ्रिकाकै तेस्रो ठूलो पुस्तक मेला र बढ्दो पुस्तक पसलहरू रहेका,
    • लक्ष्य: महिला र युवाहरूमा साक्षरता बढाउने, गरिब समुदायमा पुस्तकको पहुँच पुर्‍याउने र स्थानीय प्रकाशन उद्योगलाई सहयोग गर्ने,
    • क्रम: सन् २०२५ को राजधानी 'रियो दि जेनेरियो' पछि रबातले यो जिम्मेवारी सम्हाल्ने,
  • अप्रिल २३ को दिन विश्व साहित्यका तीन दिग्गज हस्तीहरूको स्मृति दिवसका रूपमा पनि लिइन्छ:
    • विलियम शेक्सपियर (William Shakespeare)
    • मिग्वेल डी सर्भान्तेस (Miguel de Cervantes)
    • इन्का गर्सिलासो डेला भेगा (Inca Garcilaso de la Vega)
  • नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्ष निम्न विषयमा जोड दिएका छन्:
    • डिजिटल प्रतिलिपि अधिकार: डिजिटल युगमा अनलाइन सामग्रीको चोरी (Piracy) नियन्त्रण र बौद्धिक सम्पत्तिको सुरक्षा,
    • पठन संस्कृति: युवा पुस्तालाई सामाजिक सञ्जालबाट पुस्तक पढ्ने बानीतर्फ आकर्षित गर्ने,
    • कानुनी सचेतना: प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय मार्फत लेखकहरूलाई उनीहरूको कानुनी अधिकारबारे जानकारी गराउने,

विश्व पुस्तक राजधानीको सूची:

क्रम वर्ष (सन्) सहर देश
१ २००१ मड्रिड स्पेन
२ २००२ अलेक्जेन्ड्रिया इजिप्ट
३ २००३ नयाँ दिल्ली भारत
४ २००४ एन्टवर्प बेल्जियम
५ २००५ मोन्ट्रियल क्यानडा
६ २००६ टुरिन इटाली
७ २००७ बोगोटा कोलम्बिया
८ २००८ एम्स्टर्डम नेदरल्याण्ड्स
९ २००९ बेरुत लेबनान
१० २०१० ल्युब्लियाना स्लोभेनिया
११ २०११ ब्युनस आयर्स अर्जेन्टिना
१२ २०१२ येरेभान अर्मेनिया
१३ २०१३ बैंकक थाइल्याण्ड
१४ २०१४ पोर्ट हारकोर्ट नाइजेरिया
१५ २०१५ इन्चोन दक्षिण कोरिया
१६ २०१६ व्रोकला पोल्याण्ड
१७ २०१७ कोनाक्री गिनी
१८ २०१८ एथेन्स ग्रीस
१९ २०१९ शारजाह संयुक्त अरब इमिरेट्स
२० २०२० क्वालालम्पुर मलेसिया
२१ २०२१ तिब्लिसी जर्जिया
२२ २०२२ ग्वाडालजारा मेक्सिको
२३ २०२३ आक्रा घाना
२४ २०२४ स्ट्रासबर्ग फ्रान्स
२५ २०२५ रियो दि जेनेरियो ब्राजिल
२६ २०२६ रबात मोरक्को

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 74
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 85
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 145
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA