Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालकाे जलस्रोत

  • Bikash Shrestha
  • June 03, 2025
  • 2162

नेपालकाे जलस्रोत

Water Resources of Nepal

नेपालकाे जलस्रोत

नेपाल समुद्री सुविधाबाट वञ्चित भए पनि जलस्रोतको दृष्टिले विश्वका धनी राष्ट्रमध्ये एक मानिन्छ। नेपालमा ६,००० भन्दा बढी नदी–नाला छन्। नेपालको तीन ठूला नदी प्रणाली — कोशी, गण्डकी र कर्णाली — का जलभण्डार क्षमताले कुल जलभण्डार क्षमताको ७४% हिस्सा ओगटेका छन्। नेपालको कुल जलविद्युत उत्पादन क्षमता करिब ८३,००० मेगावाट अनुमान गरिएको छ।

साना–ठूला नदीहरूको प्रवाह, जलभण्डार र उपयोगिताको आधारमा तिनीहरूलाई तीन श्रेणीमा वर्गीकरण गर्न सकिन्छ:

(क) पहिलो स्तरका नदीहरू:

यी नदीहरू हिमालको हिउँ पग्लिएर वा हिमालयबाट उत्पत्ति भई निरन्तर रूपमा ठूला जलराशिसहित बग्ने नदीहरू हुन्। सप्तकोशी, सप्तगण्डकी र कर्णालीजस्ता नदीहरू यस श्रेणीमा पर्दछन्। यी नदीहरू ठूला जलविद्युत तथा सिँचाइ आयोजना लागि उपयोगी मानिन्छन्।

(ख) दोस्रो स्तरका नदीहरू:

यी नदीहरू महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भई निरन्तर बग्ने भए तापनि वर्षात्को समयमा मात्रै पानी प्रशस्त हुने तर हिउँदमा पानीको मात्रा घट्ने नदीहरू हुन्। मेची, कन्काई, त्रियुगा, कमला, बागमती, बाणगङ्गा, तिनाउ, राप्ती, बबई, मोहना आदि यस श्रेणीमा पर्छन्।

(ग) तेस्रो स्तरका नदीहरू:

यी नदीहरू शिवालिक (चुरे) पर्वतमालाबाट उत्पत्ति भई मनसुनमा मात्र ठूलो रूप लिने र हिउँदमा सुक्ने अस्थायी प्रकृतिका नदीहरू हुन्। सिर्सिया, तिलावे, जमुनी, हर्दिनाथ, डुँडुवा, अर्जुन खोला आदि यस श्रेणीमा पर्छन्। यी नदीहरू वर्षे खेती तथा अल्पकालीन सिँचाइका लागि उपयोगी हुन्छन्।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 227
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 133
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 78
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 110
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA