सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ?
●राष्ट्रिय योजना आयोग
● सरकारले २०८२ कात्तिक महिनाभित्र राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको ।
●२०८२ जेठ ५ गते बसेको मन्त्रीपरिषद् बैठकले यो कार्ययोजना स्वीकृत गरेको ।
● उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनका लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मन्त्रीपरिषद्ले स्वीकृत गरेको ।
● परिषदमा नास्ट, नार्क, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र, राष्ट्रिय तथ्याङ्क कार्यालय, विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान, निजी क्षेत्र, विद्युत् समूहबाट सदस्य रहने । यसको सहजीकरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गर्ने कार्ययोजनामा उल्लेख ।