Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पर्यटन

  • Bikash Shrestha
  • November 02, 2025
  • 462

पर्यटन

Tourism

नेपालको अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्र उच्च सम्भावनायुक्त क्षेत्र हो । नेपाल प्राकृतिक, सांस्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणबाट विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस्ता स्थान र सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र विविधीकरण गरी पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने नीति नेपालको संविधानले अंगीकार गरेको छ । पर्यटन प्रवर्द्धनमार्फत रोजगारीको अवसर वृद्धि गरी, गरिबी निवारण र जनजीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्वपूर्ण योगदान रहने भएकाले, नेपाली अर्थतन्त्रमा पर्यटनलाई प्रमुख संवाहकका रूपमा लिइएको छ । छिमेकी मुलुकहरूमा भइरहेको उच्च आर्थिक वृद्धि र विशाल जनसंख्याबाट सिर्जित अवसरका कारण नेपालमा पर्यटन आगमन तीव्र गतिमा बढ्ने प्रबल सम्भावना देखिएको छ । यसबाट ठूलो रोजगार सिर्जना भई राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ। त्यसका लागि पर्यटकीय गन्तव्यहरूको विविधीकरण, पहिचान र पूर्वाधार विकास आवश्यक छ, जसले रोजगारीका अवसर बढाई गरिबी न्यूनीकरण र जनजीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउँछ । तर, पर्यटन विकासमा केही चुनौतीहरू पनि छन् — जस्तै, पर्यटन उपज र क्रियाकलापको अपेक्षित विकास र विविधीकरण नहुनु, अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त प्रवर्द्धन नहुनु, पर्यटन पूर्वाधारको कमी, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा कमजोरी, निजी क्षेत्रको अपर्याप्त सहभागिता, उद्यमशीलता विकासमा जोड नदिनु, पर्यटनबाट प्राप्त लाभको न्यायोचित वितरण नहुनु, र पर्यटन गतिविधि प्रविधिमैत्री नहुनु । कोभिड–१९ महामारीपछि कमजोर बनेको पर्यटन क्षेत्र अहिले पुनः पुरानै अवस्थातर्फ फर्किएको छ। पछिल्लो समय पर्यटन पुनरुत्थान हुँदै गएसँगै होटल व्यवसाय फस्टाइरहेको छ र पर्यटकबाट प्राप्त आम्दानी पनि क्रमशः बढ्दै गएको छ ।

पर्यटन तथ्याङ्क (२०८१ पुससम्म):

  • २०८० पुससम्म नेपालमा १० लाख १४ हजार ८८२ पर्यटक आएका थिए।

  • २०८१ पुससम्म यो सङ्ख्या १३ प्रतिशतले बढेर ११ लाख ४७ हजार ५४८ पुगेको छ।

  • आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार सन् २०२३ मा भ्रमण आय रु. ७२ अर्ब ४५ करोड ५६ लाख थियो, जुन सन् २०२४ मा १५ प्रतिशतले वृद्धि भई रु. ८३ अर्ब ३९ करोड ४० लाख पुगेको छ ।

सन् २०२४ मा:

  • पर्यटकको औसत बसाइ अवधि १३.३ दिन रहेको छ (सन् २०२३ मा १३.२ दिन)।

  • प्रतिपर्यटक औसत दैनिक खर्च ४०.८ अमेरिकी डलर (सन् २०२३ मा ४१ डलर)।

भ्रमणका उद्देश्यहरू:

  • ६०.४% — बिदा, मनोरञ्जन वा यात्राका लागि

  • १५.३% — तीर्थयात्राका लागि

  • १४.५% — पर्वतारोहण वा साहसिक यात्राका लागि

  • ९.८% — अन्य उद्देश्यका लागि

पर्यटक आगमन मुलुक अनुसार (सन् २०२४):

  • भारत — २७.७०%

  • अमेरिका — ९.६७%

  • चीन — ८.८९%

  • बेलायत — ४.७९%

  • बंगलादेश — ४.२७%

  • अस्ट्रेलिया — ३.८३%

  • श्रीलंका — २.७०%

  • थाइल्यान्ड — २.६१%

  • जर्मनी — २.६१%

  • दक्षिण कोरिया — २.३५%

  • अन्य देशहरू — ३०.५७%

संघीय संरचनाअनुसार तीन तहका सरकारहरूले पर्यटन क्षेत्रका भौतिक पूर्वाधार निर्माण, पर्यटन उपजको विविधीकरण, गन्तव्यहरूको पहिचान र प्रचार–प्रसारमा जोड दिनुपर्छ। अधिकांश पर्यटक विमानमार्गबाट नेपाल प्रवेश गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्वाधार सुदृढ गर्न आवश्यक छ । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, शान्त वातावरण, आध्यात्मिकता, प्राचीन दर्शन, र जैविक विविधताका कारण नेपाललाई विश्वकै प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गरी आर्थिक समृद्धिको प्रमुख संवाहक बनाउन सकिन्छ ।

 

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 57
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 66
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 92
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA