Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कपिलवस्तुको शाक्यशासित राज्य

  • Bikash Shrestha
  • September 26, 2025
  • 804

कपिलवस्तुको शाक्यशासित राज्य

The Sakya-ruled kingdom of Kapilvastu

कपिलवस्तु जिल्लामा अवस्थित तिलौराकोट नामक स्थानलाई प्राचीन शाक्यहरूको राजधानी मानिन्छ। तथ्यहरूका आधारमा यही तिलौराकोट नै कपिलवस्तु राज्यको राजधानी थियो । प्राचीन गणराज्यहरूमध्ये शाक्यहरूको यो राज्य विशेष उल्लेखनीय थियो, किनभने यहाँ कै क्रकुच्छन्द, कनकमुनि, सिद्धार्थ गौतमलगायतका बुद्धहरूको जन्म भएको थियो। तीमध्ये सिद्धार्थ गौतम नै पछि महात्मा गौतम बुद्धका रूपमा विश्वभर प्रसिद्ध भए, जसले बौद्ध धर्मको प्रवर्तन गरे । प्राचीन कपिलवस्तु नगर पञ्चभुजाकार किल्लाको रूपमा व्यवस्थित गरिएको थियो। त्यतिबेला उत्तरबाट दक्षिणपूर्व हुँदै श्रावस्तीदेखि राजगृहसम्म पुग्ने मुख्य व्यापारिक राजमार्ग कपिलवस्तु राज्यभित्रै पर्दथ्यो । शाक्यहरूको राज्य गणराज्यको स्वरूपमा थियो। त्यसैले यहाँको शासन व्यवस्था प्राचीन उत्तर भारतीय गणराज्यहरूसँग मिल्दोजुल्दो थियो। शासन सञ्चालनका लागि दुई प्रमुख सभा हुन्थे—साधारण सभा र भारदारी सभा। साधारण सभाले कार्यकारी निकायको रूपमा काम गर्थ्यो। यस कार्यकारी सभाको प्रमुखलाई नै राजा भनिन्थ्यो । बुद्ध जन्मँदा कार्यकारी सभाका प्रमुख राजा शुद्धोधन थिए। पछि शुद्धोधनको निधनपछि महानामलाई राजा (कार्यकारी सभाको प्रमुख) को रूपमा निर्वाचित गरिएको थियो । अन्ततः, कपिलवस्तु राज्य छिमेकी कोशल राज्यका राजाको आक्रमणमा परेर पतन भएको थियो ।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 138
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 44
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 45
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 72
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 39
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 277
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA