Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दिगो विकास प्रतिवेदन, २०२६

  • Ajnabee Khadka
  • July 06, 2026
  • 589

दिगो विकास प्रतिवेदन, २०२६

Sustainable Development Report, 2026

दिगो विकास प्रतिवेदन २०२६: विश्वव्यापी अवस्था र मुख्य सूचकहरू

  • वरीयता निर्धारण (Ranking) मा समावेश देश: कुल १९३ राष्ट्रहरु बाट १६९ राष्ट्रहरू समिष्ट
  • नयाँ समावेश भएका देश: इरिट्रिया (Eritrea) र टिमोर-लेस्टे (Timor-Leste) यस वर्ष पहिलो पटक सूचकांकमा समावेश गरिएका,
  • मापन स्केल: ० देखि १०० (जहाँ ० ले दिगो विकासको लक्ष्य प्राप्तिको सबैभन्दा न्यून अवस्था र १०० ले दिगो विकासको लक्ष्य प्राप्तिको उच्चतम अवस्थालाई जनाउँछ,)
  • सूचकहरूको संख्या: कुल १२३ सूचकहरू (१०१ विश्वव्यापी र २२ OECD देशका लागि अतिरिक्त सूचकहरू) प्रयोग गरिएको,
  • २०३० को परिदृश्य: प्रतिवेदनको अनुसार हालको प्रगतिको गति कायम रहेमा, सन् २०३० सम्ममा कुनै पनि १७ वटा दिगो विकास लक्ष्यहरू पुरा नहुने,
  • लक्ष्य प्राप्तिको प्रतिशत: विश्वव्यापी रूपमा मात्र १६.५% लक्ष्यहरू पुरा हुने दिशामा (On track) रहेका, जुन २०% भन्दा पनि कम
  • गिरावटको अवस्था: सन् २०१५ यता विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर तीव्र भएको, युद्धहरू फैलिएको र बहुपक्षीयताको मर्ममा खतरा पैदा भएको प्रतिवेदनले औँल्याएको,

दिगो विकास प्रतिवेदन २०२६ को दिगो विकास लक्ष्य (SDG) सूचकांक अनुसार उत्कृष्ट १० राष्ट्रहरू:

स्थान 
राष्ट्र
स्कोर (Score)
१
फिनल्याण्ड (Finland)
८७.४
२
स्वीडेन (Sweden)
८६.३
३
डेनमार्क (Denmark)
८५.७
४
नर्वे (Norway)
८४.१
५
जर्मनी (Germany)
८४.०
६
अस्ट्रिया (Austria)
८३.९
७
फ्रान्स (France)
८३.४
८
संयुक्त अधिराज्य (United Kingdom)
८२.५
९
आइसल्याण्ड (Iceland)
८२.३
१०
चेकिया (Czechia)
८२.२

दिगो विकास प्रतिवेदन २०२६ को दिगो विकास लक्ष्य (SDG) सूचकांक अनुसार सबैभन्दा पुछारमा रहेका १० राष्ट्रहरू:

स्थान 
राष्ट्र 
स्कोर (Score)
१६०
नाइजर (Niger)
४९.६
१६१
अफगानिस्तान (Afghanistan)
४८.८
१६२
इरिट्रिया (Eritrea)
४८.७
१६३
कंगो लोकतान्त्रिक गणतन्त्र (Congo, Dem. Rep.)
४८.३
१६४
येमेन (Yemen, Rep.)
४७.८
१६५
सुडान (Sudan)
४७.७
१६६
सोमालिया (Somalia)
४६.२
१६७
चाड (Chad)
४३.९
१६८
मध्य अफ्रिकी गणतन्त्र (Central African Republic)
४३.३
१६९
दक्षिण सुडान (South Sudan)
३९.९

क्षेत्रीय प्रगतिको संक्षिप्त तालिका (Regional Progress Table)

क्षेत्र/समूह
प्रगतिको स्थिति
मुख्य तथ्य र विशेषताहरू 
पूर्व र दक्षिण एसिया (East and South Asia)
सर्वोत्कृष्ट प्रगति
सन् २०१५ यता विश्वमै सबैभन्दा द्रुत गतिमा प्रगति गर्ने क्षेत्र
BRICS+ राष्ट्रहरू
द्रुत प्रगति
कम प्रारम्भिक अंक (Baseline) भए तापनि सन् २०१५ पछि उल्लेख्य सुधार गर्ने समूह
OECD र उच्च आय भएका देशहरू
सीमित प्रगति
सामाजिक-आर्थिक लक्ष्यमा अगाडि भए तापनि समग्र प्रगति (SDGhi) निकै सुस्त
पूर्वी युरोप र मध्य एसिया
मध्यम प्रगति
प्रगतिको गति औसत रहेको र मध्यम सुधार देखिएको क्षेत्र
ल्याटिन अमेरिका र क्यारिबियन (LAC)
सुस्त सुधार
सन् २०१५ पछि प्रगतिको गति मध्यम रहेको क्षेत्र
मध्य पूर्व र उत्तर अफ्रिका (MENA)
न्यून प्रगति
द्वन्द्व र भू-राजनीतिक अस्थिरताका कारण लक्ष्य प्राप्तिमा चुनौती देखिएको क्षेत्र
सब-साहारा अफ्रिका र न्यून आय भएका देशहरू
निकै सुस्त सुधार
प्रगतिको गति अपेक्षित आयस्तर भन्दा पनि कम रहेको र 'ब्याक अन ट्र्याक' हुन कठिन

लक्ष्यगत उपलब्धि: सफल र कमजोर सूचकहरूको तालिका

प्रगतिको अवस्था
मुख्य सूचकहरू
सम्बन्धित लक्ष्य (SDG)
सबैभन्दा सफल
१. मोबाइल ब्रोडब्यान्ड सदस्यता (Mobile broadband subscriptions)
लक्ष्य ९
(Most on track)
२. किशोरावस्थाको प्रजनन दर (Adolescent fertility rate)
लक्ष्य ३
 
३. नयाँ एचआईभी (HIV) संक्रमणको दर (New HIV infections)
लक्ष्य ३
 
४. इन्टरनेटको प्रयोग (Internet use)
लक्ष्य ९
 
५. बिजुलीमा पहुँच (Electricity access)
लक्ष्य ७
सबैभन्दा कमजोर
१. मोटोपनाको व्यापकता (Prevalence of obesity)
लक्ष्य २
(Furthest off track)
२. उत्पादक र दिगो कृषितर्फको प्रगति (Sustainable agriculture)
लक्ष्य २
 
३. प्रशासनिक कारबाहीको समयबद्धता (Timeliness of admin proceedings)
लक्ष्य १६
 
४. प्रेस स्वतन्त्रता सूचकांक (Press Freedom Index)
लक्ष्य १६
 
५. भ्रष्टाचार धारणा सूचकांक (Corruption Perceptions Index)
लक्ष्य १६

दिगो विकास प्रतिवेदन २०२६ (Sustainable Development Report 2026) अनुसार नेपालको अवस्था:

  • नेपालको स्थान (Rank): १६९ राष्ट्रहरूमध्ये ९० औँ स्थान (सन् २०२५ मा ८५ औँ स्थानमा रहेको,)
  • नेपालको स्कोर (Score): १०० मा ६८.७
  • सन् २०१५ देखिको प्रगति: नेपालको स्कोरमा सन् २०१५ यता ९.१ प्रतिशत बिन्दुले सुधार आएको,
  • क्षेत्रीय औसत: नेपाल आबद्ध रहेको 'पूर्व र दक्षिण एसिया' क्षेत्रको औसत स्कोर ७०.५ रहेको,

दिगो विकास प्रतिवेदन २०२६ को दिगो विकास लक्ष्य (SDG) सूचकांक अनुसार दक्षिण एसियाली राष्ट्रहरूको प्रगति:

दक्षिण एसियाली राष्ट्र
विश्वमा स्थान
स्कोर (Score)
माल्दिभ्स (Maldives)
६३
७३.३
भुटान (Bhutan)
७३
७१.१
नेपाल (Nepal)
९०
६८.७
श्रीलंका (Sri Lanka)
९२
६८.५
भारत (India)
९४
६८.३
बंगलादेश (Bangladesh)
११०
६४.८
पाकिस्तान (Pakistan)
१३१
५९.३
अफगानिस्तान (Afghanistan)
१६१
४८.८

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 79
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 65
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 148
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 137
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA