Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दिगो विकासका लक्ष्यहरू

  • Bikash Shrestha
  • August 17, 2025
  • 1355

दिगो विकासका लक्ष्यहरू

Sustainable Development Goals

 

संयुक्त राष्ट्रसंघको ७०औँ महासभाले सन् २०१५ सेप्टेम्बर २५ मा सन् २०१६ देखि २०३० सम्म विश्वलाई रूपान्तरण गर्ने उद्देश्यसहित “दिगो विकासका लक्ष्यहरू” (Sustainable Development Goals – SDGs) घोषणा गरेको हो। यसले “कसैलाई पनि पछाडि नछोड्ने” मूलमन्त्रलाई आत्मसात गर्दै विश्वव्यापी रूपमा दिगो विकासलाई प्रोत्साहन गर्ने संकल्प व्यक्त गरेको छ।

यसअन्तर्गत:

  • १७ वटा मुख्य लक्ष्य,

  • १६९ वटा उपलक्ष्य, र

  • ३३२ वटा सूचकहरू निर्धारण गरिएको छ।

दिगो विकासका १७ लक्ष्यहरू

  1. सबै स्थान र सबै प्रकारका गरिबीको अन्त्य

  2. भोकमरी नियन्त्रण, खाद्य सुरक्षा र पोषणस्तर सुधार तथा दिगो कृषिको प्रवर्द्धन

  3. सबैका लागि स्वस्थ जीवन र कल्याणको सुनिश्चितता

  4. सबैका लागि समावेशी, समान र गुणस्तरीय शिक्षाको अवसर सुनिश्चितता

  5. लैङ्गिक समानता स्थापना तथा महिला र बालिकाको सशक्तीकरण

  6. सबैका लागि सुरक्षित खानेपानी र सरसफाइको दिगो उपलब्धता

  7. सबैका लागि भरपर्दो, दिगो र वहनयोग्य ऊर्जाको पहुँच सुनिश्चितता

  8. दिगो, समावेशी र उत्पादनशील आर्थिक वृद्धि तथा सबैका लागि रोजगारको अवसर

  9. सबल पूर्वाधार, दिगो र समावेशी औद्योगीकरण तथा नवप्रवर्तनको प्रवर्द्धन

  10. देशभित्र र देशहरूबीचको असमानताको न्यूनीकरण

  11. सुरक्षित, समावेशी र दिगो सहर तथा मानव बस्तीहरूको विकास

  12. दिगो उत्पादन र उपभोगको सुनिश्चितता

  13. जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि तत्काल कार्य

  14. समुद्र, समुद्री स्रोत र समुद्री किनारको संरक्षण तथा दिगो उपयोग

  15. जैविक विविधताको संरक्षण, वन व्यवस्थापन तथा भूमि क्षय नियन्त्रण

  16. शान्त, समावेशी र न्यायमा समान पहुँचसहितको समाज निर्माण तथा जवाफदेही संस्थागत संरचना

  17. दिगो विकास कार्यान्वयनका लागि साझेदारी र संयन्त्र सबलीकरण

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 72
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 111
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 63
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 85
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA