Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दिगो विकास

  • Bikash Shrestha
  • August 17, 2025
  • 617

दिगो विकास

Sustainable Development

 

  • विकास एक बहुआयामिक अवधारणा हो । यसले समाजमा निरन्तर प्रगतिउन्मुख परिवर्तनको अपेक्षा राख्छ । मानव सभ्यताको सुरुवातदेखि नै विकास कुनै न कुनै रूपमा निरन्तर भइरहेको पाइन्छ ।
  • तर, विकसित मुलुकहरूले विकासका नाममा प्राकृतिक स्रोत–साधनको चरम दोहन गरेपछि सिर्जित वातावरणीय असन्तुलन समाधान गर्नुपर्ने आवश्यकता देखियो । त्यसको विकल्पस्वरूप सन् १९७० को दशकदेखि दिगो विकासको अवधारणा सुरु भएको हो ।
  • सन् १९८७ मा ब्रुटल्यान्ड कमिसनले प्रकाशित गरेको “हाम्रो साझा भविष्य” (Our Common Future) नामक प्रतिवेदनमार्फत पहिलो पटक दिगो विकास शब्दको प्रयोग गरिएको हो । त्यसअनुसार,
    वर्तमान पुस्ताले प्राकृतिक स्रोत–साधनको विवेकपूर्ण उपयोग गर्दै भविष्यका पुस्ताले आफ्ना आवश्यकता पुरा गर्ने क्षमतामा असर नपर्ने गरी सञ्चालन गरिने विकास नै दिगो विकास हो ।
  • दिगो विकास आफैंमा टिकाउ, विनाशरहित र सन्तुलित विकास हो । यसले नवीकरणीय स्रोतको उपयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्दछ । सामान्यतया यसलाई वातावरणीय पक्षसँग मात्र जोडेर हेर्ने गरिए पनि वास्तवमा यो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत समग्र आयामलाई समेट्ने बहुआयामिक तथा गतिशील अवधारणा हो ।
  • नेपालमा दिगो विकासको अभ्यास औपचारिक रूपमा आठौं पञ्चवर्षीय योजनादेखि सुरु भएको हो । नेपालको संविधानले विकाससम्बन्धी नीतिमा दिगो विकास कायम गर्ने नीति अवलम्बन गरेको छ ।
  • साथै, हाल संयुक्त राष्ट्रसंघले स्वीकृत दिगो विकास लक्ष्यहरू (SDGs) लाई राष्ट्रिय योजनासँग आन्तरिकीकरण गरिएको छ । यसका कार्यान्वयनमा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सामुदायिक क्षेत्र लगायत सबै विकास साझेदारहरूको संयुक्त प्रयास भइरहेको छ ।
  • राष्ट्रिय योजना आयोगका अनुसार, नेपालमा दिगो विकास लक्ष्यहरू कार्यान्वयन गर्न वार्षिक झन्डै रु. २० खर्ब २५ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ ।

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 134
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 203
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 105
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 69
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 198
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA