Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ सालको श्रावण महिनाको पहिलो सातामा भएका केहि प्रमुख नियुक्तिहरु

  • Ajnabee Khadka
  • August 23, 2026
  • 206

वि.सं. २०८३ सालको श्रावण महिनाको पहिलो सातामा भएका केहि प्रमुख नियुक्तिहरु

Some major appointments made in the first week of the month of Shravan, BS 2083

१.) कोशी प्रदेश सरकार मन्त्रिपरिषद् विस्तार:

  • विस्तार मिति: वि.सं. २०८३ भदौ ०५ गते
  • मुख्यमन्त्री: हिक्मतकुमार कार्की (संवैधानिक व्यवस्था: संविधानको धारा १६८ को उपधारा (९) बमोजिम)
  • सहमति: नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति भई सरकार सञ्चालन
  • शपथ गराउने पदाधिकारी:
    • मन्त्रीहरूलाई: प्रदेश प्रमुख पर्शुराम खापुङ
    • राज्यमन्त्रीलाई: मुख्यमन्त्री हिक्मतकुमार कार्की
  • विशेषता: समावेश गरिएका नयाँ ५ जनामध्ये ३ जना महिला रहेका,

कोशी प्रदेश मन्त्रिपरिषद् (हालको नयाँ कार्यविभाजन)

क्र.सं. नाम, थर पद मन्त्रालय / कार्यविभाजन
१ हिक्मतकुमार कार्की मुख्यमन्त्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२ खिनु लङ्वा (लिम्बू) मन्त्री पर्यटन, वन तथा वातावरण मन्त्रालय
३ जीवन आचार्य मन्त्री भौतिक पूर्वाधार विकास मन्त्रालय
४ तिलचन पाठक मन्त्री खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालय
५ इन्द्रमणि पराजुली मन्त्री स्वास्थ्य मन्त्रालय
६ गोम्बु शेर्पा मन्त्री आन्तरिक मामिला तथा कानून मन्त्रालय
७ विदुर कुमार लिङ्थेप मन्त्री आर्थिक मामिला तथा योजना मन्त्रालय
८ राम प्रसाद महतो मन्त्री उद्योग, कृषि तथा सहकारी मन्त्रालय
९ गीता तिम्सिना मन्त्री सामाजिक विकास मन्त्रालय
१० उमाकान्त गौतम राज्यमन्त्री स्वास्थ्य मन्त्रालय
११ सपना दर्जी राज्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्रालय

२.) भारतीय सेनाप्रमुख जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान:

  • घोषणा: भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठ (General Dhiraj Seth) लाई नेपाली सेनाको मानार्थ महारथी (Honorary General) को दर्ज्यानी चिह्न प्रदान गरिएको,
  • दर्ज्यानी चिह्न प्रदान गरिएको मिति: वि.सं. २०८३ भदौ १ गते (सन् २०२६ अगस्ट १७)
  • प्रदान गर्ने व्यक्तित्व: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल
  • आयोजना स्थल: राष्ट्रपति भवन (शीतल निवास), काठमाडौं
  • ऐतिहासिक पृष्ठभूमि: नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहँदै आएको,
  • परम्पराको सुरुवात (भारतीय तर्फ): सन् १९५० मा भारतीय सेनाका तत्कालीन फिल्ड मार्सल के.एम. करिअप्पा नेपाली सेनाको मानार्थ महारथी (प्रधान सेनापति) प्राप्त गर्ने पहिलो भारतीय सेनाप्रमुख
  • परम्पराको सुरुवात (नेपाली तर्फ): वि.सं. २०२६ (सन् १९६९) मा नेपाली सेनाका तत्कालीन प्रधान सेनापति सुरेन्द्रबहादुर शाह भारतीय सेनाको मानार्थ स्थल सेनाध्यक्षको दर्जा पाउने पहिलो नेपाली सेनाप्रमुख
  • नेपाली सेनाप्रमुखको पछिल्लो सम्मान: नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले सन् २०२४ डिसेम्बर १२ मा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका,

३.) स्वास्थ्य क्षेत्रका प्रमुख नियमनकारी निकायमा नयाँ नियुक्ति (वि.सं. २०८३ भदौ ५ गते):

  • नेपाल मेडिकल काउन्सिल (NMC) को रजिष्ट्रार (Registrar): डा. सुर्पभात श्रेष्ठ
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को सदस्य सचिव (Member Secretary): डा. प्रमोद जोशी
  • आयुर्वेद मेडिकल काउन्सिलरको जिष्ट्रार (Registrar): डा. हरि शरण अर्याल
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) को रजिष्ट्रार (Registrar): रमेश श्रेष्ठ

४.) नागरिक लगानी कोष (Citizen Investment Trust) को कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त:

  • नियुक्त पद: कार्यकारी निर्देशक (Executive Director), नागरिक लगानी कोष (CIT)
  • नियुक्ति मिति: वि.सं. २०८३ भदौ ५ गते (सन् २०२६ अगस्ट २१)
  • कानुनी आधार: नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम
  • विशिष्ट पृष्ठभूमि र कार्यअनुभव:
    • नेपाल राष्ट्र बैंक: पूर्व कार्यकारी निर्देशक (Executive Director)
    • पुनर्नियुक्ति: यसअघि खुल्ला प्रतिस्पर्धाबाट वि.सं. २०८० माघ ३ गते पहिलोपटक कोषको कार्यकारी निर्देशक नियुक्त
    • अन्य नेतृत्व: नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा कार्य गरेको,
  • शैक्षिक योग्यता:
    • ग्रिफिथ विश्वविद्यालय (अस्ट्रेलिया) बाट बैंकिङ र फाइनान्समा स्नातकोत्तर (Master of Banking and Finance)
    • त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन (Management) मा स्नातकोत्तर

५.) बागमती प्रदेशको मुख्यमन्त्री पदमा किरण थापा मगर नियुक्त:

  • नवनियुक्त मुख्यमन्त्री: किरण थापा मगर (नेकपा एमाले)
  • नियुक्ति मिति: वि.सं. २०८३ भदौ ४ गते (सन् २०२८ अगस्ट २०)
  • नियुक्ति गर्ने निकाय: बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा
  • संवैधानिक आधार: नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम (दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा)
  • समर्थन गर्ने दलहरू: नेकपा (एमाले), नेकपा, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी कुल ६३ सांसदको समर्थन
  • मुख्यमन्त्रीको मर्यादाक्रम: बागमती प्रदेश स्थापना भएदेखिको सातौँ मुख्यमन्त्री (तथा दोस्रो प्रदेश सभा कार्यकालको चौथो मुख्यमन्त्री)
  • राजनीतिक पृष्ठभूमि:
    • भक्तपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित
    • यसअघि बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रूपमा दुई पटक कार्य गरिसकेका,
  • निवर्तमान मुख्यमन्त्री: इन्द्रबहादुर बानियाँ (नेपाली कांग्रेस), जसले भदौ १ गते पदबाट राजीनामा दिएका,

६.) सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को विस्तार र पूर्णता:

  • मुख्यमन्त्री: खगराज भट्ट
  • मन्त्रिपरिषद्ले पूर्णता पाएको मिति: वि.सं. २०८३ भदौ ५ गते (सन् २०२८ अगस्ट २१)
  • कुल मन्त्रिपरिषद् सदस्य संख्या: १० सदस्यीय (मुख्यमन्त्री, ६ जना मन्त्री र ३ जना राज्यमन्त्री)
  • गठबन्धन साझेदार दलहरू: नेकपा (एमाले) र नेकपा
  • भदौ ५ गते नियुक्त ५ नयाँ मन्त्री तथा राज्यमन्त्रीहरू (सबै नेकपाबाट):
    १.) ओमविक्रम भाट – भौतिक पूर्वाधार विकास मन्त्री
    २.) प्रकाशबहादुर रावल – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री
    ३.) खुसीराम चौधरी – आन्तरिक मामिला तथा कानुन मन्त्री
    ४.) जानकी कुँवर – भौतिक पूर्वाधार विकास राज्यमन्त्री
    ५.) इन्दिरा गिरी – उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री
  • शपथ ग्रहण गराउने निकाय: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख

७.) नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नर नियुक्त: दीर्घ रावल

  • नवनियुक्त डेपुटी गभर्नरको नाम: दीर्घ रावल
  • नियुक्ति गर्ने निकाय: नेपाल सरकार (मन्त्रिपरिषद्)
  • नियुक्ति मिति: वि.सं. २०८३ भदौ ३ गते (सन् २०२६ अगस्ट १९)
  • अघिल्लो पद/जिम्मेवारी: नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक (प्रमुख)
  • सिफारिस प्रक्रिया: गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्द्वारा नियुक्ति गर्ने कानुनी व्यवस्था
  • नेपाल राष्ट्र बैंकको अन्य बहालवाला डेपुटी गभर्नर: किरण पण्डित (नियुक्ति: वि.सं. २०८२ चैत २४ गते)  — नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार नेपाल राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर रहने व्यवस्था
  • नेपाल राष्ट्र बैंकको वर्तमान गभर्नर: प्रा. डा. विश्वनाथ पौडेल

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 53
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 97
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA