Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाली सामाजिक जीवन

  • Bikash Shrestha
  • November 04, 2025
  • 52

नेपाली सामाजिक जीवन

Social Life of Nepal

क्षेत्रफलका हिसाबले नेपाल विश्वको मध्यम आकारको देश हो, तर विविधताका हिसाबले अत्यन्त समृद्ध र रंगीन राष्ट्र हो । नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट रूपमा देख्न सकिन्छ। त्यसैले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँ क्षत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङ आदि जनजातिहरूका साथै करिब १४२ वटा जातजातिका मानिसहरू बसोबास गर्छन्। उनीहरूले आफ्ना–आफ्नै मातृभाषा बोल्छन् । नेपालमा करिब १० वटा धर्महरूका अनुयायीहरू छन् । हिन्दू धर्म मान्ने मानिसहरूले शिव, गणेश, विष्णु, दुर्गा आदिको पूजा गर्छन् र धेरैले मष्टोलाई आफ्नो कुलदेवता मान्दछन्। बौद्ध धर्मका अनुयायीहरूले भगवान् बुद्धको पूजा गर्छन् । इस्लाम धर्म मान्नेहरूले ईश्वरलाई ‘अल्लाह’ भन्दछन्। इसाई धर्म मान्नेहरू चर्चमा गएर येशू ख्रीष्टको प्रार्थना गर्दछन्। किराँत धर्मका अनुयायीहरूले पारुहाङ र सुम्निमालाई (सुङनिमा) पुज्दछन् । नेपाल सांस्कृतिक रूपमा अत्यन्त धनी देश हो। यहाँका बहुभाषी, बहुजातीय र बहुधार्मिक समुदायका मानिसहरूले आफ्ना भेषभूषा, परम्परा र संस्कृतिलाई जोगाइरहेका छन् । व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बनेको हुन्छ । समाजमा विभिन्न धर्म, पेशा, जातजाति, भाषा, भेषभूषा, खानपान, रहनसहन, चाडपर्व र उत्सवहरू भएका मानिसहरू बसोबास गर्छन् । यसैले समाजमा राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक, कलात्मक तथा मनोरञ्जनसम्बन्धी विभिन्न गतिविधिहरू भइरहेका हुन्छन् । यी सबै तत्वहरूले राष्ट्रको पहिचान र गौरव निर्माण गर्छन् ।

Categories

  • Current Affairs 439
  • Gorkhapatra 255
  • Others 745
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Public Service Delivery: Topical Q&A (19 Kartik 2082, Wednesday)
Gorkhapatra

सार्वजनिक सेवा प्रवाह : विषयगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Nov 05, 2025
  • 13
Public Service Preparation Special: Objective Question and Answer (19 Kartik 2082, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Nov 05, 2025
  • 14
Himalayan region
Others

हिमाली प्रदेश

  • Nov 05, 2025
  • 38
Economic growth rate of seven provinces
Current Affairs

सात प्रदेशको आर्थिक वृद्धिदर

  • Nov 05, 2025
  • 53
Social Life of Nepal
Others

नेपाली सामाजिक जीवन

  • Nov 04, 2025
  • 51
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA