Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सिख धर्म

  • Ajnabee Khadka
  • March 22, 2026
  • 517

सिख धर्म

Sikhism
  • सिख धर्म एक मात्र निराकार ईश्वरमा विश्वास गर्ने एकेश्वरवादी धर्म हो। 
  • सिख धर्म प्रमुख विश्व धर्महरूमध्ये तुलनात्मक रूपमा नयाँ (५०० वर्षभन्दा केही पुरानो) धर्म,
  • सिख धर्म विश्वको पाँचौं ठूलो धर्म,
  • यसका अनुयायीहरूलाई "सिख" भनिन्छ, जसको अर्थ "सिक्ने व्यक्ति" वा "सत्यको खोजी गर्ने"
  • सिख धर्मको स्थापना: गुरु नानक देव जी (१४६९-१५३८ ई.सं.) द्वारा भारतको पन्जाब क्षेत्रमा,
  • सिख धर्मको सिखहरूको अन्तिम आध्यात्मिक अधिकार र जीवित गुरु: गुरु ग्रन्थ साहिब

सिख धर्मका गुरुहरू:

क्रम
गुरुको नाम
जीवनकाल / गुरुत्व अवधि
मुख्य योगदान / विशेषता
१
गुरु नानक देव जी
१४६९–१५३९ ई.सं.
सिख धर्मका संस्थापक; 'ईश्वर एक हुनुहुन्छ र सबै समान छन्' भन्ने सन्देश दिएका,
२
गुरु अंगद देव जी
१५०४–१५५२ ई.सं.
गुरुमुखी लिपिको विकास र मानकीकरण गर्नुभएको,
३
गुरु अमर दास जी
१४७९–१५७४ ई.सं.
'लंगर' प्रथालाई व्यवस्थित गर्नुभएको, र जातप्रथा विरुद्ध लड्नुभएको,
४
गुरु राम दास जी
१५३४–१५८१ ई.सं.
अमृतसर (रामदासपुर) सहर र पवित्र सरोवरको जग बसाल्नुभएको,
५
गुरु अर्जुन देव जी
१५६३–१६०६ ई.सं.
'आदि ग्रन्थ' को संकलन र अमृतसरमा 'हरिमन्दिर साहिब' (स्वर्ण मन्दिर) को निर्माण गर्नुभएको,
६
गुरु हरगोविन्द जी
१५९५–१६४४ ई.सं.
सिखहरूलाई सैन्य कला सिकाउनुभयो र 'अकाल तख्त' को स्थापना गर्नुभएको,
७
गुरु हर राय जी
१६३०–१६६१ ई.सं.
शान्तिपूर्ण धर्म प्रचारमा जोड र बिरामीहरूको सेवाका लागि औषधालय सञ्चालन गर्नुभएको,
८
गुरु हर कृष्ण जी
१६५६–१६६४ ई.सं.
सबैभन्दा कम उमेरका गुरु; सानै उमेरमा उच्च आध्यात्मिक ज्ञान प्रदर्शन गर्नुभएको,
९
गुरु तेग बहादुर जी
१६२१–१६७५ ई.सं.
धर्म र मानवताको रक्षाका लागि दिल्लीमा बलिदान दिनुभएको,
१०
गुरु गोविन्द सिंह जी
१६६६–१७०८ ई.सं.
'खालसा' पन्थको स्थापना र गुरुत्वको परम्परा पवित्र ग्रन्थलाई हस्तान्तरण गर्नुभएको,
११
गुरु ग्रन्थ साहिब
१७०८ देखि अनन्त सम्म
सिखहरूको अन्तिम र जीवित गुरु; यसमा गुरुहरू र अन्य सन्तहरूको पवित्र वाणी समावेश,
  • यस धर्ममा ईश्वरलाई "सत्य नाम (Sat Nam)" वा "वाहिगुरु" भनेर पुकारिन्छ,
  • सिख धर्मले जात, धर्म, लिङ्ग वा राष्ट्रियताको आधारमा भेदभाव नगरी सबै मानिसहरूको पूर्ण समानता र सामाजिक न्यायको वकालत गर्दछ; सिख धर्ममा महिला र पुरुषलाई पूर्ण रूपमा समान मानिन्छ,
  • यस धर्मले कर्म र पुनर्जन्मको अवधारणालाई स्वीकार गर्दछ,
  • सिख धर्मको अन्युयायीहरुको पूजा स्थल: गुरुद्वारा
  • सिख जीवनशैलीका तीन नियमहरू:
    १. नाम जप्नु (Nam Japna):
    हरेक श्वासमा ईश्वरको नाम स्मरण गर्नु र ध्यान गर्नु,
    २. कीरत कर्नु (Kirat Karni):
    इमानदारीपूर्वक कडा परिश्रम गरेर जीविकोपार्जन गर्नु र पारिवारिक जीवन बिताउनु,
    ३. वण्ड छक्नु (Vand Ke Chakna):
    आफ्नो आम्दानी र स्रोतहरू खाँचोमा परेकाहरूसँग बाँड्नु र समुदायलाई सहयोग गर्नु,
  • खालसा: सिख धर्ममा 'खालसा' (Khalsa) शब्दको अर्थ 'शुद्ध जन' (The Pure Ones) हो। यसको स्थापना १० औं गुरु, गुरु गोविन्द सिंह जी ले १६९९ ई.सं. को वैशाखीको दिन आनन्दपुर साहिबमा गर्नुभएको थियो। प्रत्येक खालसा सिखले आफ्नो धार्मिक पहिचान र अनुशासनको रूपमा पाँचवटा वस्तुहरू अनिवार्य रूपमा धारण गर्नुपर्छ:
    १. केश (Kesh):
    जन्मदेखि मृत्युसम्म कपाल नकाट्नु, जसले आध्यात्मिकता झल्काउँछ,
    २. कङ्घा (Kangha):
    कपाल सफा राख्न प्रयोग गरिने काठको काइँयो, जसले मानसिक अनुशासनलाई जनाउँछ,
    ३. कडा (Kara):
    फलाम वा स्टिलको बाला, जसले ईश्वरप्रतिको समर्पण र आत्म-नियन्त्रणको प्रतीक मानिन्छ,
    ४. कच्छ (Kacch):
    विशेष प्रकारको कट्टु, जसले नैतिक पवित्रता र चपलता झल्काउँछ,
    ५. कृपाण (Kirpan):
    सानो तरबार, जसले अन्याय र उत्पीडन विरुद्ध लड्ने तत्परतालाई जनाउँछ,
  • खालसामा दीक्षित सिख पुरुषहरूले आफ्नो नामको पछाडि "सिंह (बाघ)" र महिलाहरूले "कौर (राजकुमारी)" थप्दछन्,
  • गुरुद्वारामा सबै (सबै जातजाति र धर्मका मानिसहरू) का लागि नि:शुल्क शाकाहारी भोजनको व्यवस्था: लंगर 
  • सिखहरूले रक्सी, सुर्ती र अन्य लागू पदार्थको सेवन गर्दैनन्,
  • उनीहरू आफ्नो आम्दानीको दस प्रतिशत (दसवन्ध) दान र परोपकारी कार्यमा खर्च गर्छन्,
  • विश्वको सबैभन्दा धेरै सिख धर्म्वालाम्बी भएको राष्ट्र: भारत (मुख्यत: उत्तर-पश्चिममा रहेको पन्जाब क्षेत्रमा)
  • राष्ट्रिय जनगणना, २०७८ मा नेपालमा सिख अनुयायीहरूको जनसंख्या: १४९६

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 53
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 76
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 52
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 134
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 123
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA