Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दोस्रो संविधानसभा निर्वाचन, २०७०

  • Ajnabee Khadka
  • March 22, 2026
  • 400

दोस्रो संविधानसभा निर्वाचन, २०७०

Second Constituent Assembly Election, 2070

दोस्रो संविधानसभा निर्वाचनको पृष्ठभूमि:

  • प्रथम संविधान सभाको विघटनको मिति: वि.सं.२०६९ साल जेठ १४ गते (झन्डै चार वर्ष (२०६४-२०६९) सम्म प्रयास गर्दा पनि प्रथम संविधानसभाले नेपाली जनतालाई संविधान दिन सकेन र अन्त्यमा यो असफल भएर विघटन भएको,)
  • त्यसपछि राजनीतिक दलहरूको सहमतिमा बहालवाला प्रधानन्यायाधीश (खिलराज रेग्मी) को नेतृत्वमा चुनावी सरकार गठन गरिएको र २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको, 
  • यो निर्वाचन सफलतापूर्वक सम्पन्न भई जननिर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन गर्ने जनमतलाई पुनः स्थापित गरेको,
  • यस निर्वाचनको सबैभन्दा ठुलो सफलता भनेकै यसले गठन गरेको संविधानसभाले वि.सं.२०७२ साल असोज ३ गते (२० सेप्टेम्बर २०१५) "नेपालको संविधान" जारी गरेको,

निर्वाचनको सामान्य जानकारी:

  • मतदानको मिति: वि.सं.२०७० साल मंसिर ४ गते
  • कुल सदस्य सङ्ख्या: ६०१
    • प्रत्यक्ष तर्फ (First-past-the-post (FPTP)): २४० सदस्य
    • समानुपातिक तर्फ (Proportional Representation (PR): ३३५ सदस्य
    • मन्त्रिपरिषद्बाट मनोनीत: २६ सदस्य
  • निर्वाचन प्रणाली: मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक)
मतदाता र सहभागिता तथ्याङ्क
  • कुल मतदाता सङ्ख्या: १,२१,४७,८६५
  • मतदान प्रतिशत: प्रत्यक्षतर्फ ७८.३४% र समानुपातिकतर्फ ७९.८२% मतदान भएको,
  • लैङ्गिक विवरण: कुल मतदातामा महिलाको सङ्ख्या करिब ५९ लाख ८१ हजार र पुरुषको सङ्ख्या ६१ लाख ६६ हजार रहेको,
निर्वाचन व्यवस्थापन र नेतृत्व:
  • निर्वाचन आयोगको नेतृत्व: नीलकण्ठ उप्रेती (प्रमुख निर्वाचन आयुक्त)
  • अन्य आयुक्तहरू: दोलख बहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव, डा. रामभक्त पी.बी. ठाकुर र इला शर्मा
  • कर्मचारी परिचालन: मतदान कार्यका लागि २ लाख १७ हजार ४५६ कर्मचारी र स्वयंसेवकहरू परिचालन गरिएको,
राजनीतिक दल र उम्मेदवारहरू:
  • सहभागी दल: निर्वाचनमा कुल १२२ वटा राजनीतिक दल सहभागी भएका,
  • समानुपातिक उम्मेदवार: समानुपातिकतर्फ १०,७०९ जना उम्मेदवारहरूको अन्तिम बन्दसूची कायम गरिएको,

निर्वाचन परिणाम: राजनीतिक दलहरूको विस्तृत तालिका:

  • यस निर्वाचनमा प्रत्यक्ष (FPTP) तर्फ १० वटा दल र २ स्वतन्त्र उम्मेदवार विजयी भएका थिए भने समानुपातिक (PR) तर्फ ३० वटा दलले सिट प्राप्त गरेका,
क्र.सं.
राजनीतिक दलको नाम
प्रत्यक्ष (FPTP) सिट
समानुपातिक (PR) सिट
जम्मा निर्वाचित सिट
१
नेपाली कांग्रेस
१०५
९१
१९६
२
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
९१
८४
१७५
३
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
२६
५४
८०
४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
०
२४
२४
५
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
४
१०
१४
६
राष्ट्रिय प्रजातन्त्र पार्टी
३
१०
१३
७
तराई-मधेस लोकतान्त्रिक पार्टी
४
७
११
८
मधेसी जनअधिकार फोरम, नेपाल
२
८
१०
९
सद्भावना पार्टी
१
६
७
१०
नेपाल कम्युनिस्ट पार्टी (माले)
०
५
५
११
संघीय समाजवादी पार्टी, नेपाल
०
५
५
१२
नेपाल मजदुर किसान पार्टी
१
३
४
१३
राष्ट्रिय जनमोर्चा
०
३
३
१४
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
०
३
३
१५
तराई मधेस सद्भावना पार्टी नेपाल
१
२
३
१६
राष्ट्रिय जनमुक्ति पार्टी
०
२
२
१७
नेपाल परिवार दल
०
२
२
१८
थरुहट तराई पार्टी नेपाल
०
२
२
१९
अन्य साना दलहरू (१२ वटा दल - १/१ सिट)
०
१२
१२
२०
स्वतन्त्र
२
-
२
 
जम्मा निर्वाचित सिट
२४०
३३५
५७५

द्रष्टव्य: बाँकी २६ सदस्यहरू राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत हुने व्यवस्था,

  • नेपाली कांग्रेस प्रत्यक्षतर्फ १०५ र समानुपातिकतर्फ ९१ गरी कुल १९६ निर्वाचित सिटसहित सबैभन्दा ठुलो दल बनेको,
  • मतदाता तथ्याङ्क: कुल मतदाता सङ्ख्या १,२१,४७,८६५ रहेको (मतदानमा प्रत्यक्षतर्फ ७८.३४% र समानुपातिकतर्फ ७९.८२% सहभागिता रहेको,)
समावेशिता र महिला प्रतिनिधित्व:
  • महिला प्रतिनिधित्व: समानुपातिक सूचीमा ५०% महिला उम्मेदवार हुनुपर्ने अनिवार्य व्यवस्था,
  • समानुपातिक कोटा: समानुपातिक प्रणालीमा मधेसी (३१.२%), दलित (१३%), जनजाति (३७.८%), पिछडिएको क्षेत्र (४%) र अन्य (३०.२%) को प्रतिनिधित्व सुनिश्चित गरिएको,
  • प्रत्यक्षतर्फ महिला: प्रत्यक्ष निर्वाचन प्रणालीबाट १० जना महिला निर्वाचित भएका,
विशेष विशेषताहरू:
  • यस निर्वाचनमा पहिलो पटक फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य गरिएको,
  • यस निर्वाचनका क्रममा भएका उपनिर्वाचनहरूमा काठमाडौँ-२, चितवन-४, बर्दिया-१ र कैलाली-६ मा विद्युतीय मतदान उपकरण प्रयोग गरिएको,
  • अन्तर्राष्ट्रिय पर्यवेक्षण: कार्टर सेन्टर, युरोपियन युनियन, एशियन नेटवर्क फर फ्री इलेक्सन (ANFREL) लगायतका संस्थाले निर्वाचनको पर्यवेक्षण गरेका,
निर्वाचन खर्च
  • निर्वाचनका लागि NCAE र ONCAE दुईवटा आयोजनामार्फत बजेट व्यवस्थापन गरिएको,
  • निर्वाचन आयोग र मातहतका कार्यालयहरूबाट भएको कुल खर्च करिब ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँ रहेको,
  • यस निर्वाचनमा भारत सरकारले ८८ वटा सवारी साधन र चीन सरकारले विभिन्न १६ प्रकारका चुनावी सामग्री सहयोग गरेका,

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 91
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 78
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 93
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA