Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गणतन्त्र दिवस, २०८३

  • Ajnabee Khadka
  • May 29, 2026
  • 399

गणतन्त्र दिवस, २०८३

Republic Day, 2083
  • वि.सं. २०८३ को गणतन्त्र दिवस १९औँ गणतन्त्र दिवस,
  • हरेक साल जेठ १५ मा मनाइने गरिन्छ,
  • दिवसको ऐतिहासिक सन्दर्भ: वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको जगमा निर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको,
  • संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासंगै नेपालमा २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको औपचारिक र विधिवत् अन्त्य भएको,
  • नेपालले निरपेक्ष हिन्दू राजतन्त्रबाट धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रमा सफलतापूर्वक संक्रमण गर्ने विश्वको पहिलो र एकमात्र राष्ट्र,
  • विश्वको सबैभन्दा कान्छो संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र: नेपाल

नेपालमा वि.सं. २०६५ जेठ १५ गते "संघीय लोकतान्त्रिक गणतन्त्र" घोषणा भएदेखि २०७२ असोज ३ गते नयाँ संविधान जारी हुनुसम्मका मुख्य क्रमिक घटनाहरूको विस्तृत तालिका:

मिति (वि.सं.)
मुख्य घटना/विवरण
२०६५ जेठ १५
संविधान सभाको पहिलो बैठकले नेपाललाई 'संघीय लोकतान्त्रिक गणतन्त्र' घोषणा गरी २४० वर्ष लामो राजतन्त्रको विधिवत् अन्त्य गरेको,
२०६५ जेठ १५ (राति)
राष्ट्रपति र उपराष्ट्रपतिको संवैधानिक व्यवस्था गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा चौथो संशोधन गरिएको,
२०६५ साउन ४
परमानन्द झा नेपालको पहिलो उपराष्ट्रपतिको रूपमा निर्वाचित र घोषित,
२०६५ साउन ६
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपतिको रूपमा निर्वाचित,
२०६५ साउन ९
सुवासचन्द्र नेम्वाङ संविधान सभाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित,
२०६५ कात्तिक २९
संविधान सभाले आफ्नो कार्य सञ्चालनका लागि 'संविधान सभा नियमावली, २०६५' पारित गरेको,
२०६५ मंसिर १३
पूर्णकुमारी सुवेदी संविधान सभाको उपाध्यक्ष पदमा निर्वाचित,
२०६६ भदौ १२
संवैधानिक समितिको सभापतिमा नीलम्वर आचार्य चयन,
२०६९ जेठ १४
पटक-पटक म्याद थप गर्दा पनि संविधान जारी हुन नसकी पहिलो संविधान सभाको कार्यकाल समाप्त,
२०७० मंसिर ४
संविधान निर्माणको बाँकी कार्य पुरा गर्न दोस्रो संविधान सभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो।,
२०७० माघ ७
दोस्रो संविधान सभाका सदस्यहरूले सामूहिक रूपमा पद तथा गोपनीयताको शपथ लिए।,
२०७२ जेठ २५
प्रमुख दलहरूबीच संविधानका मुख्य विवादित विषयहरू सुल्झाउन ऐतिहासिक १६ बुँदे राजनीतिक सहमति,
२०७२ असार १५
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले 'नेपालको संविधानको पहिलो मस्यौदा' सभामा पेस,
२०७२ भदौ ४
१६ बुँदे सहमति र जनताको सुझाव समेटेर 'नेपालको संविधानको परिमार्जित विधेयक' सभामा प्रस्तुत,
२०७२ भदौ ३०
परिमार्जित विधेयकमाथिको मतदान प्रक्रिया सकिएपछि ५३२ सदस्यमध्ये ५०७ जना (दुई-तिहाइभन्दा बढी) को समर्थनमा संविधान पारित भयो।,
२०७२ असोज ३
राष्ट्रपति डा. रामवरण यादवले 'नेपालको संविधान' मा हस्ताक्षर गरी घोषणा गरेसँगै नयाँ संविधान ऐतिहासिक रूपमा जारी,

 

Categories

  • Current Affairs 770
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 37
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 58
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 86
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 93
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA