Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

१६ औँ आवधिक योजनासँग सम्बन्धित प्रश्नहरु

  • Ajnabee Khadka
  • January 23, 2026
  • 962

१६ औँ आवधिक योजनासँग सम्बन्धित प्रश्नहरु

Questions related to the 16th Periodic Plan

१. नेपालको सोह्रौँ आवधिक योजना कहिले पारित/स्वीकृत भएको हो? वि.सं. २०८१ जेठ १ गते

२. नेपालको सोह्रौँ आवधिक योजना कहिले पारित/स्वीकृत भएको हो? प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले

३. नेपालको सोह्रौँ आवधिक योजना कति वर्षिय योजना हो? पञ्चवर्षिय

४. नेपालको सोह्रौँ आवधिक योजनाको अवधि कति रहेको छ? ५ वर्ष (२०८१/०८२ - २०८५/०८६)

५. नेपालको सोह्रौँ आवधिक योजनाको सोच/नारा के रहेको छ? "सुशासन, सामाजिक न्याय र समृद्धि"

६. नेपालको सोह्रौँ आवधिक योजनाको अवधारणापत्र कहिले पारित भएको हो? वि.सं. २०८० साउन १७ गते

७. नेपालको सोह्रौँ आवधिक योजनाको अवधारणापत्र कसले पारित गरेको हो? राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले

८. नेपालको सोह्रौँ आवधिक योजनाको जम्मा कति वटा लक्ष्य रहेका छन्? ४० वटा

९. नेपालको सोह्रौँ आवधिक योजनामा सुशासनका कति वटा लक्ष्य रहेका छन्? १० वटा

१०. नेपालको सोह्रौँ आवधिक योजनामा सामाजिक न्यायका कति वटा लक्ष्य रहेका छन्? १० वटा

११. नेपालको सोह्रौँ आवधिक योजनामा समृद्धिका कति वटा लक्ष्य रहेका छन्? २० वटा

१२. नेपालको सोह्रौँ आवधिक योजनाको समष्टिगत रणनीति कति वटा रहेको छ? ४ वटा

१३. नेपालको सोह्रौँ आवधिक योजनाको संरचनात्मक रूपान्तरणकारी प्रमुख क्षेत्र कति वटा रहेका छन्? १२ वटा

१४. नेपालको सोह्रौँ आवधिक योजना जारी हुँदा राष्ट्रिय योजना आयोगका अध्यक्ष को रहेका थिए? पुष्पकमल दाहाल 'प्रचण्ड'

१५. नेपालको सोह्रौँ आवधिक योजना जारी हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष को रहेका थिए? मीन बहादुर श्रेष्ठ

१६. नेपालको सोह्रौँ आवधिक योजनाले मुख्य प्राथमिकतामा राखेको विषय कुन हो? Digital Database & E-Governance

१७. नेपालको सोह्रौँ आवधिक योजनाको कुल अनुमानित लागत/लगानी कति रहेको छ? रु. १११ खर्ब ८४ अर्ब २३ करोड

१८. नेपालको सोह्रौँ आवधिक योजनाले सार्वजनिक क्षेत्रबाट अनुमानित लगानी लक्ष्य कति राखेको छ? ३३ खर्ब ७७ अर्ब

१९. नेपालको सोह्रौँ आवधिक योजनाले निजी क्षेत्रबाट अनुमानित लगानी लक्ष्य कति राखेको छ? ७५ खर्ब १५ अर्ब

२०. नेपालको सोह्रौँ आवधिक योजनाले सहकारी क्षेत्रबाट अनुमानित लगानी लक्ष्य कति राखेको छ? २ खर्ब ९० अर्ब

२१. नेपालको सोह्रौँ आवधिक योजनाको नारा/सोच के रहेको छ? "सुशासन, सामाजिक न्याय र समृद्धि"

विशेष व्याख्या: दीर्घकालिन सोच २१०० ले तय गरेका समृद्धि र सुखका मुलभूत तत्वहरूलाई आत्मसात गर्दै सोह्रौँ योजनाले "सुशासन, सामाजिक न्याय र समृद्धि" को सोच राखेको छ। सुशासन मार्फत नै सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिन्छ। सामाजिक न्याय सहितको समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित भएको हुन्छ। सामाजिक न्याय स्थापित गर्दै हासिल भएको समृद्धि दिगो, समावेशी, समुन्नत एवम् अनुभूतियोग्य हुनेछ।

२२. नेपालको सोह्रौँ आवधिक योजनाको उद्देश्य:

  • (क) राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु,

  • (ख) स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु,

  • (ग) मानविय जिवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु।

२३. नेपालको सोह्रौँ आवधिक योजनाको रणनीति:

  • (क) योजना कार्यान्वयन सम्बन्धमा संघ, प्रदेश र स्थानीय तह गरी सबै तह र सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्र एवम् विकास साझेदार गरी सबै पक्षमा सरोकारवाला बीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउने।

  • (ख) अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित नीति निर्माण एवम् विकासका कार्यक्रम कार्यान्वयन गर्ने।

  • (ग) विकासका सबै आयाममा लैंगिक मूलप्रवाहीकरण, दिगो विकास तथा वातावरण संरक्षण र विपद जोखिम न्यूनीकरणलाई आन्तरिकीकरण गर्ने।

सुशासनका राष्ट्रिय लक्ष्य:

क्र. सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को लक्ष्य
१. विधिको शासन सूचकाङ्क सूचकाङ्क ०.५२ ०.८०
२. विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्क सूचकाङ्क ५२ ६५
३. भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क सूचकाङ्क ३५ ४३
४. विद्युतीय सरकार विकास सूचकाङ्क सूचकाङ्क ०.५१२ ०.६००
५. निर्वाचनमा मतदाताको सहभागिता प्रतिशत ६२ ८५
६. अदालतमा दर्ता भएका मुद्दाको फछ्र्यौट प्रतिशत ६४ ७५
७. कुल विनियोजनमा खर्चको अनुपात प्रतिशत ८० ९०
८. बेरुजू (कुल गार्हस्थ्य उत्पादनको अनुपातमा) प्रतिशत १०.९ ५.०
९. राष्ट्रिय परिचय-पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिक प्रतिशत ६३.४ ९०
१०. पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता प्रतिशत ७४ १००

२४. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा अदालतमा दर्ता भएका मुद्दाको फछ्र्यौट अनुपात कति रहेको छ? ६४.०८

२५. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा अदालतमा दर्ता भएका मुद्दाको फछ्र्यौट अनुपात कति पुर्याउने लक्ष्य रहेको छ? ७५

२७. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ? १००%

२८. नेपालको सोह्रौँ आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा राष्ट्रिय परिचय-पत्र प्राप्त गरेका नेपाली नागरिक कति प्रतिशत रहेको छ? ६३.४%

२९. नेपालको सोह्रौँ आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा राष्ट्रिय परिचय-पत्र प्राप्त गरेका नेपाली नागरिक कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ? ९०%

सामाजिक न्यायका राष्ट्रिय लक्ष्य:

क्र. सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को लक्ष्य
१. असमानता समायोजित मानव विकास सूचकाङ्क सूचकाङ्क ०.४२४ ०.६००
२. उपभोगमा आधारित गिनी गुणक गुणक ०.३०० ०.२८०
३. सम्पत्तिमा आधारित गिनी गुणक गुणक ०.२४ ०.२२
४. उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवार प्रतिशत १.३ १.०
५. आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या प्रतिशत ३२ ६०
६. लैङ्गिक विकास सूचकाङ्क सूचकाङ्क ०.८८५ ०.९६७
७. लैङ्गिक असमानता सूचकाङ्क सूचकाङ्क ०.४९५ ०.२२५
८. रोजगारीमा महिला र पुरुषको सहभागिता अनुपात १:१.७ १:१.२
९. बाध्यकारी श्रमको दर (१५ वर्ष वा सोभन्दा माथि) प्रतिहजार १.२ ०
१०. महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दर्ता गरेका परिवार प्रतिशत २३.८ ३५.०

३०. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा असमानता समायोजित मानव विकास सूचकाङ्क कति रहेको छ? ०.४२४

३१. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा असमानता समायोजित मानव विकास सूचकाङ्क कति पुर्याउने लक्ष्य रहेको छ? ०.६००

३२. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा लैङ्गिक विकास सूचकाङ्क कति रहेको छ? ०.८८५

३३. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा लैङ्गिक विकास सूचकाङ्क कति पुर्याउने लक्ष्य रहेको छ? ०.९६७

३४. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा लैङ्गिक असमानता सूचकाङ्क कति रहेको छ? ०.४९५

३५. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा लैङ्गिक असमानता सूचकाङ्क कति पुर्याउने लक्ष्य रहेको छ? ०.२२५

समृद्धिका राष्ट्रिय लक्ष्य:

क्र. सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को लक्ष्य
१. आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) प्रतिशत ३.५ ७.३
२. प्रतिव्यक्ति आय अमेरिकी डलर १४५६ २३५१
३. गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) प्रतिशत २०.३ १२.०
४. उपभोक्ता मुद्रास्फीति प्रतिशत ७.७ ५.०
५. मानव विकास सूचकाङ्क सूचकाङ्क ०.६०१ ०.६५०
६. मानव सम्पत्ति सूचकाङ्क सूचकाङ्क ७६.३ ७८.०
७. आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क सूचकाङ्क २९.७ २४.०
८. साक्षरता दर (५ वर्ष माथि) प्रतिशत ७६.२ ८५.०
९. अपेक्षित आयु (जन्म हुँदाको) वर्ष ७१.३ ७३.०
१०. ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार प्रतिशत ७७ ९०
११. उच्च मध्यमस्तरको खानेपानीमा पहुँच भएको घरपरिवार प्रतिशत २५.८ ४५
१२. बेरोजगारी दर प्रतिशत ११.४ ५.०
१३. श्रम उत्पादकत्व रु. हजारमा २४५ २७५
१४. कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली) मे.ट. प्रति हेक्टर ३.३ ३.७
१५. बैङ्क तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार प्रतिशत ६३ ८५
१६. सडक घनत्व कि.मि. प्रति व.कि.मि. ०.६३ ०.७७
१७. विद्युत उत्पादन (जलविद्युत तथा वैकल्पिक ऊर्जा जडित क्षमता) मेगावाट २,९६२ ११,७६९
१८. प्रतिव्यक्ति विद्युत उपभोग किलोवाट घण्टा ३८० ७००
१९. विद्युतमा पहुँच पुगेको जनसङ्ख्या प्रतिशत ९६.७ १००
२०. इन्टरनेटमा पहुँच पुगेको जनसङ्ख्या प्रतिशत ६९.२ ९०.०

३६. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा आर्थिक वृद्धिदर कति प्रतिशत रहेको थियो? २.२%

३७. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा आर्थिक वृद्धिदर कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ? ७.३%

३८. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा प्रतिव्यक्ति आय कति रहेको थियो? १४१० अमेरिकी डलर

३९. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा प्रतिव्यक्ति आय कति पुर्याउने लक्ष्य रहेको छ? २४१३ अमेरिकी डलर

४०. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा गरीबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत रहेको थियो? २०.३%

४१. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा गरीबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ? १२%

४२. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा मानव विकास सूचकाङ्क कति रहेको थियो? ०.६०१

४३. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा मानव विकास सूचकाङ्क कति पुर्याउने लक्ष्य रहेको छ? ०.६५०

४४. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा अपेक्षित आयु कति रहेको थियो? ७०.५ वर्ष

४५. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा अपेक्षित आयु कति पुर्याउने लक्ष्य रहेको छ? ७३ वर्ष

४६. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा बेरोजगारी दर कति रहेको थियो? ११.४%

४७. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा बेरोजगारी दर कति पुर्याउने लक्ष्य रहेको छ? ५%

४८. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा प्रतिव्यक्ति विद्युत उपभोग कति रहेको थियो? ३८० किलोवाट घण्टा

४९. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा प्रतिव्यक्ति विद्युत उपभोग कति पुर्याउने लक्ष्य रहेको छ? ७०० किलोवाट घण्टा

५०. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा विद्युतमा पहुँच पुगेको जनसङ्ख्या कति रहेको थियो? ९६.७%

५१. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा विद्युतमा पहुँच पुगेको जनसङ्ख्या कति पुर्याउने लक्ष्य रहेको छ? १००%

५२. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा इन्टरनेटमा पहुँच पुगेको जनसङ्ख्या कति रहेको थियो? ६९.२%

५३. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा इन्टरनेटमा पहुँच पुगेको जनसङ्ख्या कति पुर्याउने लक्ष्य रहेको छ? ९०%

५४. नेपालको सोह्रौं आवधिक योजना अनुसार आ.व. २०७९/०८० मा कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली) कति रहेको थियो? ३.३ मे.ट. प्रति हेक्टर

५५. नेपालको सोह्रौं आवधिक योजना अनुसार योजनाको अन्त्य सम्ममा कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली) कति पुर्याउने लक्ष्य रहेको छ? ३.७ मे.ट. प्रति हेक्टर

५६. नेपालको सोह्रौं आवधिक योजनाले नेपाललाई कहिले सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशिल देशमा स्तरोन्नती गर्ने लक्ष्य राखेको छ? वि.सं. २०८३

५७. नेपालको सोह्रौं आवधिक योजनाले नेपाललाई कहिले सम्ममा दिगो विकासका लक्ष्यहरु हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुर्याउने लक्ष्य तय गरेको छ? वि.सं. २०८७

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1083
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 89
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 82
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 158
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 22
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 209
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA