लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२४ भदौ २०८३, बुधबार)
१. वर्ष २०८२ को मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार को हुनुहुन्छ ?
➤ वीणा जोशी (राजभण्डारी), कृति : ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’
- पुरस्कार राशि : रु. चार लाख
- पुरस्कार स्थापना : वि.सं. २०१२
- पहिलो पटक प्रटक प्रदान : वि.सं. २०१३;
- सत्यमोहन जोशी (कृति : हाम्रो लोकसंस्कृति, गद्य विधा)
- चित्तरञ्जन नेपाली (कृति : जनरल भीमसेन थापा र तत्कालीन नेपाल, सामाजिक शास्त्र विधा)
- बलराम जोशी (कृति : अधिकविभव स्थिरविद्युत् उत्पादक, विज्ञान विधा)
- यसै गरी वर्ष २०८२ को जगदम्बाश्री पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिएको ।
- पुरस्कार राशि : रु. चार लाख
- रानी जगदम्बाको स्मृतिमा २०४५ सालमा जगदम्बाश्री पुरस्कार स्थापना गरिएको ।
- यो पुरस्कार पहिलो पटक स्वरसम्राट् नारायण गोपाल गुरुवाचार्यलाई प्रदान गरिएको ।

२. मिस वर्ल्ड २०२६ को उपाधि विजेता प्रतिभा को हुन् ?
➤ जोहेरी मोला (डोमिनिकन रिपब्लिक), डोमिनिकन रिपब्लिकका लागि यो दोस्रो मिस वल्र्ड उपाधि हो, यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले पहिलो उपाधि जितेकी थिइन् ।
- प्रथम उपविजेता : एलिसाबेथ रेनेस अलाबर्न (स्पेन)
- द्वितीय उपविजेता (ब्युटी अफ पर्पोजसहित) : तानुसिया चेट्टी (मलेसिया)
- संस्करण : ७३ औँ
- आयोजना : न्हा त्राङ, भियतनाम
- फाइनल : सन् २०२६ सेप्टेम्बर ५
- सहभागी राष्ट्र : १११
- नेपालबाट सहभागी : लुना लुइटेल
- गत विजेता ओपाल सुचाता चुआङ्श्रीले जोहेरी मोलालाई ताज पहिर्याएकी ।
- ७४ औँ मिस वर्ल्ड प्रतियोगिता सन् २०२७ मा तान्जानियामा आयोजना हुने ।
- मिस वर्ल्ड प्रतियोगिताको सुरुवात : सन् १९५१
- प्रधान कार्यालय : लन्डन, बेलायत
- पछिल्लो तीन संस्करणका मिस वल्र्ड विजेताहरू :
- मिस वर्ल्ड, २०२६ : जोहेरी मोला (डोमिनिकन रिपब्लिक)
- मिस वर्ल्ड, २०२५ :ओपल सुचाता चुआङ्श्री (थाइल्यान्ड)
- मिस वर्ल्ड, २०२४: क्रिस्टिना पिज्कोवा (चेक रिपब्लिक)

३. एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड - २०८२ मा वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल खेलाडी को को हुन् ?
➤ पुरुषतर्फ : चन्द्रबहादुर थापा (बक्सिङ),
महिलातर्फ : एरिका गुरुङ (कराँते), उनी यो अवार्ड लगातार तीन संस्करण जित्दै ह्याट्रिक गर्ने खेलाडी बनेकी ।

४. ‘जेनजी सहिद दिवस’ कहिले मनाउने निर्णय गरिएको हो ?
➤ हरेक वर्षको भदौ २३
- वि.सं. २०८२ मङ्सिर १५ को मन्त्रीपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने घोषणा गरेको ।
- सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भई राज्य सञ्चालनको शैली, भ्रष्टाचार, नातावाद, बेरोजगारी र असमानताविरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा यो दिवस घोषणा गरिएको ।

५. नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ?
➤ भदौ २२
- तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले वि.सं. २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिनको सम्झनामा हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ ।
.jpg)
६. मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
➤ भदौ २०
- वि.सं. २०८३ (२० औँ) को नारा : प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्रनिर्माणमा ऐक्यबद्धता ।
- सार्क महासन्धिलाई अनुमोदन गरेको सम्झनामा वि.सं. २०६४ देखि यो दिवस मनाउन सुरु गरिएको ।
- नेपालद्वारा सार्क महासन्धिसम्बन्धी अनुमोदन : वि.सं. २०६३ भदौ २०
- अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस : जुलाई ३०
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा : ट्र्याप्ड बिहाइन्ड दी स्क्याम ।

७. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८४ औँ राष्ट्र कुन हो ?
➤ गिनीबिसाउ
- दौत्य सम्बन्ध कायम : सन् २०२६ सेप्टेम्बर १
- संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा दुई देशका प्रतिनिधिबिच हस्ताक्षर भएको ।
- नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा र गिनीबिसाउका तर्फबाट स्थायी प्रतिनिधि साम्बा सानोद्वारा कूटनीतिक सम्बन्ध कायमसम्बन्धी कागजातमा हस्ताक्षर गरिएको ।
- संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये अब नेपालले १८४ देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ भने नौ देशसँग सम्बन्ध स्थापना हुन बाँकी रहेको छ । पश्चिम अफ्रिकामा अवस्थित र पोर्चुगलको पूर्वउपनिवेश रहेको यो मुलुक करिब ३६ हजार १२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
- गिनीबिसाउले सन् १९७३ मा आफुलाई स्वतन्त्र राष्ट्रघोषणा गरेको थियो भने पोर्चुगलले सन् १९७४ मा यसलाई औपचारिक मान्यता दिएको थियो । यसको आधिकारिक भाषा पोर्चुगिज हो ।

८. अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान तथा चर्चित फुटबल स्टार लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा कहिले गरेका हुन् ?
➤ सन् २०२६ अगस्त ३१
- करिब दुई दशक लामो अन्तर्राष्ट्रिय करियरमा मेसी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी बनेका ।
- ३९ वर्षीय मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका उपाधि दिलाएका ।
- आठ पटकका बालोन डी’ओर विजेता मेसी हाल अमेरिकन क्लब इन्टर मियामी क्लबबाट फुटबल खेलिरहेका छन् ।
.png)
९. “सबै कुरा मिलिसकेपछि मात्र आँट्ने हो भने, हामी कहिल्यै सुरु गर्दैनौ,” भन्ने विद्वान् को हुन् ?
➤ इभान तुर्गेनेभ
१०. ‘हेमचन्द्र स्मृति पत्रकारिता’ पुरस्कार - २०८३ कसलाई प्रदान गरियो ?
➤ पत्रकार सिर्जना पन्त
- पुरस्कार राशि : रु. ५० हजार

११. भियतनाममा सम्पन्न तेस्रो पिकलबल विश्वकप, २०२६ मा नेपाललाई कांस्य पदक दिलाउने खेलाडी को हुन् ?
➤ दावासोनाम शेर्पा
- शेर्पाले पुरुषतर्फ नेपाललाई पिकलबल विश्वकपमा पहिलो पदक दिलाएका ।
- सेमिफाइनलमा मङ्गोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेका दावाले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलका खेलाडीलाई २११२, २११२ को सोझो सेटमा पराजित गरेका ।
- प्रतियोगितामा मङ्गोलियाले स्वर्ण र जापानले रजत पदक जितेका छन् ।
- खेल आयोजना : भियतनाम
- प्रतियोगिता सञ्चालन : सन् २०२६ अगस्त ३०सेप्टेम्बर ६
- सहभागी राष्ट्र : ६४

१२. प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
➤ वि.सं. २०८३ भदौ २०-२१, सर्लाही
- सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आयोजना गरिएको ।
- ‘कक्षाकोठादेखि समुदायसम्म : सामुदायिक क्याम्पसमा आर्थिक दिगोपनाका लागि नवीन शिक्षण विधि’ भन्ने मूल विषयमा केन्द्रित रही सम्मेलन आयोजना गरिएको ।
- सम्मेलनमा देशका विभिन्न विश्वविद्यालय एवं क्याम्पसका अनुसन्धानकर्ता, शिक्षाविद् तथा विज्ञको सहभागिता रहेको ।

१३. नोबेल पुरस्कार पाउने सबैभन्दा ज्येष्ठ लेखिका को हुन् ?
➤ डोरिस लेस्सिङ (८८ वर्ष)
- पर्सिया अर्थात् हालको इरानमा जन्म भई जिम्बाब्वेमा हुर्किएकी र पछि बेलायतको नागरिक बनेकी डोरिस लेस्सिङले सन् २००७ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरी सबैभन्दा बढी उमेर (८८ वर्ष) मा नोबेल साहित्य पुरस्कार विजेताको कीर्तिमान कायम गरेकी ।
१४. चीन-दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?
➤ सन् २०२१ जुलाई ८
१५. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को को हुन् ?
➤ कोफी अन्नान र ड्याग ह्यामरसोल्ड
१६. समुद्र सतह (न्युयोर्क) देखि सगरमाथाको आरोहण यात्रा सुरु गरी सबैभन्दा कम समयमा सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोही को हुन् ?
➤ एन्ड्रयु उसाकोभ
- एन्ड्रयु उसाकोभले समुद्र सतहदेखि सगरमाथाको शिखरसम्मको आरोहण सबैभन्दा छोटो समय (३ दिन २३ घण्टा ७ मिनेट) मा पूरा गरी इतिहास रच्न सफल भएका ।
- उसाकोभले आफ्नो चुनौती सन् २०२५ मे १५ बिहान १२:३० बजे न्युयोर्कको समुद्र सतहबाट सुरु गरेका थिए । त्यसपछि उनी काठमाडौँ हुँदै सगरमाथा आधार शिविर पुगेर मे १९ बिहान ९:२२ (नेपाली समय) बजे सगरमाथाको चुचुरो चुम्न सफल भएका ।
१७. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ?
➤ आ.व. २०८१/८२ - २०८६/८७
१८. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो ?
➤ धादिङ (११ गाउँपालिका)
१९. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?
➤ चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ)
२०. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पुर्याउने लक्ष्य लिइएको छ ?
➤ सन् २०३० सम्म
२१. नेपाल एसिया प्रशान्त हुलाक सङ्घ (एपिपियु) बाट सन् २०२६ मा कुन अवार्डबाट सम्मानित भयो ?
➤ सर्भिस इन रिमोट एरियाज (इनोभेसन अवार्ड अन्तर्गत)
- दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा समेत सरकारी कुरियर सेवाका रूपमा राहदानी, अनुमतिपत्र र शैक्षिक प्रमाणपत्र जस्ता महत्वपूर्ण कागजात नागरिकको घरदैलोसम्म पुर्याउन हुलाकले गरेको पहलको कदर गर्दै यो अवार्ड प्रदान गरिएको ।
- थाइल्यान्डको बैङ्ककमा आयोजित १४ औँ एपिपियु कङ्ग्रेस (सन् २०२६ अगस्त ३१सेप्टेम्बर ४) मार्फत हुलाक सेवा विभागलाई उक्त सम्मान प्राप्त भएको ।
प्रस्तुतकर्ता : टङ्क केसी