Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Ajnabee Khadka
  • July 01, 2026
  • 527

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)

१. जी७ को ५२ औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२६ जुन १५१७, फ्रान्स

  • अध्यक्षता : फ्रान्स (राष्ट्रपति : इमानुयल म्याक्रोन)
  • विभिन्न नौ वटा घोषणापत्र जारी गरिएको; जसमा युक्रेन, मध्यपूर्व, एआई, क्यान्सर र लागुऔषध तस्करीविरुद्धको सहकार्य प्रमुख रहेका । 

२. चौथो राष्ट्रिय मिडिया सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८३ असार ६७, बुटवल

  • सरकारी विज्ञापनसम्बन्धी वर्तमान नीति पुनरवलोकन गरी समानुपातिक तथा मापदण्डमा आधारित विज्ञापन वितरण प्रणाली लागु गर्नुपर्ने माग सम्मेलनले गरेको ।
  • तीन महिनाभित्र पाठक/दर्शक तथ्याङ्क सार्वजनिक गर्ने र एक वर्षभित्र स्वतन्त्र लेखापरीक्षण प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाइएको ।
  • लुम्बिनीलाई विश्व शान्ति तथा सूचना प्रविधिको केन्द्र बनाउन सञ्चार सङ्ग्रहालय र सञ्चारग्राम स्थापना गर्न तीनै तहका सरकारसँग संयुक्त पहलको माग गरिएको ।

३. दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शताब्दीपछिकै विनाशकारी भूकम्प कहिले गयो ? 

➤ सन् २०२६ जुन २५ 

  • भेनेजुएलाले सन् १९०० पछिकै सबैभन्दा शक्तिशाली भूकम्पको सामना गरेको छ ।
  • क्यारेबियन तटीय सहर ‘मोरोन’ नजिकै १० किलोमिटरको कम गहिराइमा ७.२ र ७.५ म्याग्निच्युडका दुई ठुला भूकम्प गएको थियो ।
  • भूकम्पले तटीय राज्य ‘ला गुइरा’ सबैभन्दा बढी तहसनहस भएको । 
  • अमेरिकी संस्था (युयसजियस) का अनुसार यस भूकम्पमा परी दसौँ हजार मानिसले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ ।

४. योङ स्टार फाउन्डेसनद्वारा प्रदान गरिएको वर्ष २०८२ को ‘सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड’ बाट कसलाई सम्मानित गरियो ? 

➤ रेनुका नगरकोटी

  • नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा एपिएफ क्लबकी मिडफिल्डर रेनुका नगरकोटीलाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड प्रदान गरिएको छ । 
  • यस अवार्डसँगै उनले नगद रु. एक लाख प्राप्त गरेकी छन् ।
  • यो अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चसँगको सहकार्यमा योङ स्टार फाउन्डेसनले गत वर्षदेखि प्रदान गर्न सुरु गरेको यो अवार्ड गत वर्ष प्रीति राईले प्राप्त गरेकी छन्।

May be an image of one or more people, dais and text

५. राष्ट्रिय सहकारी महासङ्घ लि. नेपालको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८३ असार ६७

  • आयोजना स्थल : ललितपुर । 
  • सम्मेलनले ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 

६. मधेश प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभासमक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ ? 

➤ रु. ४१ अर्ब १३ करोड ८६ लाख

 

७. यार्चागुम्बाको वैज्ञानिक नाम के हो ? 

➤ कोर्डिसेप्स सिनेन्सिस

  • यार्चागुम्बा लेपिडोप्रेभा वर्गको लाभ्रे किरा सङ्क्रमित भई उम्रने च्याउ हो । त्यसैले यसलाई बर्खे च्याउ र हिउँदे किराको सङ्ज्ञा पनि दिइएको छ । 
  • यार्चागुम्बालाई अङ्ग्रेजीमा क्याटरपिलर फङ्गस भनिन्छ । 
  • यार्चागुम्बा बहुचर्चित, बहुमूल्य र बहुगुणयुक्त जडीबुटी हो । चिनियाँ परम्परागत औषधीपद्धतिमा झन्डै दुई हजार वर्षदेखि नै यसलाई शक्तिवर्धक औषधीका रूपमा प्रयोगमा ल्याइएको अनुमान गरिन्छ । 
  • नेपालमा जीवनबुटीको नामबाट चिनिने यार्चागुम्बा तिब्बती भाषाको यार्चा कुनभु नामक शब्दबाट अपभ्रंश भई बनेको हो । तिब्बती भाषामा यार्चाकुन्भुको शाब्दिक अर्थ केलाउँदा ‘यार’ भनेको वर्षा, ‘चा’ भनेको घाँस, ‘कुन’ भनेको हिउँद र ‘भू’ भनेको किरा हुन्छ। 

 

८. मदन भण्डारी फाउन्डेसनद्वारा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ कसलाई प्रदान गरियो ? 

➤ लेखक तथा अध्येता रमेश रुछेन राई (कृति : श्वेतशार्दूल) 

  • पुरस्कार : दुई लाख रुपियाँ नगद तथा सम्मानपत्र 

९. कर्पोरेट कमर्सियल भेइकल अवार्ड २०२६ कसलाई प्रदान गरियो ? 

➤ फोटोन 

 

१०. तपाइँको कामले नै तपाइँको पहिचान बनाउँछ, बोलीले त केवल भ्रम मात्र उत्पन्न गर्छ भन्ने व्यक्तित्व को हुन् ?   

➤ चिनियाँ धनाढ्य ज्याक मा

 

११. फिफा विश्वकपको इतिहासमा १००० औँ खेल कुन कुन देशबिच भयो ? 

➤ जापान र ट्युनिसिया (सन् २०२६ जुन २१, २३ औँ विश्वकप अन्तर्गत)

 

१२. विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘दी मिसेस नेसनलसिजन ४’ को उपाधि विजेता को हुन् ? 

➤ पूजा साह

  • प्रतियोगितामा लक्ष्मी बोहोराले ‘दी मिसेस नेसनल प्लेटिना’ र अप्सरा सुवेदीले ‘दी मिसेस नेसनल क्लासिक’ को उपाधि हात पारेका । 

 

१३. फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई अनिश्चितकालका लागि कहिले निलम्बन गरेको हो ? 

➤ सन् २०२६ जुन २४

  • एन्फा पदाधिकारीबिचको आन्तरिक कलहलगायतका कारण फिफाले एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो । 

 

१४. जुम्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कहिले गरिएको हो ?

➤ वि.सं. २०८३ असार १६

  • जिल्ला खोप समन्वय समितिको आयोजनामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

१५. सुदूरपश्चिम प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभासमक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ ? 

➤ रु. ३७ अर्ब ७० करोड ३९ लाख (आन्तरिक राजस्व : रु. एक अर्ब ७२ करोड)

 

१६.  आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

➤ सन् २०२१ जनवरी २२

 

१७. ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर कुन संस्थालाई चिनिन्छ ? 

➤ एम्नेस्टी इन्टरनेसनल

  • स्थापना : सन् १९६१ जुलाई 
  • प्रधान कार्यालय :  लन्डन, बेलायत 

 

१८. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पु¥याउने लक्ष्य लिइएको छ ?

➤  सन् २०३० सम्म

 

१९.  विश्व आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तेस्रो शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?  

➤ सन् २०२५ फेब्रुअरी १०११, पेरिस 

  • दुईदिने यस सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञलगायतको सहभागिता रहेको छ ।
  • फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले अध्यक्षता गरेको यस सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहअध्यक्षका रूपमा उपस्थित थिए । 
  • पहिलो सम्मेलन : सन् २०२३, बेलायत
  • दोस्रो सम्मेलन : सन् २०२४, दक्षिण कोरिया 
  • तेस्रो सम्मेलन  : सन् २०२५, फ्रान्स 
  • यस पटक चिनियाँ एआई मोडल ‘डिपसिक’ को व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठुलो परिवर्तनका बिच यो सम्मेलन आयोजना भएको । 
  • पेरिस एआई सम्मेलनले आम प्रयोगकर्तालाई एआईमा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चित गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिएको छ ।

 

२०. वि.सं. २०८३ असार १५ गते कति औँ राष्ट्रिय धान दिवस मनाइयो ? 

➤ २३ औँ 

  • नारा : जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि
  • वि.सं. २०६१ बाट मनाउन थालिएको छ । 
  • पहिलो राष्ट्रिय धान दिवसको नारा : धान नै जीवन हो (राइस इज लाइफ)
  • नेपालको प्रमुख खाद्य बाली : धान (दोस्रो : मकै, तेस्रो : गहुँ)

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 42
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA