Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अपरेसन एब्सोल्युट रिजोल्भ - भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको आक्रमण

  • Ajnabee Khadka
  • January 11, 2026
  • 620

अपरेसन एब्सोल्युट रिजोल्भ - भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको आक्रमण

Operation Absolute Resolve - United States invasion of Venezuela
  • सन् २०२६ को सुरुवातमै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा निकोलस मादुरोलाई लक्षित गरी गरेको एउटा ठूलो र गोप्य सैन्य कारबाही,
  • मिति: सन् २०२६, जनवरी ३ (शनिबार बिहान) 
  • सैन्य अप्रेसन अधिकारिक नाम: अपरेशन एब्सोल्युट रिजल्भ (Operation Absolute Resolve)
  • मुख्य घटना: अमेरिकी 'डेल्टा फोर्स' द्वारा काराकासस्थित निवासबाटै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको गिरफ्तारी

Inside Operation Absolute Resolve: How US forces captured Venezuela's  Maduro — after months of secret planning

  • अमेरिकाले अधिकारिक रूपमा मादुरोलाई 'लागुऔषध तस्कर' को आरोप लगाए पनि धेरै विश्लेषकहरूले यसको भित्री उद्देश्य तेल भएको दाबी गरेका;
    • भेनेजुएलासँग विश्वको करिब २० प्रतिशत तेल भण्डार रहेको मानिन्छ, जुन साउदी अरबभन्दा पनि बढी,
    • हस्तक्षेपलगत्तै राष्ट्रपति ट्रम्पले अमेरिकी तेल कम्पनीहरू भेनेजुएला जाने र अर्बौँ डलर लगानी गर्ने रणनीति सार्वजनिक गरेका,
    • अमेरिकाले भेनेजुएलाको तेल पूर्वाधारलाई आफ्नै रेखदेखमा पुनः सञ्चालन गर्ने लक्ष्य राखेको,
  • यो अपरेसन २०११ मा ओसामा बिन लादेन विरुद्ध गरिएको कारबाही पछिको सबैभन्दा जोखिमपूर्ण र सफल सैन्य अभियान मानिएको,
  • यो हस्तक्षेप केवल भेनेजुएलाको आन्तरिक मामिलामा मात्र सीमित नभई वैश्विक शक्तिको सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ:
    • ल्याटिन अमेरिका (अमेरिकाको 'ब्याकयार्ड') मा बढ्दो चिनियाँ लगानी र रुसी सैन्य उपस्थितिलाई पूर्णतः विस्थापित गर्नु अमेरिकाको प्रमुख रणनीतिक दाउ,
    • ट्रम्प प्रशासनले यस कदमलाई पश्चिमी गोलार्द्धमा बाह्य शक्तिको हस्तक्षेप रोक्ने पुरानो अमेरिकी नीति, "मोनरो सिद्धान्त (Monroe Doctrine)" को आधुनिक संस्करणका रूपमा प्रयोग गरेको,

अमेरिकाका प्रमुख ऐतिहासिक सैन्य अप्रेसनहरू:

अप्रेसनको नाम (Operation Name) वर्ष  
अपरेशन नेप्च्युन स्पियर (Operation Neptune Spear) २०११
  • विश्वकै सैन्य इतिहासमा सबैभन्दा चर्चित र सफल 'सर्जिलकल स्ट्राइक' मध्ये एक,
  • मुख्य उद्देश्य: अल-कायदाका संस्थापक र विश्वकै कुख्यात आतंककारी ओसामा बिन लादेनलाई समाप्त पार्नु
अपरेशन रेड डन (Operation Red Dawn) २००३ इराकी राष्ट्रपति सदाम हुसेनलाई पक्राउ गर्न संचालन गरिएको सैन्य अभियान
अपरेशन ओडिसी डन (Operation Odyssey Dawn) २०११ सन् २०११ मा लिबियामा गृहयुद्धको समयमा मुअम्मर गद्दाफीको शासन विरुद्ध गरिएको अन्तर्राष्ट्रिय सैन्य हस्तक्षेप,
अपरेशन जस्ट कज (Operation Just Cause) १९८९ सन् १९८९ मा पानामाका सैन्य शासक म्यानुएल नोरिएगालाई सत्ताच्युत गरी पक्राउ गर्न अमेरिकाले चलाएको एउटा ठूलो र निर्णायक सैन्य अभियान,
अपरेशन कायला मुलर (Operation Kayla Mueller) २०१९ सन् २०१९ मा इस्लामिक स्टेट (ISIS) का संस्थापक र विश्वकै सर्वाधिक खोजी गरिएका आतंककारी अबु बकर अल-बग्दादीलाई लक्षित गरी गरिएको एउटा अत्यन्तै गोप्य र सफल अमेरिकी सैन्य अभियान
अपरेशन इन्डुअरिङ फ्रीडम (Operation Enduring Freedom) २००१
  • अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको सैन्य अभियान,
  • सेप्टेम्बर ११ (९/११) को आतंकवादी आक्रमणको जवाफमा सुरु गरिएको 'आतंकवाद विरुद्धको विश्वव्यापी युद्ध' (Global War on Terror) को प्रमुख हिस्सा,
  • सुरुवात मिति: अक्टोबर ७, २००१
  • स्थान: मुख्यतया अफगानिस्तान

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 70
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 82
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 61
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA