Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

  • Ajnabee Khadka
  • July 27, 2026
  • 259

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

Official inauguration of Nagdhunga-Sisnekhola tunnel

उद्घाटन तथा निर्माण सम्बन्धी महत्वपूर्ण मितिहरू:

  • औपचारिक उद्घाटन: वि.सं. २०८३ साउन ११ गते (सन् २०२६ जुलाई २७)
  • उद्घाटनकर्ता: पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत माएदा तोरु र जाइका (JICA) का अध्यक्ष डा. तानाका अकिहिकोद्वारा संयुक्त रूपमा उद्घाटन
  • शिलान्यास: वि.सं. २०७६ कात्तिक ४ गते (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा)
  • आपत्कालीन सुरुङ (Rescue Tunnel) छिद्रण: वि.सं. २०८० साउन २२ गते
  • मुख्य सुरुङ (Main Tunnel) छिद्रण: वि.सं. २०८१ असार ३ गते (तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा)
  • निर्माण अवधि: ठेक्का सम्झौता भएको करिब ८० महिना (७ वर्ष) पछि सञ्चालनमा आएको,

प्राविधिक तथा भौगोलिक विशेषताहरू:

  • कुल लम्बाइ (मुख्य सुरुङ): २,६८८ मिटर (२.६८ कि.मी.)
  • आपत्कालीन सुरुङ (Evacuation Tunnel) लम्बाइ: २,५५७ मिटर
  • सुरुङको आकार: चौडाइ ९.५ मिटर र उचाइ ८.३ मिटर (२ लेनको सडक)
  • सुरु र अन्त्य हुने स्थान: काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखादेखि धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलासम्म
  • विशेषता: नेपालको पहिलो आधुनिक सुरुङमार्ग (Nepal's first modern road tunnel) — नेपालको पहिलो सुरुङमार्ग: वि.सं. १९७४ (सन् १९१७) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण भएको मकवानपुरको हेटौँडा र बाराको अमलेखगन्ज जोड्ने चुरे पहाडमा अवस्थित 'चुरियामाई सुरुङमार्ग (Churia Tunnel)'
  • पहुँच मार्ग (Approach Road): बलम्बुदेखि सुरुङ प्रवेशद्वार (टुटिपाखा) सम्म २.३०७ कि.मी. २ लेनको सडक
  • समय बचत: नागढुङ्गाको जाम र उकालो काट्न लाग्ने करिब ३०–४५ मिनेटको यात्रा अब ७ मिनेटमा सीमित हुने

आर्थिक तथा वित्तीय पक्ष:

  • कुल लागत: करिब २५ अर्ब रुपैयाँ
  • वैदेशिक सहयोग: जापान सरकारको (जाइका - JICA) रु २१ अर्ब (सहुलियतपूर्ण ऋण) र नेपाल सरकारको रु ६ अर्ब लगानी
  • मुख्य निर्माण कम्पनी (Contractor): जापानको हाज्मा एन्डो कर्पोरेसन (Hazama Ando Corporation)
  • सञ्चालन तथा व्यवस्थापन: ५ वर्षका लागि चिनियाँ–नेपाली जेभी कम्पनी Yusin–ART Joint Venture छनोट

सुरुङमार्ग प्रयोगबापत निर्धारण गरिएको दस्तुर:

सवारी साधनको प्रकार काठमाडौँ प्रवेश गर्दा (रु) काठमाडौँबाट बाहिरिँदा (रु)
हलुका सवारी (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस) ६५/- ६०/-
मिनीबस तथा मिनी ट्रक १२५/- ८०/-
बस तथा सिङ्गल रियर एक्सल ट्रक २६०/- २००/-
मल्टिएक्सल ट्रक तथा भारी उपकरण ६००/- २५०/-

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 73
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 83
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA