Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेवार

  • Bikash Shrestha
  • November 07, 2025
  • 34

नेवार

Newar

काठमाडौंको पुरानो नाम नेपाल मण्डल र यसको वरपरका क्षेत्रमा बसोबास गर्ने, आफ्नै मौलिक भाषा ‘नेपाली भाषा’ (नेवार भाषा) बोल्ने तथा समृद्ध संस्कृति भएका विभिन्न जातजातिका मानिसहरूको सामूहिक रूपलाई नेवार समुदाय भनिन्छ । यिनीहरू यस क्षेत्रका मूल निवासी, आदिवासी र भूमिपुत्र हुन् । नेवार समुदाय तिब्बती, बर्मेली र आर्य जातिहरूको संमिश्रणबाट उत्पन्न भएको मानिन्छ । मूलतः बौद्ध र हिन्दु धर्म अवलम्बन गर्ने नेवारहरूमा धार्मिक सहिष्णुता र एकताको भावना पाइन्छ । यिनीहरूको साझा पहिचान भनेको नेवार भाषा र नेवारी संस्कृति नै हो । नेवार समुदायको स्वतन्त्र लिपि ‘नेपाल लिपि’ (रञ्जना लिपि) हो । यस समुदायमा ब्राह्मणदेखि शूद्रसम्म सबै वर्गका मानिसहरू रहेका छन्, जसले विभिन्न पेशा–व्यवसाय अपनाएका छन् । नेवारहरू शिल्पकला र हस्तकलामा निपुण छन् र विभिन्न सीपमूलक पेशा अंगालेका छन् । यिनीहरूको प्रमुख पेशा व्यापार र कृषि हो, साथै धेरैले आफ्ना परम्परागत जातीय पेशा पनि निरन्तरता दिएका छन् । पेशागत कारणले गर्दा आज नेवार समुदायको बसोबास नेपालका धेरै जिल्लाहरूमा देख्न सकिन्छ ।

Categories

  • Current Affairs 441
  • Gorkhapatra 255
  • Others 747
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Newar
Others

नेवार

  • Nov 07, 2025
  • 33
Under which body has the government decided to establish the National Research and Development Council?
Current Affairs

सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ?

  • Nov 07, 2025
  • 31
Mountainous Region
Others

पहाडी क्षेत्र

  • Nov 06, 2025
  • 43
Contribution of various provinces to GDP (percentage)
Current Affairs

जिडीपी मा विभिन्न प्रदेशको योगदान (प्रतिशत)

  • Nov 06, 2025
  • 44
Public Service Delivery: Topical Q&A (19 Kartik 2082, Wednesday)
Gorkhapatra

सार्वजनिक सेवा प्रवाह : विषयगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Nov 05, 2025
  • 22
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA