Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाली मूर्तिकला र तिनका विशेषताहरू

  • Bikash Shrestha
  • August 07, 2025
  • 1347

नेपाली मूर्तिकला र तिनका विशेषताहरू

Nepali sculpture and its characteristics

 

नेपालको ऐतिहासिक कालविभाजनअनुसार नेपाली कलालाई प्राचीन, मध्यकालीन र शाहकालीन गरी तीन भागमा वर्गीकृत गर्न सकिन्छ। प्राचीन कलालाई शैलीका आधारमा प्रारम्भिक काल, लिच्छविकाल र मध्यकालीन कालमा विभाजन गरिएको पाइन्छ। यसैअनुसार नेपाली मूर्तिकलाको अध्ययन गर्न सकिन्छ।

१. प्रारम्भिक कालको मूर्तिकला

प्रारम्भिक कालका मूर्तिहरूमा काठमाडौं उपत्यकाका केही प्राचीन प्रस्तर मूर्तिहरू पाइन्छन्, जसमा मथुरा कुषाण कलाशैलीको प्रभाव देखिन्छ। भारतको कुषाणकाल (ई.पू. १ शताब्दीदेखि ई. ३ शताब्दी) सँग सम्बन्धित शैली नेपालमा प्रवेश गरेको देखिन्छ।

उल्लेखनीय मूर्तिहरू:

  • आर्यघाटको मृगेश्वरस्थानभित्रको विरूपाक्ष मूर्ति (ई.पू. ७–८ शताब्दी)

  • किरात रानीको मूर्ति

  • हाँडीगाउँको सत्यनारायण मन्दिर नजिकको पुरुष मूर्ति

  • टेढाटोलमा पाइएको नारिशिर मूर्ति (ई.पू. ३ शताब्दी)

मुख्य विशेषताहरू:

  • अनौठा वरदमुद्राका प्रस्तुति

  • छड्के पटुकाको प्रयोग

  • लुगामा बुट्टाको प्रयोग

  • सामान्य गोलो प्रभामण्डल

  • यज्ञोपवितको अभाव

  • अलंकारिक केशविन्यास

  • ठूला कर्णकुण्डल

  • गोडामा ठूला कल्लीको प्रयोग

  • सूक्ष्म कलात्मकताको अभाव

२. लिच्छविकालीन मूर्तिकला

यस कालको मूर्तिकला सुसंस्कृत, चिकन, मिहिन र मौलिक भएको पाइन्छ। धार्मिक विषयवस्तुमा आधारित मूर्तिहरू कलात्मक तथा गतिशील छन्।

उल्लेखनीय मूर्तिहरू:

  • विष्णुविक्रान्त मूर्ति

  • पद्महस्ता लक्ष्मी (राष्ट्रिय सङ्ग्रहालय)

  • आर्यघाटको विरूपाक्ष

  • कालियदमन (हनुमानढोका)

  • चाँगुको विश्वरूप

  • गणबहालको बोधिसत्व

  • बाङ्गमतीढुंगाको स्थानक बुद्ध

  • काभ्रेको भगवती

  • नःघलटोलको पार्वती, दक्षिणकाली, कङ्केश्वरी, वनकाली आदि

मुख्य विशेषताहरू:

  • आकर्षक मुखाकृति

  • विशेष ढुङ्गाको छनोट

  • आङ्गिक अनुपातको मिलन

  • नारिमूर्तिमा लचकता

  • अलंकारिक केशविन्यास

  • पारदर्शी कपडाको प्रयोग

  • सामान्य प्रभामण्डल

३. मध्यकालीन मूर्तिकला

मध्यकालमा प्रस्तर, काष्ठ, धातुका मूर्तिहरू प्रशस्त निर्माण भए। ताम्र र लोहको प्रयोगले मूर्तिलाई टिकाउ र प्रज्वलित बनाएको देखिन्छ।

प्रस्तर मूर्तिहरू:

  • उमामहेश्वर (क्वावहाल, हाँडीगाउँ, थापाहिटी)

  • श्रीधर विष्णु (चाँगु नारायण)

  • चतुर्मुख लिङ्ग (दुपाटन)

  • विष्णुव्यूह (कुम्भेश्वर)

  • नृत्येश्वर (राष्ट्रिय सङ्ग्रहालय)

मुख्य विशेषताहरू:

  • कमजोर ढुङ्गाको प्रयोग

  • लाम्चो वा सानो मुखाकृति

  • अत्यधिक गहना प्रयोग

  • अलंकृत प्रभामण्डल

  • हावादारी प्रभाव

  • विशेष मुकुटको प्रयोग

  • अनुपात नमिल्नु

  • पदपीठमा दोहोरो पद्यपीठ

काठका मूर्तिहरू:

  • नृत्त्यादेवी (राष्ट्रिय सङ्ग्रहालय)

  • गणेश, नृत्य शिव, महिषमर्दिनी दुर्गा, मारविजय (भक्तपुर सङ्ग्रहालय)

  • टुंडाल, झ्यालहरूमा सजीव मूर्तिहरू

  • गङ्गा-यमुनाको अभिव्यक्ति मन्दिरद्वारहरूमा

मुख्य विशेषताहरू:

  • काष्ठमा उत्कृष्ट कुँदाइ

  • मन्दिरको स्थापत्यमा मूर्तिको समावेश

  • टुंडालमा शृङ्गारिक मूर्तिहरू

माटोका मूर्तिहरू:

  • अष्टमातृका (राष्ट्रिय सङ्ग्रहालय, १७औं शताब्दी)

  • अनन्तनारायण विष्णु (१८औं शताब्दी)

  • महाबौद्ध मन्दिर (वि.सं. १६४२)

मुख्य विशेषताहरू:

  • ईँटाजस्तै बनावट

  • सुदृढ र चिल्लो संरचना

धातुका मूर्तिहरू:

  • चाँगु विष्णु, बद्धमूर्ति (८–९औं शताब्दी)

  • हिरण्यवर्ण महाविहारको अवलोकितेश्वर

  • इन्द्रकृ (११–१२औं शताब्दी)

  • अधर्नारीश्वर, महिषासुरमर्दिनी, वज्रपाणि आदि

मुख्य विशेषताहरू:

  • शरीर र अवयवको तालमेल

  • सममित अङ्ग

  • अगाडि–पछाडि दुवैतर्फ कलात्मकता

  • अत्यधिक वस्त्राभूषण प्रयोग

  • शिर र हातको विशेष प्रदर्शन

  • अर्धगोलाकार आँखीभौं र चुच्चो नाक

  • गोलो अनुहार

यसरी, नेपाली मूर्तिकला विभिन्न कालखण्डअनुसार निरन्तर विकासशील, कलात्मक र धार्मिक चेतनासँग जोडिएको सांस्कृतिक सम्पदा हो।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1172
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 111
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 113
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 67
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 90
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA