नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात
● कहिलेबाट सुरु भयो ? वि सं २०८२ वैशाख ।
● नेपाल प्रहरी स्थापनाको ७० वर्षपछि सङ्गठनभित्र पहिलो पटक स्टाफ कलेज कोर्स सुरु गरिएको ।
● यो कोर्सले प्रहरी सङ्गठनमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास लिइएको ।
● २०८१ पौष ११ गतेको 'पुलिस लिडरसिप एन्ड स्टाफ कलेज व्यवस्थापन समिति' को बैठकले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली-२०८१ र प्रवेश परीक्षा कार्यादेश-२०८१ पारित गरेसँगै कोर्सको कार्यान्वयन अघि बढेको ।
● १४ महिनाको यो कोर्स १२ महिना आवासीय प्रशिक्षण र दुई महिना अनुसन्धान (थेसिस) कार्यका लागि छुट्याइएको ।