Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल राष्ट्रिय खेलकुद

  • Bikash Shrestha
  • August 10, 2025
  • 856

नेपाल राष्ट्रिय खेलकुद

Nepal National Sports

 

नेपालको खेलकुद जगत्को सबैभन्दा ठूलो खेल महाकुम्भका रूपमा नेपाल राष्ट्रिय खेलकुदलाई मानिन्छ। यसको सुरुवात वि.सं. २०३८ सालदेखि भएको हो। प्रारम्भमा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्ने योजना भए पनि आन्तरिक समस्याका कारण यो सम्भव हुन सकेन। २०७९ सालसम्म आइपुग्दा जम्मा ९ वटा राष्ट्रिय खेलकुदका संस्करणहरू आयोजना भएका छन्।


(क) पहिलो संस्करण

  • मिति: वि.सं. २०३८ भदौ २७ – असोज ४

  • स्थान: दशरथ रंगशाला, काठमाडौं

  • आयोजक अञ्चल: बागमती अञ्चल

  • समयावधि: ९ दिन

  • परिणाम:
    १. बागमती अञ्चल – प्रथम
    २. गण्डकी अञ्चल – द्वितीय
    ३. कोशी अञ्चल – तृतीय


(ख) दोस्रो संस्करण

  • मिति: वि.सं. २०४० चैत १२ – २०

  • स्थान: पोखरा स्पोर्ट्स कम्प्लेक्स, पोखरा

  • उद्घाटनकर्ता: तत्कालीन राजा श्री ५ वीरेन्द्र शाह

  • प्रतियोगिता प्रतीक (Logo): नेपालको राष्ट्रिय फूल – लालीगुराँस

  • परिणाम:
    १. बागमती अञ्चल – प्रथम
    २. गण्डकी अञ्चल – द्वितीय
    ३. कोशी अञ्चल – तृतीय


(ग) तेस्रो संस्करण

  • मिति: वि.सं. २०४२ फागुन २३

  • स्थान: वीरगन्ज रंगशाला (उद्घाटन तथा समापन)

  • उद्घाटनकर्ता: तत्कालीन राजा श्री ५ वीरेन्द्र शाह

  • प्रतियोगिता प्रतीक (Logo): बाघ (नाम: "बले")

  • परिणाम:
    १. बागमती अञ्चल – प्रथम
    २. कोशी अञ्चल – द्वितीय
    ३. नारायणी अञ्चल – तृतीय


(घ) चौथो संस्करण

  • मिति: वि.सं. २०५५ चैत ८ – १४

  • स्थान: नेपालगन्ज

  • विशेषता: पहिलो पटक विकास क्षेत्र अनुसार प्रतियोगिता

  • टिम संख्या: ७

  • परिणाम:
    १. मध्यमाञ्चल विकास क्षेत्र – प्रथम
    २. नेपाली सेना – द्वितीय
    ३. नेपाल प्रहरी – तृतीय


(ङ) पाँचौं संस्करण

  • मिति: वि.सं. २०६५ चैत २४ – ३०

  • स्थान: काठमाडौं

  • विशेषता: प्रतियोगिता दुई प्रकार – क्षेत्रीय र खुला

  • परिणाम:

    • क्षेत्रीयतर्फ:
      १. मध्यमाञ्चल विकास क्षेत्र – प्रथम
      २. एपीएफ – द्वितीय
      ३. नेपाल प्रहरी – तृतीय

    • खुला प्रतियोगिता:
      १. मध्यमाञ्चल विकास क्षेत्र – प्रथम
      २. एपीएफ – द्वितीय
      ३. नेपाल प्रहरी – तृतीय


(च) छैठौं संस्करण

  • मिति: वि.सं. २०६८ चैत १४ – २१

  • स्थान: धनगढी र महेन्द्रनगर, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र

  • टिम संख्या: १०

  • परिणाम:
    १. मध्यमाञ्चल विकास क्षेत्र – प्रथम
    २. नेपाल प्रहरी – द्वितीय
    ३. सशस्त्र प्रहरी बल नेपाल – तृतीय


(छ) सातौं संस्करण

  • मिति: वि.सं. २०७३ पौष ८ – १५

  • स्थान: विराटनगर, पूर्वाञ्चल विकास क्षेत्र

  • परिणाम:
    १. नेपाली सेना – प्रथम
    २. सशस्त्र प्रहरी बल नेपाल – द्वितीय
    ३. नेपाल प्रहरी – तृतीय


(ज) आठौं संस्करण

  • मिति: वि.सं. २०७५ चैत्र २७ देखि (औपचारिक उद्घाटन – वैशाख ५)

  • स्थान: नेपालगन्ज, बाँके

  • प्रतिभागी: ३५ खेल, ५,००० भन्दा बढी खेलाडी

  • परिणाम:
    १. नेपाल आर्मी – प्रथम
    २. नेपाल पुलिस – द्वितीय
    ३. सशस्त्र प्रहरी बल नेपाल – तृतीय

  • नवौं संस्करणको निर्णय: दुई वर्षभित्र गण्डकी प्रदेशमा आयोजना गर्ने


(झ) नवौं संस्करण

  • मूल नारा: "एकताबद्ध देश, खेलकुदको सन्देश"

  • मिति: वि.सं. २०७९ जेठ २२ – २८

  • स्थान: पोखरा, गण्डकी प्रदेश

  • प्रतिभागी: ११ टिम (७ प्रदेश + नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गैरआवासीय नेपाली संघ)

  • खेल संख्या: ३६

  • प्रतिस्पर्धी संख्या: ६,००० भन्दा बढी खेलाडी

  • परिणाम:
    १. नेपाल आर्मी क्लब – प्रथम
    २. एपीएफ – द्वितीय
    ३. नेपाल पुलिस क्लब – तृतीय

  • विशेष: प्रतियोगिताको ट्रफी २०७९ भदौ ३१ गते प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए।

  • अगिल्लो निर्णय: दशौं संस्करण वि.सं. २०८१ मंसिर २ – ९ मा कर्णाली प्रदेशमा आयोजना गर्ने

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 93
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 111
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 64
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 88
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA