नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५०
- सन्धिको नाम: नेपाल सरकार र भारत सरकारबीचको शान्ति तथा मैत्री सन्धि (Treaty of Peace and Friendship)
- हस्ताक्षर मिति: सन् १९५० जुलाई ३१ (वि.सं. २००७ साउन १६ गते)
- हस्ताक्षर भएको स्थान: काठमाडौँ
- नेपालका तर्फबाट हस्ताक्षरकर्ता: प्रधानमन्त्री मोहन शम्शेर जङ्गबहादुर राणा
- भारतका तर्फबाट हस्ताक्षरकर्ता: भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंह
- लागू भएको मिति: हस्ताक्षर भएकै मिति (सन् १९५० जुलाई ३१) देखि लागू भएको,
- सन्धिको अवधि/अन्त गर्ने प्रावधान: १ वर्ष अगावै पूर्वसूचना (One year's notice) दिएर खारेज गर्न सकिने, नत्र निरन्तर रहने,
- धारा संख्या: १० वटा धारा
- धारा १ (सार्वभौमसत्ता): अनन्तकालसम्म शान्ति-मैत्री रहने र एक-अर्काको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको सम्मान गर्ने,
- धारा २ (छिमेकीसँगको सम्बन्ध): छिमेकी राज्यहरूसँग मैत्रीपूर्ण सम्बन्धमा खलल पुग्ने गम्भीर मनमुटाव भएमा एक-अर्कालाई अनिवार्य सूचित गर्ने,
- धारा ३ (कूटनीतिक सम्बन्ध): दुवै देशमा कूटनीतिक प्रतिनिधि रहने र अन्तर्राष्ट्रिय कानुनअनुसार विशेषाधिकार उपभोग गर्ने,
- धारा ४ (वाणिज्यदूत नियुक्ति): दुवै देशले एक-अर्काको क्षेत्रमा महावाणिज्यदूत, वाणिज्यदूत वा वाणिज्य एजेन्टहरू नियुक्त गर्न सक्ने,
- धारा ५ (हातहतियार आयात): नेपालले आफ्नो सुरक्षाका लागि भारतीय भूमि भएर हातहतियार र युद्धसामग्री आयात गर्न पाउने,
- धारा ६ (आर्थिक/औद्योगिक सहभागिता): औद्योगिक तथा आर्थिक विकास र ठेक्कापट्टामा अर्को देशका नागरिकलाई राष्ट्रिय व्यवहार (National treatment) दिने,
- धारा ७ (नागरिक विशेषाधिकार): पारस्परिक आधारमा बसोबास, सम्पत्ति स्वामित्व, व्यापार-वाणिज्य र आवतजावतको समान अधिकार दिने,
- धारा ८ (विगतका सन्धि खारेजी): सन्धिमा समेटिएका विषयको हकमा ब्रिटिश सरकार र नेपालबीच भएका पुराना सम्पूर्ण सन्धि-सम्झौताहरू खारेज हुने,
- धारा ९ र १० (कार्यान्वयन र भाषा): सन्धि दुई प्रतिमा तयार भई हस्ताक्षर भएकै मितिदेखि कार्यान्वयनमा आउने,