Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता

  • Ajnabee Khadka
  • February 25, 2026
  • 617

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता

Nepal-India Mutual Legal Assistance Agreement

आधारभूत जानकारी:

  • सम्झौताको नाम: फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता (Mutual Legal Assistance in Criminal Matters - MLAT)
  • मन्त्रिपरिषद्को निर्णय मिति: २०८२।०६।३०
  • हस्ताक्षर भएको मिति: २०८२।११।०५ (१७ फेब्रुअरी २०२६)
  • स्थान: कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौं
  • यो सम्झौताले अन्तरदेशीय अपराध नियन्त्रणमा नेपाल र भारतबीचको सुरक्षा र कानूनी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको,

हस्ताक्षरकर्ता तथा उपस्थिति:

पक्ष हस्ताक्षरकर्ता पद
नेपाल सरकार श्री विनोद कुमार भट्टराई सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
भारत सरकार श्री नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूत

सम्झौताका मुख्य उद्देश्यहरू:

  • कानूनी सहायता: फौजदारी विषयमा दुई मुलुकबीच पारस्परिक कानूनी सहायता आदानप्रदान गर्ने,
  • प्रमाण सङ्कलन: फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीका लागि प्रमाण जुटाउन र आदानप्रदान गर्न सहज मार्ग प्रशस्त गर्ने,
  • सहयोग सुदृढीकरण: दुवै देशका सक्षम अधिकारीहरूबीच कानूनी र प्राविधिक सहयोग अभिवृद्धि गर्ने,

अपेक्षित उपलब्धि तथा प्रभाव:

  • विधिको शासन: विधिको शासनलाई मजबुत बनाउने र न्याय प्रशासनमा संस्थागत समन्वय बढाउने,
  • वित्तीय अपराध नियन्त्रण: नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न 'कोसेढुङ्गा' सावित हुने,
  • विशेष मुद्दाहरू: सम्पत्ति शुद्धीकरण (Money Laundering) र आतङ्ककारी कार्यमा हुने वित्तीय लगानी निवारणमा थप मद्दत पुग्ने,
  • प्रभावकारी अनुसन्धान: अनुसन्धान र न्याय निरूपण प्रक्रियालाई थप परिणाममुखी र सशक्त बनाउने,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 73
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 83
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA