Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल–बेलायत मैत्री सन्धि, १९२३

  • Ajnabee Khadka
  • September 01, 2026
  • 111

नेपाल–बेलायत मैत्री सन्धि, १९२३

Nepal-British Treaty of Friendship, 1923

सन्धिको आधारभूत तथ्यहरु:

  • के थियो?: नेपालको अन्तर्राष्ट्रिय पहिचान र सार्वभौमसत्ता स्थापित गर्ने पहिलो कानुनी दस्ताबेज
  • औपचारिक नाम: नेपाल सरकार र बेलायत सरकारबीचको मैत्री सन्धि (Treaty of Friendship between Great Britain and Nepal)
  • हस्ताक्षर मिति: सन् १९२३ डिसेम्बर २१ (वि.सं. १९८० पुस ६ गते)
  • हस्ताक्षर स्थान: सिंहदरबार, काठमाडौँ
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: श्री ३ महाराज तथा प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा
  • बेलायतका तर्फबाट हस्ताक्षरकर्ता: लेफ्टिनेन्ट कर्नेल विलियम फ्रेडरिक ट्राभर्स ओकनर (Lt. Col. W. F. T. O'Connor)
  • प्रमाणीकरण र आदानप्रदान (Ratification): सन् १९२५ अप्रिल ८ (वि.सं. १९८१ चैत २६ गते) मा बेलायतका राजा जर्ज पाँचौँ र नेपालका राजा त्रिभुवनबाट प्रमाणीकरण भई सिंहदरबारमा आदानप्रदान भएको,
  • अन्तर्राष्ट्रिय अभिलेखीकरण: यो सन्धि सन् १९२५ मा तत्कालीन 'लिग अफ नेसन्स' मा दर्ता गरिएको, जुन नेपालको इतिहासमा अन्तर्राष्ट्रिय साझा संस्थामा अभिलेखीकरण गरिएको पहिलो सन्धि हो,
  • धारा संख्या: ७ वटा धारा 
    • धारा १ (सार्वभौमसत्ता): दुवै देशबीच स्थायी शान्ति रहने र एक-अर्काको आन्तरिक तथा बाह्य स्वतन्त्रतालाई पारस्परिक रूपमा स्वीकार र आदर गर्ने,
    • धारा २ (पुराना सन्धि): सन् १८१५ को सुगौली सन्धिसहित विगतका सम्पूर्ण सन्धि-सम्झौताहरूलाई परिमार्जन गरिएको बाहेकको हकमा यथावत् स्वीकार गर्ने,
    • धारा ३ (छिमेकी सम्बन्ध): साझा सिमानाका छिमेकीहरूसँग मनमुटाव वा असमझदारी उत्पन्न भएमा एक-अर्कालाई अनिवार्य सूचित गर्ने र कूटनीतिक प्रयास गर्ने,
    • धारा ४ (सुरक्षा): कुनै पनि देशले आफ्नो भूभाग अर्को देशको सुरक्षामा खतरा पुग्ने गरी प्रयोग गर्न नदिने,
    • धारा ५ (हतियार आयात): नियत मैत्रीपूर्ण हुने र निर्यात नगर्ने सर्तमा नेपालले आफ्नो रक्षाका लागि भारत भएर हातहतियार र युद्धसामग्री आयात गर्न पाउने,
    • धारा ६ (भन्सार छूट): नेपाल सरकारका लागि आयात गरिने सामग्रीमा भारतीय बन्दरगाहमा भन्सार छूट र व्यापारिक सामानमा शुल्क फिर्ता पाउने,
    • धारा ७ (अनुमोदन): सन्धिलाई दुवै देशबाट अनुमोदन गरी छिटोभन्दा छिटो प्रमाणीकरण आदानप्रदान गरिने,

AI को मदतले परिष्कृत गरिएको सन् १९२३ को नेपाल-बेलायत सन्धिको हस्ताक्षरको समयको ऐतिहासिक तस्बिर

कूटनीतिक पृष्ठभूमि र 'शिकार कूटनीति' (Hunting Diplomacy)
  • बेलायती प्रतिनिधित्व परिमार्जन (१९२०): जून १९२० मा बेलायतले काठमाडौँस्थित बेलायती 'रेसिडेन्ट (Resident)' लाई 'एनभ्वाय (Envoy)' र 'रेसिडेन्सी लाई 'लिगेसन (Legation)' मा परिणत गरी नेपालको स्वतन्त्रता स्वीकार्ने आधारभूमि तयार गरेको,
  • प्रथम विश्वयुद्धको सैन्य योगदान: प्रथम विश्वयुद्ध (१९१४-१९१८) मा चन्द्रशमशेरले बेलायतको पक्षमा २ लाख नेपाली सेना पठाएको र २४ हजारले ज्यान गुमाएपछि बेलायतमाथि नैतिक तथा कूटनीतिक दबाब सिर्जना भएको,
  • ल्हासा मिसन (१९०३-०४): बेलायतको कर्नेल योङहज्बन्ड सैन्य मिसनलाई तिब्बत प्रवेश गराउन चन्द्रशमशेरले पर्दापछाडिबाट ठूलो सहयोग गरेका, ल्हासास्थित नेपाली वकिल जितबहादुर मार्फत सन् १९०४ को ल्हासा महासन्धि गराउन उनले मध्यस्थकर्ताको भूमिका खेलेका,
  • शिकार कूटनीति (Hunting Diplomacy):
    • सन् १९०१: भाइसराय लर्ड कर्जनको तराई शिकार यात्रामा चन्द्रशमशेर सहभागी भई सुमधुर सम्बन्ध स्थापना
    • सन् १९११ डिसेम्बर: बेलायती राजा जर्ज पाँचौँलाई चन्द्रशमशेरले तराईमा शिकारका लागि आमन्त्रित गरेर नेपालको स्वतन्त्रताको विषय उठाए पनि तत्कालीन समयमा सफल भएनन्
    • सन् १९२१ डिसेम्बर: बेलायती राजकुमार एडवार्ड (प्रिन्स अफ वेल्स, जो पछि राजा एडवार्ड आठौँ बने) चितवनको शिकार यात्रामा आएका बेला चन्द्रशमशेरले टेन्टभित्र वार्ता गरी सन्धिका लागि प्रारम्भिक सहमति कायम गराएका,

सन्धिका प्रमुख उपलब्धि तथा ऐतिहासिक महत्त्व:

  • सुगौली सन्धिको अपमान अन्त्य: सन् १८१६ को सुगौली सन्धिको १०७ वर्षअघिको अपमान र पराजयको सङ्कुचनलाई नेपाली मानसिकताबाट हटाएको,
  • अन्तर्राष्ट्रिय मान्यता र सार्वभौमसत्ता: तत्कालीन विश्वको एकमात्र महाशक्ति बेलायतले नेपालको सार्वभौमसत्तालाई पहिलोपटक लिखित रूपमा स्वीकार गरी नेपाल सार्वभौम राष्ट्र रहेको प्रमाणित गरेको,
  • संयुक्त राष्ट्रसङ्घ (UN) को सदस्यताको आधार: सन् १९४९ मा नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यताका लागि आवेदन दिँदा स्वतन्त्र राष्ट्रको अकाट्य ऐतिहासिक प्रमाणका रूपमा पेस गरिएको,
  • अन्य राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध: सन्धिपछि फ्रान्स र इटाली जस्ता देशहरूले नेपालसँग स्वतन्त्र दौत्य सम्बन्ध कायम गर्न आफ्ना प्रतिनिधिमण्डल काठमाडौँ पठाएका,
  • १९५० को सन्धिको जग: सन् १९५० मा नेपाल र स्वतन्त्र भारतबीच भएको 'शान्ति तथा मैत्री सन्धि' को धारा १ को मुख्य जग बनेको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 49
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 92
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 28
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 163
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA