मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६
- राष्ट्रिय दिवस मनाइने मिति: हरेक वर्षको भदौ २० गते (अन्तराष्ट्रिय रुपमा जुलाई ३० मा मानव बेचबिखन विरुद्धको विश्व दिवस मनाइन्छ,)
- संस्करण: २०औँ
- वि.सं. २०८३ को मूल नारा: "प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता"
- दिवस मनाउनुको ऐतिहासिक पृष्ठभूमि: वि.सं. २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसद्द्वारा 'महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि सन् २००२' अनुमोदन भएको स्मरणमा,
- मनाउन थालिएको वर्ष: वि.सं. २०६४ देखि (भदौ २० गते)
- सार्क महासन्धि अनुमोदनको आधार: सन् २००२ मा काठमाडौँमा सम्पन्न ११ औँ सार्क शिखर सम्मेलनबाट पारित महासन्धि
- सम्बन्धित मुख्य मन्त्रालय: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
- ऐन तथा कानुनी व्यवस्था: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६४
- दिवसको मुख्य उद्देश्य: मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउनु, रोकथाम गर्नु र पीडितको संरक्षण गर्नु,