Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Ajnabee Khadka
  • April 28, 2026
  • 921

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
व्यक्तिगत तथा नियुक्ति विवरण:
  • नाम: नारायणदत्त पौडेल
  • पद: सशस्त्र प्रहरी महानिरीक्षक (IGP)
  • नियुक्ति मिति: २०८३ वैशाख १४, सोमबार
  • कार्यभार सम्हाल्ने मिति: २०८३ वैशाख १८ गतेबाट
  • कार्यकाल: १८ चैत २०८४ सम्म (करिब २२ महिना)
  • अवकाशको कारण: ३० वर्षे सेवा हदका कारण १८ चैत २०८४ मा अवकाश हुने,

वृत्ति विकासको समयरेखा (Career Timeline):

मिति (वि.सं.)
पद / बढुवा विवरण
कैफियत
१८ चैत २०५४
प्रहरी निरीक्षक (Inspector)
नेपाल प्रहरीबाट सेवा प्रवेश
४ वैशाख २०५८
सशस्त्र प्रहरीमा स्थानान्तरण
सशस्त्र प्रहरी बल गठन भएपछि स्थानान्तरण
१८ असार २०५८
कामु डीएसपी (Acting DSP)
सशस्त्र प्रहरीमा
१८ चैत २०५८
प्रहरी नायव उपरीक्षक (DSP)
स्थायी बढुवा
२१/२९ चैत २०६३
प्रहरी उपरीक्षक (SP)
बढुवा
२ जेठ २०७०
प्रहरी वरिष्ठ उपरीक्षक (SSP)
बढुवा
१३ कात्तिक २०७५
प्रहरी नायव महानिरीक्षक (DIG)
बढुवा
६ जेठ २०७९
अतिरिक्त महानिरीक्षक (AIG)
मानव स्रोत विभाग प्रमुखको रूपमा कार्यरत
१४ वैशाख २०८३
महानिरीक्षक (IGP)
१३ औं आईजीपीमा नियुक्त
 
प्रमुख जिम्मेवारी र अनुभवहरू:
  • नेपाल प्रहरीमा: रोल्पामा स्ट्राइकिङ टोलीको कमान्ड (उत्कृष्ट कार्यका लागि एक ग्रेड बढुवा), इलाका प्रहरी कार्यालय विर्तामोड, प्रहरी प्रशिक्षण प्रतिष्ठान र जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत,
  • सशस्त्र प्रहरीमा:
    • सुरक्षा बेश तुल्सीपुरको प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्य,
    • शान्ति प्रक्रियाका बेला अनमिन (UNMIN) मातहत हतियार अनुगमन सदस्य,
    • गणपति: सीमा सुरक्षा कार्यालय बर्दिया, निलबराही गण र बंगलामुखी विशेष कार्यदल गण,
    • बाहिनीपति: पूर्व क्षेत्रीय (बराह बाहिनी), उपत्यका (पशुपतिनाथ बाहिनी), लुम्बिनी र गण्डकी प्रदेश बाहिनीहरूको नेतृत्व,
    • विभाग प्रमुख: सशस्त्र प्रहरी प्रधान कार्यालयमा मानव स्रोत, सीमा तथा कार्य विभागको विभागीय प्रमुखका रूपमा अनुभव,
मान-पदवी र सम्मान:
  • उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पाँचवटा पदक र सम्मान प्राप्त गर्नुभएको; १.) सुप्रबल जनसेवा श्री २.) प्रबल जनसेवा श्री (चौथो) ३.) गोरखा दक्षिण बाहु (चौथो) ४.) प्रदेश सेवा पदक ५.) संयुक्त राष्ट्रसंघ पदक (लाइबेरिया र कोसोभो मिशन)
छनोटको पृष्ठभूमि:
  • वरीयता: उहाँ एआईजीहरूमध्ये वरीयताको एक नम्बर (जेष्ठता) मा रहनुभएको,
  • प्रतिस्पर्धी: आईजीपीका लागि एआईजी वंशी दाहाल (पौडेलभन्दा ५ महिना जुनियर) र एआईजी गणेश ठाडा मगर (पौडेलभन्दा करिब २ वर्ष जुनियर) पनि प्रतिस्पर्धामा,
  • निवर्तमान नेतृत्व: हालका आईजीपी राजु अर्यालले १८ वैशाख २०८३ मा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाउँदै हुनुहुन्छ,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 74
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 85
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 63
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 146
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA