पहाडी क्षेत्र
यो क्षेत्र पूर्वदेखि पश्चिमसम्म विभिन्न जातजातिका मानिसहरूले बसोबास गरेका छन्। पूर्वी नेपालमा मुख्य रूपमा राय र लिम्बू समुदाय बसोबास गर्छन् भने मध्य नेपालमा ब्राह्मण, क्षत्री, नेवार, मगर, गुरुङ आदि जाति पाइन्छन्। पश्चिम नेपालमा पनि यिनै जाति र जनजातिहरू देख्न सकिन्छ । जात र धर्मअनुसार प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, रीतिरिवाज र परम्परा छन्। यस क्षेत्रका मानिसहरूले दौरा, सुरुवाल, कछाड, पटुका, टोपी आदि परम्परागत पोशाक लगाउने गर्दछन् । यहाँका मानिसहरू मकै, कोदो, दही, दूध, भटमासजस्ता खाद्यवस्तु तथा ती पदार्थबाट बनेका परिकारहरू खाने गर्छन् । यस क्षेत्रका अधिकांश ठाउँमा यातायात सुविधा पुगेको भए पनि केही स्थानहरूमा अझै पनि बाटोघाटोको कमी छ। शिक्षा र सञ्चारजस्ता आधारभूत आवश्यकताहरू पर्याप्त रूपमा नहुँदा यहाँको जनजीवन केही कठिन रहेको छ । त्यसैले कतिपय स्थानमा आज पनि महिलाहरूले दाउराको भारी बोकेर घरधन्दा चलाउने गरेको देखिन्छ ।