Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मध्यकाल (वि.सं. १८२५–२००७)

  • Bikash Shrestha
  • October 24, 2025
  • 535

मध्यकाल (वि.सं. १८२५–२००७)

Middle Ages (1825–2007)

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको पहिलो चरण वि.सं. १८२६ (सन् १७६९) मा पूरा गरेका थिए। त्यसबेला राजा‌हरूले हिन्दु धर्मानुसार शासन गर्थे र राजा नै प्रशासनका सर्वेसर्वा मानिन्थे । शासन केन्द्रीयकृत थियो। राजाले आफ्ना नातेदार वा प्रिय पात्रहरूलाई प्रशासनका महत्वपूर्ण पदमा नियुक्त गर्थे । यस कालको अन्त्यतिर राजाको शक्तिलाई कमजोर पार्दै राणा परिवारले निरङ्कुश जहानियाँ शासन चलायो । द्रव्य शाहलाई गोर्खा विजयमा सहयोग गर्ने अर्याल, पाण्डे, खनाल, पन्त, बोहरा र राणा (छ थर) लाई प्रशासनका प्रमुख पदहरूमा अवसर दिइन्थ्यो। पछि राणाकालमा यी थरहरूको सट्टा कुँवर (राणा), बस्नेत र थापाको वर्चस्व कायम भयो । यस समयमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टै व्यवस्था थिएन। सबै अधिकार राजा वा राणामै निहित थियो। यद्यपि शासन सञ्चालनका लागि भारदार प्रणाली र दैनिकीका लागि प्रशासनिक संरचना स्थापित गरिएको थियो ।

मुख्य पदहरू
गुरु, चौतारिया, काजी, सरदार, खजाञ्ची, द्वारे, कपरदार, दादा आदि उच्च पदमा भारदारहरू रहन्थे । प्रशासनिक तहमा धर्माधिकारी, पुरोहित, कप्तान, मीर मुन्सी, वकिल, सुब्बा, डिठ्ठा, खरदार, मुखिया, कोतवाल, विचारि, दरोगा, तहबिलदार, उमराव, कोते जमदार आदि पदहरू रहेका थिए ।

यस कालका प्रमुख प्रशासनिक सुधार र कार्यहरू:

  • पृथ्वीनारायण शाहले योग्य र सक्षम व्यक्तिलाई नियुक्ति र पदोन्नति गर्ने उद्देश्यले सैनिक सेवामार्फत पजनी प्रणाली सुरु गरे। युद्धमा वीरगति प्राप्त गर्ने सैनिकका परिवारलाई सन्तान हुर्किनेसम्म जग्गाको रूपमा भत्ता प्रदान गर्ने “मरवट नीति” अवलम्बन गरे।

  • रणोद्धीप सिंहले कर्मचारीहरूलाई नगद ऋण दिनका लागि तेजारथ अड्डा स्थापना गरे।

  • वीर शमशेरले प्रशासनिक सुधारका प्रयत्नस्वरूप दौडाहा प्रणाली सुरु गरे।

  • वि.सं. १९५० मा उनले प्रशासनिक कार्य व्यवस्थित गर्न देशलाई ३५ जिल्लामा (तराईमा १२, पहाडमा २३) विभाजन गरे र प्रत्येक जिल्लामा बडाहाकिमलाई प्रमुख प्रशासकको रूपमा नियुक्त गरे।

  • देव शमशेरले कार्यालय समय बिहान १० देखि बेलुकी ५ बजे सम्म निर्धारण गरे।

  • चन्द्र शमशेरले वि.सं. १९७४ मा खड्ग निशानको छाप चलनमा ल्याए।

  • उनले नै सरकारी सेवामा प्रवेशका लागि चार कक्षा पास अनिवार्य गरी कर्मचारी तालिम प्रणालीको सुरुवात गरे।

  • भीम शमशेरले शनिबार विदा दिने व्यवस्था गरे, कार्यालय समय बिहान १० देखि साँझ ४ सम्म कायम गरे र काठमाडौंको डिल्लीबजारमा छरिएका सरकारी अड्डाहरूलाई एउटै ठाउँमा राखी चारखाल अड्डा स्थापना गरे।

  • जुद्ध शमशेरले सैनिक द्रव्यकोष स्थापना गरे र सैनिक तथा निजामती कर्मचारीहरूका लागि निवृत्तिभरण (पेन्सन) प्रणाली लागू गरे।

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 37
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 266
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 107
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 94
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA