Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

युरोपेली संघ (EU) को इतिहासमा प्रमुख घटनाक्रमहरु (प्रारम्भदेखि स्थापनासम्म)

  • Ajnabee Khadka
  • August 20, 2026
  • 199

युरोपेली संघ (EU) को इतिहासमा प्रमुख घटनाक्रमहरु (प्रारम्भदेखि स्थापनासम्म)

Major events in the history of the European Union (EU) (from inception to establishment)
घटनाक्रम विवरण
श्युमन घोषणापत्र (Schuman Declaration)
  • घोषणा गर्ने व्यक्ति: फ्रान्सका तत्कालीन विदेश मन्त्री रोबर्ट श्युमन (Robert Schuman)
  • घोषणा भएको ऐतिहासिक मिति: सन् १९५० मे ९
  • मुख्य प्रस्ताव: फ्रान्स, पश्चिम जर्मनी र अन्य युरोपेली देशहरूको कोइला र इस्पात (Coal and Steel) उत्पादनलाई एकीकृत (pool) गर्ने,
  • युरोपेली संघ (EU) को प्रस्थानविन्दु: यस घोषणापत्र मार्फत स्थापना भएको युरोपेली कोइला र इस्पात समुदाय (ECSC) नै कालान्तरमा आजको युरोपेली संघ (EU) बन्न पुगेको पहिलो संस्था
  • युरोप दिवस (Europe Day): यसै घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष ९ मे लाई 'युरोप दिवस (Europe Day)' का रूपमा मनाइन्छ,
पेरिस सन्धि (Treaty of Paris)
  • सन्धिको औपचारिक नाम: युरोपेली कोइला र इस्पात समुदाय (ECSC) स्थापना गर्ने सन्धि
  • हस्ताक्षर भएको मिति: सन् १९५१ अप्रिल १८
  • हस्ताक्षर भएको स्थान: पेरिस, फ्रान्स
  • लागू भएको मिति: सन् १९५२ जुलाई २३
  • सन्धिको वैधता अवधि: स्थापना कालदेखि ५० वर्ष
  • सन्धि समाप्त (निष्क्रिय) भएको मिति: सन् २००२ जुलाई २३
  • हस्ताक्षर गर्ने संस्थापक देशहरू (६ राष्ट्र): बेल्जियम, फ्रान्स, जर्मनी (सङ्घीय गणतन्त्र), इटाली, लक्जमबर्ग र नेदरल्यान्ड्स
  • मुख्य उद्देश्य: दोस्रो विश्वयुद्धपछि युरोपको पुनर्निर्माणका लागि कोइला र इस्पात (coal and steel) स्रोतहरू साझा गरी आर्थिक सहकार्य बढाउनु,
  • स्थापना गरेको निकाय: युरोपेली संसदीय सभा (European Parliamentary Assembly) को स्थापना — यो हालको युरोपेली संसद (European Parliament) को प्रारम्भिक रूप
रोमको सन्धि (Treaty of Paris)
  • सन्धिको औपचारिक नाम: युरोपेली आर्थिक समुदाय (EEC) र युरोपेली आणविक ऊर्जा समुदाय (Euratom) स्थापना गर्ने सन्धिहरू
  • हस्ताक्षर भएको मिति: सन् १९५७ मार्च २५
  • हस्ताक्षर भएको स्थान: रोम, इटाली
  • लागू भएको मिति: सन् १९५८ जनवरी १
  • हस्ताक्षर गर्ने संस्थापक देशहरू (६ राष्ट्र): बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, लक्जमबर्ग र नेदरल्यान्ड्स
  • मुख्य उद्देश्य: सहभागी राष्ट्रहरू बीच साझा बजार (Common Market) को स्थापना गरी स्वतन्त्र व्यापार र आर्थिक वृद्धिलाई बढावा दिनु,
  • मुख्य उपलब्धि: यो सन्धिमार्फत युरोपेली आर्थिक समुदाय (EEC) र युरोपेली आणविक ऊर्जा समुदाय (Euratom) को स्थापना भएको,
  • ऐतिहासिक महत्त्व: यस सन्धिलाई नै वर्तमान युरोपेली संघ (EU) को स्थापनाको मुख्य जग वा प्रस्थानविन्दु मानिन्छ,
मर्जर सन्धि (Merger Treaty)
  • सन्धिको औपचारिक नाम: युरोपेली समुदायहरूको एउटा एकल परिषद् र एकल आयोग स्थापना गर्ने सन्धि
  • हस्ताक्षर भएको मिति: सन् १९६५ अप्रिल ८
  • हस्ताक्षर भएको स्थान: ब्रसेल्स, बेल्जियम
  • लागू भएको मिति: सन् १९६७ जुलाई १
  • सन्धिको मुख्य कार्य: यसले तत्कालीन तीनवटा युरोपेली समुदायका कार्यकारी निकायहरूलाई गाभेर एउटै साझा परिषद् (Single Council) र साझा आयोग (Single Commission) को स्थापना गरेको,
  • गाभिएका तीन समुदायहरू: युरोपेली कोइला र इस्पात समुदाय (ECSC), युरोपेली आर्थिक समुदाय (EEC) र युरोपेली आणविक ऊर्जा समुदाय (Euratom)
  • नयाँ सामूहिक नाम: यो संस्थागत समायोजन (Merger) पश्चात् ती तीन समुदायहरूलाई सामूहिक रूपमा 'युरोपेली समुदायहरू (European Communities)' भन्न थालिएको,
युरोपेली भन्सार संघ (European Union Customs Union)
  • भन्सार संघको परिभाषा: आन्तरिक व्यापारमा कुनै अवरोध नभएको र साझा बाह्य भन्सार महसुल (common external tariff) भएको अर्थव्यवस्थाहरूको समूहलाई भन्सार संघ (Customs Union) भनिन्छ,
  • स्थापनाको जग: सन् १९५७ को रोम सन्धिमार्फत यसको परिकल्पना गरिएको,
  • औपचारिक सुरुवात (मिति): सन् १९६८ जुलाई १ देखि पूर्ण रूपमा लागू भएको — यस मिति देखि संस्थापक ६ सदस्य राष्ट्रहरू बीचको आन्तरिक भन्सार महसुल (customs duties) पूर्ण रूपमा खारेज गरिएको,
  • मूल विशेषता (आन्तरिक): सदस्य राष्ट्रहरूबीचको व्यापारमा लाग्ने सबै भन्सार महसुल (Tariffs) पूर्ण रूपमा खारेज गरिएको,
  • मूल विशेषता (बाह्य): गैर-युरोपेली संघ (EU) देशहरूबाट हुने आयातमा सबै सदस्य राष्ट्रहरूले समान बाह्य भन्सार दर (Common External Tariff) लगाउने,
  • सम्बन्धित स्वतन्त्रता: यो संघ युरोपेली संघ (EU) को 'एकल बजार (Single Market)' को एक प्रमुख आधार स्तम्भ
पहिलो विस्तार (First Enlargement)
  • विस्तार भएको वर्ष: सन् १९७३ मा युरोपेली आर्थिक समुदाय (EEC) को पहिलो विस्तार भएको,
  • प्रवेश गर्ने नयाँ राष्ट्रहरू (३ देश): यस विस्तार मार्फत संयुक्त अधिराज्य (UK), आयरल्याण्ड (Ireland) र डेनमार्क (Denmark) युरोपेली समुदायमा प्रवेश गरेका,
  • सदस्य संख्यामा वृद्धि: नयाँ तीन देशहरूको प्रवेशसँगै सदस्य राष्ट्रहरूको कुल संख्या ६ बाट बढेर ९ पुगेको,
  • बेलायतको असफल प्रयास: सन् १९७३ मा सदस्यता पाउनु अगाडि, बेलायतले सन् १९६३ मा गरेको प्रवेशको पहिलो प्रयासलाई फ्रान्सेली राष्ट्रपति चार्ल्स डी गल (Charles De Gaulle) ले अस्वीकार गरिदिएका,
  • विस्तारको राजनीतिक प्रभाव: ९ राष्ट्रहरूको यो बृहत् संरचना बनेपछि सदस्यहरू बीच साझा सहमतिमा पुग्न पहिलेको ६ संस्थापक राष्ट्रहरूको तुलनामा बढी कठिन बन्न गएको,
युरोपेली संसदको पहिलो प्रत्यक्ष निर्वाचन (First Direct Elections to the European Parliament)
  • सन् १९७९ जुन ७ देखि १० सम्म पहिलो पटक युरोपेली संसदको निर्वाचन भएको,
  • अन्तर्राष्ट्रिय इतिहासमै पहिलो पटक बहु-राष्ट्रिय स्तरमा प्रत्यक्ष मतदानद्वारा जनप्रतिनिधि चुनिएको पहिलो निर्वाचन
  • मतदान गर्ने देशहरू: तत्कालीन युरोपेली समुदाय (EC) का ९ सदस्य राष्ट्रहरू (बेल्जियम, डेनमार्क, फ्रान्स, पश्चिम जर्मनी, आयरल्याण्ड, इटाली, लक्जेम्बर्ग, नेदरल्याण्ड्स र संयुक्त अधिराज्य) सामेल
  • कुल निर्वाचित सिट संख्या: ४१० जना युरोपेली संसद सदस्य (MEPs) प्रत्यक्ष रूपमा निर्वाचित भएका
  • निर्वाचित पहिलो अध्यक्ष: फ्रान्सकी राजनीतिज्ञ तथा होलोकास्टबाट बाँचेकी सिमोन बेल (Simone Veil) पहिलो निर्वाचित अध्यक्ष बनेकी
युरोपेली समुदायको दक्षिणतर्फ विस्तार (१९८१ र १९८६)
  • सन् १९८१ मा ग्रीस र सन् १९८६ मा स्पेन तथा पोर्चुगल युरोपेली समुदायमा आबद्ध हुनुलाई 'दक्षिणतर्फको विस्तार' भनिन्छ,
  • ग्रीसको प्रवेश वर्ष: सन् १९८१ मा ग्रीस युरोपेली समुदायको १०औँ सदस्य राष्ट्रका रूपमा प्रवेश गरेको — ग्रीसको प्रवेशसँगै सदस्य राष्ट्र संख्या ९ बाट बढेर १० पुगेको,
  • स्पेन र पोर्चुगलको प्रवेश वर्ष: सन् १९८६ मा स्पेन र पोर्चुगल समुदायमा प्रवेश गरेका — सन् १९८६ मा स्पेन र पोर्चुगलको प्रवेशसँगै कुल सदस्य राष्ट्र संख्या १२ पुगेको,
एकल युरोपेली ऐन (Single European Act)
  • औपचारिक नाम: एकल युरोपेली ऐन (Single European Act - SEA)
  • हस्ताक्षर भएको वर्ष: सन् १९८६ 
  • हस्ताक्षर भएको मिति र स्थान (पहिलो चरण): सन् १९८६ फेब्रुअरी १७ मा लक्जमबर्गमा हस्ताक्षर भएको,
  • हस्ताक्षर भएको मिति र स्थान (दोस्रो चरण): सन् १९८६ फेब्रुअरी २८ मा द हेग (The Hague), नेदरल्यान्ड्समा हस्ताक्षर भएको,
  • मुख्य उद्देश्य: युरोपेली एकल बजार (Single Market) को निर्माण कार्य पूरा गर्नका लागि स्पष्ट समयतालिका (timetable) निर्धारण गर्नु,
  • भावी मार्गचित्र: मौद्रिक संघ (Monetary Union) को स्थापना गर्ने र राजनीतिक एकता (Political Union) को एजेन्डालाई सक्रिय रूपमा अघि बढाउनु,
  • पृष्ठभूमि: ग्रीस, स्पेन र पोर्चुगल युरोपेली समुदायमा प्रवेश गरेपछि सुस्ताएको युरोपेली एकीकरणको गतिलाई पुनः तीव्र बनाउन यो ऐन ल्याइएको,
मास्ट्रिचको सन्धि (Treaty of Maastricht)
  • सन्धिको औपचारिक नाम: युरोपेली संघ सम्बन्धी सन्धि (Treaty on European Union - TEU)
  • हस्ताक्षर भएको मिति: सन् १९९२ फेब्रुअरी ७ 
  • हस्ताक्षर भएको स्थान: मास्ट्रिच, नेदरल्यान्ड्स (Maastricht, Netherlands)
  • हस्ताक्षरकर्ता सदस्य राष्ट्रहरू: यस सन्धिमा बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस, स्पेन, फ्रान्स, आयरल्यान्ड, इटाली, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोर्चुगल र संयुक्त अधिराज्य (UK) गरी १२ राष्ट्रहरू सामेल
  • मन्त्रीस्तरीय हस्ताक्षरकर्ताहरू: हस्ताक्षरकर्ता देशहरूका २४ जना प्रतिनिधिहरू (प्रत्येक देशका परराष्ट्र मन्त्री र अर्थ/गृह मन्त्री) ले सन्धिमा हस्ताक्षर गरेका,
  • हस्ताक्षर गर्दाका साक्षी: युरोपेली संसदका तत्कालीन अध्यक्ष इगोन क्लेप्स (Egon Klepsch) को उपस्थितिमा यो सन्धिमा हस्ताक्षर भएको,
  • औपचारिक रुपमा लागू भएको मिति: सन् १९९३ नोभेम्बर १ देखि 
  • मास्ट्रिच सन्धिले युरोपेली समुदाय (European Community) लाई औपचारिक रूपमा युरोपेली संघ (EU) मा रूपान्तरण गरेको,
  • सन्धि लागू भएसँगै 'युरोपेली आर्थिक समुदाय (EEC)' को नाम परिवर्तन भई 'युरोपेली समुदाय (EC)' बनेको,
  • तीन खम्बा (Three Pillars) को संरचना: यस सन्धिले युरोपेली समुदाय — European Community (पहिलो खम्बा), साझा परराष्ट्र तथा सुरक्षा नीति — Common Foreign and Security Policy (दोस्रो खम्बा) र न्याय तथा गृह मामिला — Justice and Home Affairs (तेस्रो खम्बा) को जग बसालेको,
  • युरो (Euro) को मार्गचित्र: यस सन्धिले साझा मुद्रा 'युरो' स्थापनाका लागि स्पष्ट समयतालिका (Timetable) निर्धारण गरेको,
  • युरोपेली नागरिकता (EU Citizenship): सदस्य राष्ट्रका नागरिकहरूलाई अतिरिक्त अधिकार प्रदान गर्न साझा युरोपेली नागरिकताको व्यवस्था गरिएको,
  • सह-निर्णय प्रक्रिया (Co-decision Procedure): यस मार्फत सह-निर्णय प्रक्रियाको सुरुवात गरी युरोपेली संसदको विधायी र सुपरिवेक्षण अधिकार बढाइएको,
  • युरोपेली लोकपाल (European Ombudsman): युरोपेली संसदलाई 'युरोपेली लोकपाल' नियुक्त गर्ने जिम्मेवारी प्रदान गरिएको,
  • आयोगको संसदीय अनुमोदन: सम्पूर्ण युरोपेली आयोग (European Commission) लाई युरोपेली संसदले अनिवार्य रूपमा अनुमोदन वा स्वीकृत गर्नुपर्ने व्यवस्था गरिएको,
  • युरोपोल (Europol) को परिकल्पना: प्रहरी सहकार्य र सूचना आदानप्रदानका लागि युरोपेली प्रहरी कार्यालय (Europol) को स्थापना गर्ने जग बसालिएको,
एकल बजारको औपचारिक सुरुवात
  • औपचारिक सुरुवात मिति: सन् १९९३ जनवरी १ मा युरोपेली एकल बजार (Single Market) को औपचारिक सुरुवात भएको,
  • चार स्वतन्त्रताहरू (Four Freedoms): यस बजार अन्तर्गत मानिस (people), वस्तु (goods), सेवा (services) र पैसा (money) बिना कुनै अवरोध स्वतन्त्र रूपमा आवतजावत गर्न सक्छन्,
  • मार्गप्रशस्त गर्ने ऐतिहासिक ऐन: एकल बजारको निर्माण कार्य पूरा गर्नका लागि सन् १९८६ को एकल युरोपेली ऐन (Single European Act) ले स्पष्ट समयतालिका (timetable) निर्धारण गरेको,
  • बजारको विश्वव्यापी महत्त्व: यसको स्थापनाले युरोपमा विश्वकै सबैभन्दा ठूलो एकल बजार क्षेत्र (world's largest single-market area) सिर्जना गरेको,
  • देशभित्र जस्तै स्वतन्त्रता: यस एकल बजारका कारण युरोपेली संघका सदस्य राष्ट्रहरू बीच वस्तु, सेवा, पैसा र मानिसहरूको आवतजावत लगभग एउटै देशभित्र जस्तै सहज बनेको,
  • मूल ऐतिहासिक उद्देश्य: दोस्रो विश्वयुद्धपछिको युरोपमा नागरिकहरूको जीवनस्तर उकास्न सुरु गरिएको आर्थिक परियोजना नै अन्ततः यो बृहत् एकल बजारको रूपमा परिणत भएको,
युरोपेली संघ (EU) को औपचारिक स्थापना
  • सन् १९९२ फेब्रुअरी ७ मा हस्ताक्षर भएको ऐतिहासिक मास्ट्रिच सन्धि (Maastricht Treaty) सन् १९९३ नोभेम्बर १ देखि पूर्ण रूपमा लागू भएसँगै युरोपेली संघ (EU) को स्थापना भएको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 53
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 97
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA