भदौ २४, २०८३ सम्मका प्रमुख समसामयिक घटनाहरू
|
मिति (वि.सं.)
|
घटना र लोकसेवा सान्दर्भिक मुख्य तथ्यहरू (ठिक्कको विस्तृत विवरण)
|
|---|---|
|
भदौ १
|
जनकवि दुर्गालाल श्रेष्ठको निधन: लोकप्रिय बालगीत तथा कालजयी गीत 'फूलको आँखामा फूलै संसार' का रचयिता श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको,
|
|
भारतीय सेनाप्रमुखलाई मानार्थ महारथी पदवी: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको,
|
|
|
भदौ ३
|
राष्ट्रिय सूचना दिवस, २०८३: वि.सं. २०६४ भदौ ३ गते 'सूचनाको हक सम्बन्धी ऐन, २०६४' लागू भएको सम्झनामा मनाइएको,
|
|
विश्व फोटोग्राफी दिवस, २०२६: अन्तर्राष्ट्रिय नारा “HOME — Capture HOME Through Your Lens” का साथ मनाइएको,
|
|
|
विश्व मानवीय सहायता दिवस, २०२६: अन्तर्राष्ट्रिय नारा "Families of Fallen Humanitarians" तय गरिएको,
|
|
|
नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा नियुक्ति: मन्त्रिपरिषद्ले दीर्घ रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको,
|
|
|
भदौ ४
|
बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त: नेकपा एमालेका थापा मगर बागमती प्रदेशको सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको,
|
|
विश्व लामखुट्टे दिवस, २०२६: अन्तर्राष्ट्रिय नारा "Small Bite, Big Threat" रहेको,
|
|
|
बंगलादेशको २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित: बंगलादेश नेसनलिस्ट पार्टीका मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित हुनुभएको,
|
|
|
भदौ ५
|
स्वास्थ्य निकायहरूमा नयाँ नेतृत्व: नेपाल मेडिकल काउन्सिल (NMC) को रजिष्ट्रारमा डा. सुर्पभात श्रेष्ठ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को सदस्य सचिवमा डा. प्रमोद जोशी र नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) को रजिष्ट्रारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको,
|
|
नागरिक लगानी कोष (CIT) मा पुनर्नियुक्ति: पर्वत कुमार कार्की नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ (१) बमोजिम दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त हुनुभएको,
|
|
|
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को विस्तार: मुख्यमन्त्री खगराज भट्टको नेतृत्वमा रहेको सुदूरपश्चिम मन्त्रिपरिषद्लाई ५ नयाँ मन्त्री/राज्यमन्त्री थप गरी १० सदस्यीय बनाई पूर्णता दिइएको,
|
|
|
नेपाली सङ्गीतकार सौरभ शर्मा भारतमा सम्मानित: नयाँ दिल्लीमा आयोजित 'MALHAR 2026' मा भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णनद्वारा शर्मालाई 'युथ गुडविल एम्बेसेडर अनर' प्रदान गरिएको,
|
|
|
भदौ ८
|
हेमबहादुर मल्ल सम्मान प्रदान: नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङद्वारा स्थापित रु. २ लाख राशिको सम्मान वर्ष २०८१ का लागि धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजू श्रेष्ठलाई र वर्ष २०८२ का लागि पूर्व अर्थसचिव रामेश्वरप्रसाद खनाललाई प्रदान गरिएको,
|
|
भदौ ९
|
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन: मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ३ जना नयाँ मन्त्रीहरू (दीपेन्द्रकुमार पुन, इन्द्रजीत थारू र कृष्णा कुश्मा थारू) लाई मन्त्रिमण्डलमा थप गर्नुभएको,
|
|
भदौ १०
|
नेपाल-चीन सीमामा भीषण हिमपहिरो र बाढी: लाङटाङ लिरुङ नजिकैको पहिरोले लेन्दे र भोटेकोशी नदीमा आएको बाढीका कारण ७५० जनाको मृत्यु र ३,००० भन्दा बढी बेपत्ता भए भने भौतिक पूर्वाधारमा खर्बौँको क्षति पुगेको,
|
|
|
सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ घोषणा: वरिष्ठ गायिका मीरा राणालाई नेपाली आधुनिक गीत-सङ्गीतमा छ दशक लामो योगदानका लागि रु. २५,५०५ राशिको यो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको,
|
|
भदौ ११
|
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा: बाढीबाट प्रभावित ५ जिल्ला (रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ) का १४ वटा स्थानीय तहलाई गृह मन्त्रालयले ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको,
|
|
भदौ १२
|
नर्वेका राजा ह्याराल्ड पाँचौँको निधन: ३५ वर्ष शासन गरेका ८९ वर्षीय राजाको निधनपछि उनका ५३ वर्षीय छोरा हाकोन आठौँ (King Haakon VIII) नर्वेका नयाँ राजा बनेका,
|
|
|
विश्व संस्कृत दिवस, २०८३: श्रावण शुक्ल पूर्णिमाका दिन मनाइएको ९औँ दिवसका अवसरमा 'संस्कृत विशेष सम्मान' प्रा. हरिशरण उपाध्यायलाई प्रदान गरिएको,
|
|
भदौ १३
|
अन्तर्राष्ट्रिय परमाणु परीक्षण विरुद्धको दिवस: कजाखस्तानको सेमिपालाटिंस्क परमाणु परीक्षण केन्द्र बन्द भएको सम्झनामा (अगस्ट २९) यो दिवस मनाइएको,
|
|
भदौ १४
|
बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस: संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तर्राष्ट्रिय नारा "Victims first. Actions now" का साथ (अगस्ट ३०) मनाइएको,
|
|
भदौ १५
|
१९औँ राष्ट्रिय पुस्तकालय दिवस: नारा “बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य” तय गरिएको,
|
|
लियोनल मेस्सीको अन्तर्राष्ट्रिय सन्यास: ३९ वर्षको उमेरमा अर्जेन्टिनाका स्टार फुटबलर मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका,
|
|
|
६८औँ रामन म्यागासेसे पुरस्कार २०२६ घोषणा: एसियाको नोबेल मानिने यो पुरस्कार बो क्यी (म्यानमार), रुना खान (बंगलादेश) र टमी कोह (सिंगापुर) लाई प्रदान गर्ने घोषणा गरिएको,
|
|
|
भदौ १६
|
विश्वविद्यालयहरूमा नयाँ पदाधिकारी नियुक्ति: त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा. डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. डा. रवीन्द्र शिवकोटी लगायत विभिन्न विश्वविद्यालयका रजिस्ट्रारहरू नियुक्त हुनुभएको,
|
|
भदौ १७
|
गुठी संस्थानको अध्यक्षमा डा. गोविन्द टण्डन नियुक्त: संस्कृतिविद् डा. टण्डन ३ वर्षका लागि अध्यक्ष नियुक्त हुनुभएको,
|
|
चलचित्र विकास बोर्डमा कार्यवाहक अध्यक्ष: सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्मालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिएको,
|
|
|
नेपालसँग कूटनीतिक सम्बन्ध १८४ पुग्यो: गिनि बिसाउ (Guinea-Bissau) नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गर्ने १८४औँ राष्ट्र बनेको,
|
|
|
भदौ १८
|
२३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: वर्षका उत्कृष्ट पुरुष खेलाडी चन्द्रबहादुर थापा मगर (बक्सिङ) र वर्षकी उत्कृष्ट महिला खेलाडी एरिका गुरुङ (कराते) घोषित हुनुभएको,
|
|
|
तेस्रो पिकलबल विश्वकपमा पदक: भियतनाममा सम्पन्न विश्वकपमा दावासोनाम शेर्पाले पुरुषतर्फ नेपाललाई पहिलो पदक (कांस्य) दिलाउन सफल भएका,
|
|
भदौ १९
|
नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस: मूल नारा “मानवताका लागि एकताबद्ध होऔँ (United in Humanity)” का साथ मनाइएको,
|
|
भदौ २०
|
७३औँ मिस वर्ल्ड २०२६ सम्पन्न: भियतनाममा आयोजित फाइनलमा डोमिनिकन रिपब्लिककी जोहेरी मोलाले उपाधि जितिन; नेपालको तर्फबाट मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल सहभागी भएकी थिइन्,
|
|
|
२०औँ मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस: नारा "प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता" का साथ मनाइएको,
|
|
|
हेम–चन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३: मानव अधिकारका क्षेत्रमा योगदान पुर्याएबापत धौलागिरि जागरण दैनिककी सम्पादक सिर्जना पन्तलाई (नगद रु. ५०,००० सहित) प्रदान गरिएको,
|
|
भदौ २०-२१
|
प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन २०८३: सर्लाहीको लालबन्दीमा ‘कक्षाकोठादेखि समुदायसम्म : सामुदायिक क्याम्पसहरूमा आर्थिक दिगोपनका लागि नवीन शिक्षण विधि’ नाराका साथ सम्पन्न भएको,
|
|
भदौ २१
|
'हिट किक बक्सिङ–५९' विश्व च्याम्पियन: अविरल घिमिरे ('हिमालयन चितुवा') जापानमा आयोजित खेलमा फ्रेन्च बक्सरलाई नकआउट गर्दै यो विश्व उपाधि जित्ने पहिलो नेपाली बक्सर बनेका,
|
|
|
मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार २०८२ निर्णय: मदन पुरस्कार वीणा जोशीको कृति 'नेवार समुदायका परम्परागत मुकुन्डोनाच' लाई र जगदम्बा-श्री पुरस्कार ६ दशकदेखि समर्पित गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय भएको,
|
|
भदौ २२
|
२३औँ निजामती सेवा दिवस स्थगन: रसुवागढी बाढी-विपदको शोकका कारण भाद्र २२ मा मनाइनुपर्ने औपचारिक कार्यक्रमहरू रद्द गरी विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको,
|
|
भदौ २३
|
प्रथम जेनजी (Gen Z) शहीद दिवस: वि.सं. २०८२ भदौ २३ र २४ को ऐतिहासिक आन्दोलनको सम्झनामा पहिलोपटक मनाइएको,
|
|
भदौ २३
|
६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस: नारा "Literacy for people, the planet and prosperity" का साथ मनाइएको; यस वर्षको मुख्य विश्वव्यापी समारोह मेक्सिकोमा भएको,
|
|
भदौ २३
|
विश्व फिजियोथेरापी दिवस, २०२६: "The role of physiotherapy and physical activity in the prevention, management, and rehabilitation of cardiovascular disease and stroke." नाराका साथ मनाइएको,
|