प्रस्तावित नीति तथा कार्यक्रमका प्रमुख व्यवस्था
 
                ● सबैसग मित्रता, छैन कसैसँग शत्रुता का आधारमा परराष्ट्र सम्बन्ध विस्तार गरिने ।
● गैरआवासिय नेपालीको क्षमता र सञ्जाललाई उपयोग गरी सार्वजनिक र सांस्कृतिक कुटनितिको माध्यमबाट अन्र्तराष्ट्रिय स्तरमा मुलुकको पहिचान र सम्मान अभिवृद्धि गरिने ।
● नेपाललाई योग तथा ध्यान पर्यटन केन्द्र बनाउने घोषणा ।
● इन्टर्नमा  काम गर्ने विद्यार्थिलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने ।
● योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने ।
● आगामी दशकलाई आन्तरिक रोजगार दशक घोषण ।
● राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिर्माजन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रुपमा सुदृढ गरिने ।
● पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रुपमा विकास गर्ने ।
● दिगो आय तथा रोजगारमुलक, वातावरणमैत्री पर्यटन ।
● हवाई सेवा र पूर्वाधारमा निजी क्षेत्रको प्रर्वधन गरिने ।
● सार्वजनिक व्यवस्थापन कम्पनी स्थापना गरिने ।
● डिजिटल अर्थतन्त्रको विकास गरिने ।
● आधुनिक कृषिका लागि यान्त्रीकीकरण गरिने ।
● बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने । बिमा साक्षरता कार्यक्रम सञ्चालन गराईने ।
 
                         
                         
                        