Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महाकाली सन्धि

  • Ajnabee Khadka
  • July 24, 2026
  • 275

महाकाली सन्धि

Mahakali Treaty
  • महाकाली सन्धि (Mahakali Treaty) नेपाल र भारतबीच महाकाली नदीको पानी र बिजुली बाँडफाँड तथा एकीकृत विकासका लागि गरिएको एक ऐतिहासिक र विवादास्पद सम्झौता
  • सन्धि पूर्ण नाम: शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धि

हस्ताक्षर र अनुमोदनका महत्वपूर्ण मितिहरू:

शिर्षक विवरण
प्रारूप (Draft) मा हस्ताक्षर वि.सं. २०५२ माघ १५ गते काठमाडौँमा
प्रारूप (Draft) मा हस्ताक्षर गर्ने व्यक्तित्वहरु
  • नेपालका तर्फबाट: परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी
  • भारतका तर्फबाट: विदेशमन्त्री प्रणव मुखर्जी
सन्धिमा अन्तिम हस्ताक्षर
वि.सं. २०५२ माघ २९ गते नयाँ दिल्लीमा
सन्धिमा अन्तिममा हस्ताक्षर गर्ने व्यक्तित्वहरु
  • नेपालका तर्फबाट: प्रधानमन्त्री शेरबहादुर देउवा
  • भारतका तर्फबाट: प्रधानमन्त्री पी.भी. नरसिंह राव 
संसद्‌बाट अनुमोदन
वि.सं. २०५३ असोज ४ गते (दुवै सदनको संयुक्त बैठकको दुई तिहाइ बहुमतबाट)
  • सन्धिका मुख्य तीन पक्षहरू (Projects)
    १.) शारदा बाँध (Sarada Barrage): सन् १९२० मा गरिएको जग्गा सट्टापट्टा सम्बन्धी सम्झौतालाई यसै सन्धिमा एकीकृत गरिएको,
    २.) टनकपुर बाँध (Tanakpur Barrage): सन् १९९१ (२०४८ साल) मा गिरिजाप्रसाद कोइरालाको पालामा भएको टनकपुर विवादलाई यसै सन्धिमार्फत टुङ्ग्याइएको दाबी गरिएको, 
    ३.) पञ्चेश्वर बहुउद्देश्यीय परियोजना (Pancheshwar Project): महाकाली नदीलाई सीमा नदी मानी दुवै देशको बराबर लगानी र बराबर लाभका आधारमा विकास गर्ने योजना
  • सन्धिमा रहेका प्रमुख प्रावधान र सुविधाहरू:
    • पानीको बाँडफाँड: महाकाली नदीको पानीमा दुवै देशको समान हक हुने र पानी "आधा-आधा" बाँड्ने सिद्धान्त स्वीकार गरिएको,
    • बिजुली: टनकपुर बाँधबाट नेपालले वार्षिक ७ करोड किलोवाट घण्टा (७० मेगावाट यूनिट) बिजुली निःशुल्क प्राप्त गर्ने व्यवस्था (सुरुमा गिरिजाप्रसाद कोइरालाको पालामा यो २ करोड यूनिट मात्र रहेको,)
    • सिँचाइ: टनकपुरबाट नेपालले वर्षायाममा १००० क्यु.सेक र हिउँदमा ३०० क्यु.सेक पानी प्राप्त गर्ने उल्लेख
    • समान सहभागिता: पञ्चेश्वर परियोजनामा दुवै देशको समान क्षमताका विद्युत गृह हुने र लाभका आधारमा लागत बेहोर्ने व्यवस्था
    • अवधि: यो सन्धिको अवधि ७५ वर्ष तोकिएको छ र प्रत्येक १० वर्षमा पुनरावलोकन गर्न सकिने प्रावधान
  • सन्धि हुँदाका नेपालका प्रमुख व्यक्तिहरू
    • राजा: राजा वीरेन्द्र वीर बिक्रम शाह
    • तत्कालीन प्रधानमन्त्री: शेरबहादुर देउवा
    • प्रमुख प्रतिपक्षी दलका नेता: माधवकुमार नेपाल
    • जलस्रोतमन्त्री: पशुपति शमशेर ज.ब.रा
    • सभामुख: रामचन्द्र पौडेल 
    • सन्धि अध्ययन कार्यदल संयोजक: केपी शर्मा ओली (एमालेको तर्फबाट)
  • विवाद र चर्चाका विषयहरू
    • सीमा नदीको परिभाषा: सन्धिको प्रस्तावनामा महाकाली नदीलाई "अधिकांश भागमा सीमा नदी" भनिएकाले लिम्पियाधुरा-कालापानी क्षेत्रको मुहान विवाद ओझेलमा परेको भन्दै आलोचना हुने गरेको,
    • राष्ट्रिय अखण्डता: सुगौली सन्धिको धारा ५ अनुसार महाकाली नदी पूरै नेपालको हुनुपर्नेमा सीमा नदी मानिनु राष्ट्रघाती भएको तर्क केही पक्षको रहेको,
    • एमालेको विभाजन: यही सन्धिलाई समर्थन गर्ने (के.पी ओली, माधव कु. नेपाल समूह) र विरोध गर्ने (वामदेव गौतम समूह) बीचको विवादले गर्दा नेकपा एमाले फुटेर नेकपा माले बनेको,
    • कार्यान्वयनमा ढिलाइ: सन्धि भएको २८ वर्षभन्दा बढी समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाको डिपिआर (DPR) र निर्माण कार्य अघि बढ्न नसकेको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 41
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 41
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA