मास्ट्रिच सन्धि (Maastricht Treaty)
- सन्धिको औपचारिक नाम: युरोपेली संघ सम्बन्धी सन्धि (Treaty on European Union - TEU)
- हस्ताक्षर भएको मिति: सन् १९९२ फेब्रुअरी ७
- हस्ताक्षर भएको स्थान: मास्ट्रिच, नेदरल्यान्ड्स (Maastricht, Netherlands)
- हस्ताक्षरकर्ता सदस्य राष्ट्रहरू: यस सन्धिमा बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस, स्पेन, फ्रान्स, आयरल्यान्ड, इटाली, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोर्चुगल र संयुक्त अधिराज्य (UK) गरी १२ राष्ट्रहरू सामेल
- मन्त्रीस्तरीय हस्ताक्षरकर्ताहरू: हस्ताक्षरकर्ता देशहरूका २४ जना प्रतिनिधिहरू (प्रत्येक देशका परराष्ट्र मन्त्री र अर्थ/गृह मन्त्री) ले सन्धिमा हस्ताक्षर गरेका,
- हस्ताक्षर गर्दाका साक्षी: युरोपेली संसदका तत्कालीन अध्यक्ष इगोन क्लेप्स (Egon Klepsch) को उपस्थितिमा यो सन्धिमा हस्ताक्षर भएको,
- औपचारिक रुपमा लागू भएको मिति: सन् १९९३ नोभेम्बर १ देखि
- मास्ट्रिच सन्धिले युरोपेली समुदाय (European Community) लाई औपचारिक रूपमा युरोपेली संघ (EU) मा रूपान्तरण गरेको,
- सन्धि लागू भएसँगै 'युरोपेली आर्थिक समुदाय (EEC)' को नाम परिवर्तन भई 'युरोपेली समुदाय (EC)' बनेको,
- तीन खम्बा (Three Pillars) को संरचना: यस सन्धिले युरोपेली समुदाय — European Community (पहिलो खम्बा), साझा परराष्ट्र तथा सुरक्षा नीति — Common Foreign and Security Policy (दोस्रो खम्बा) र न्याय तथा गृह मामिला — Justice and Home Affairs (तेस्रो खम्बा) को जग बसालेको,
- युरो (Euro) को मार्गचित्र: यस सन्धिले साझा मुद्रा 'युरो' स्थापनाका लागि स्पष्ट समयतालिका (Timetable) निर्धारण गरेको,
- युरोपेली नागरिकता (EU Citizenship): सदस्य राष्ट्रका नागरिकहरूलाई अतिरिक्त अधिकार प्रदान गर्न साझा युरोपेली नागरिकताको व्यवस्था गरिएको,
- सह-निर्णय प्रक्रिया (Co-decision Procedure): यस मार्फत सह-निर्णय प्रक्रियाको सुरुवात गरी युरोपेली संसदको विधायी र सुपरिवेक्षण अधिकार बढाइएको,
- युरोपेली लोकपाल (European Ombudsman): युरोपेली संसदलाई 'युरोपेली लोकपाल' नियुक्त गर्ने जिम्मेवारी प्रदान गरिएको,
- आयोगको संसदीय अनुमोदन: सम्पूर्ण युरोपेली आयोग (European Commission) लाई युरोपेली संसदले अनिवार्य रूपमा अनुमोदन वा स्वीकृत गर्नुपर्ने व्यवस्था गरिएको,
- युरोपोल (Europol) को परिकल्पना: प्रहरी सहकार्य र सूचना आदानप्रदानका लागि युरोपेली प्रहरी कार्यालय (Europol) को स्थापना गर्ने जग बसालिएको,