Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Ajnabee Khadka
  • June 28, 2026
  • 107

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
प्रश्न र सही विकल्प

१) लिच्छविकालीन समयमा जिल्लास्तरीय प्रशासनिक इकाइलाई के भनिन्थ्यो?

• सही उत्तर: विषय

२) बौद्ध धर्मका चारधाममध्ये तलको कुन पर्दैन?

• सही उत्तर: देवदह

३) संघीय संसद्को एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि कति महिनाभन्दा बढी नहुने व्यवस्था छ?

• सही उत्तर: ६ महिना

४) राणाकालीन प्रशासनमा मुन्सीखानाले के काम गर्थ्यो?

• सही उत्तर: परराष्ट्र मामिला

५) नेपालको संविधान बमोजिम देहायका मध्ये कुन नागरिकको कर्तव्यमा समावेश छैन?

• सही उत्तर: विदेशी नागरिकको निगरानी गर्नु

६) उपयुक्त जोडा मिलाउनुहोस्।

क. समानताको हक — पिछडिएको क्षेत्रका लागि विशेष व्यवस्था

ख. स्वतन्त्रताको हक — व्यापार व्यवसाय गर्न वञ्चित गर्न नहुने

ग. सूचनाको हक — गोप्य राख्नुपर्ने कुराको जानकारी दिन बाध्य नपार्ने

घ. सञ्चारको हक — टेलिफोन अवरुद्ध नगरिने

७) देहायका तथ्यहरूमध्ये सही उत्तर छान्नुहोस्।

भारत (१३ जुन १९४७), माल्दिभ्स (१ अगस्ट १९८१) र श्रीलंका (१ जुलाई १९५७) सँग दौत्य सम्बन्ध स्थापना भएका हुन्।

• सही उत्तर: माथिका तीनै तथ्य सही छन्।

८) नेपालमा संविधान सभाबाट संविधान जारी हुँदा प्रधानमन्त्री को थिए?

• सही उत्तर: सुशील कोइराला

९) नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धिमा हस्ताक्षर गर्ने नेपालका प्रतिनिधि को थिए?

• सही उत्तर: गजराज मिश्र

१०) प्रदेश र स्थानीय सरकारले उठाउने आन्तरिक ऋणको सीमा कसले निर्धारण गर्दछ?

• सही उत्तर: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

११) लुम्बिनी प्रदेशको बेरोजगार दरलाई दोस्रो आवधिक योजनाले कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ?

• सही उत्तर: ५ प्रतिशत

१२) सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्यहरूमध्ये पहलाे लक्ष्य कुन हो?

• सही उत्तर: गरिबी अन्त्य

१३) लुम्बिनी प्रदेश नीति तथा योजना आयोगको अध्यक्ष को हुने व्यवस्था रहेको छ?

• सही उत्तर: मुख्यमन्त्री

१४) चालु सोह्रौँ योजना (२०८१/८२–२०८५/८६) ले योजनाको अन्त्यसम्ममा कति प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ?

• सही उत्तर: ७.३ प्रतिशत

१५) लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) को दीर्घकालीन सोच के रहेको छ?

• सही उत्तर: समृद्ध लुम्बिनी: खुसी जनता

१६) तलका मध्ये कुन रुखले सबैभन्दा बढी अक्सिजन उत्सर्जन गर्दछ?

• सही उत्तर: पिपल

१७) आर्थिक सर्वेक्षण, २०८१/८२ अनुसार देशको कुल कृषि योग्य भूमिको कति प्रतिशत भूमिमा सिँचाइ सुविधा पुगेको छ?

• सही उत्तर: ६५.६३ प्रतिशत

१८) नेपालमा संरक्षित घस्रने प्रजातिको जीव कुन होइन?

• सही उत्तर: गोमन सर्प

१९) दिगो विकास लक्ष्य अन्तर्गत कतिवटा लक्ष्य तथा परिमाणात्मक लक्ष्यहरू रहेका छन्?

• सही उत्तर: १७ लक्ष्य र १६९ परिमाणात्मक लक्ष्य

२०) नेपालमा तीन तहका सरकारबिच प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट र सिफारिस कसले गर्दछ?

• सही उत्तर: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

२१) सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो?

• सही उत्तर: अन्नपूर्ण संरक्षण क्षेत्र

२२) जोडा मिलाउनुहोस् — भिटामिन र रासायनिक नाम:

क. भिटामिन A — रेटिनोल

ख. भिटामिन B2 — रियोफ्लाभिन

ग. भिटामिन B6 — पाइरिडोक्सिन

घ. भिटामिन B1 — थाइमिन

२३) मानव शरीरमा रहने २३ जोडा क्रोमोजोम मध्ये २२ जोडा क्रोमोजोमलाई के भनिन्छ?

• सही उत्तर: अटोसोम्स (Autosomes)

२४) जोडा मिलाउनुहोस् — अन्तर्राष्ट्रिय वर्षहरू:

क. अन्तर्राष्ट्रिय मानव अधिकार वर्ष — सन् १९६८

ख. अन्तर्राष्ट्रिय जनसङ्ख्या वर्ष — सन् १९७४

ग. अन्तर्राष्ट्रिय साक्षरता वर्ष — सन् १९९०

घ. अन्तर्राष्ट्रिय अन्तरिक्ष वर्ष — सन् १९९२

२५) मानव शरीरमा हुने कुन रोग "इन्सुलिन" हर्मोनको कमीका कारण लाग्ने गर्दछ?

• सही उत्तर: मधुमेह (Diabetes)

२६) सही उत्तर छान्नुहोस्:

१. Father of Modern Genetics ग्रेगर मेन्डललाई भनिन्छ।

२. BCG खोप Albert Calmette र Camille Guerin ले आविष्कार गरेका हुन्।

३. कोभिसिल्ड नामक कोरोना खोपलाई Oxford AstraZeneca खोपको नामले पनि चिनिन्छ।

• सही उत्तर: माथिका सबै ठीक छन्।

२७) शिशुहरूमा लाग्ने ज्वरो रोकथामका लागि औषधी र भ्याक्सिन आविष्कार गर्ने वैज्ञानिक को थिए?

• सही उत्तर: लुई पास्चर

२८) जोडा मिलाउनुहोस् — उपयुक्त यन्त्र र कार्य:

क. गाडीका पाङ्ग्राहरूले तय गरिएको दुरी नाप्ने यन्त्र — ओडोमिटर

ख. विद्युत प्रवाहवल नाप्ने यन्त्र — पोटेन्सियोमिटर

ग. स-साना दुरी नाप्ने यन्त्र — माइक्रोमिटर

घ. सतहको बक्रता नाप्ने यन्त्र — स्फेरोमिटर

२९) सार्क बडापत्रमा कति धाराहरू रहेका छन्?

• सही उत्तर: १० वटा

३०) जोडा मिलाउनुहोस् — संयुक्त राष्ट्रसंघका विशिष्टीकृत संस्थाहरूको स्थापना वर्ष:

• सही उत्तर: क-४, ख-३, ग-१, घ-२

३१) नेपाल र इष्ट इण्डिया कम्पनीबीच सुगौली सन्धि कहिले भएको थियो?

• सही उत्तर: ३ डिसेम्बर, १८१५ (हस्ताक्षर)

३२) जोडा मिलाउनुहोस् — देश र राष्ट्रिय जनावर:

क. नेपाल — गाई

ख. श्रीलंका — सिंह

ग. अफगानिस्तान — हिउँचितुवा

घ. बंगलादेश — पाटेबाघ

३३) तल दिइएका मध्ये संयुक्त राष्ट्रसंघको प्रमुख अङ्ग कुन होइन?

• सही उत्तर: विश्व स्वास्थ्य संगठन (WHO)

३४) जोडा मिलाउनुहोस् — धार्मिक/ऐतिहासिक स्थल र स्थान:

• सही उत्तर: क-३, ख-४, ग-१, घ-२

३५) हालसम्म सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने नेपाली पर्वतारोही को हुन्?

• सही उत्तर: कामिरिता शेर्पा

३६) दक्षिण एसियाली सहयोग संगठन (सार्क) को स्थापना कहिले भएको हो?

• सही उत्तर: ८ डिसेम्बर, सन् १९८५

३७) नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कुन स्थानमा सम्पन्न भयो?

• सही उत्तर: अमेरिकाको कोलोराडो

३८) विष्णुको गदाको नाम तलकामध्ये कुन हो?

• सही उत्तर: कौमोदकी

३९) दुधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ?

• सही उत्तर: ल्याक्टोमिटर

४०) Fill in correct phrasal verbs: Destination is too far, let us ............. in the early morning.

• सही उत्तर: Set off

४१) Mina ............ piano competition in a fresh mood.

• सही उत्तर: Go in for

४२) We accept your kind invitation .............. pleasure.

• सही उत्तर: With

४३) A number of complaints ................ received after the electricity breakdown.

• सही उत्तर: Have been

४४) Some crops cannot be grown in this region .............. unpredictable weather conditions.

• सही उत्तर: Due to

४५) It's a good idea, but it's ................ that the boss will agree with you.

• सही उत्तर: Unlikely

४६) I will send it to you ............. I get the money.

• सही उत्तर: As soon as

४७) कुन ताललाई "रिग्म ताल" पनि भनिन्छ?

• सही उत्तर: फोक्सुण्डो ताल

४८) तल दिइएका जिल्ला र गुफा स्थानबीच उपयुक्त जोडा मिलाउनुहोस्:

• सही उत्तर: क-३, ख-१, ग-४, घ-२

४९) स्थानीय रूपमा प्रचलित "गुरिल्ला ट्रेल" ले कुन कुन जिल्ला छुन्छ?

• सही उत्तर: रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व र म्याग्दी जिल्ला।

५०) नेपालको प्रामाणिक समय निर्धारणमा प्रयोग भएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर कुन हिमाललाई काटेर गएको मानिन्छ?

• सही उत्तर: गौरीशंकर

५१) तलका हिमाल र जिल्लाको सही जोडा मिलाउनुहोस्:

• सही उत्तर: क-३, ख-१, ग-२, घ-४

५२) तलका तथ्यहरूमध्ये सही उत्तर छान्नुहोस्:

१. आदिवासीको लोपोन्मुख समूहमा कुसुन्डा, वनकरिया, राउटे र राजी पर्दछन्।

२. हायु जातिको मूलभूमि रामेछाप जिल्ला हो।

३. स्याब्रु नाच शेर्पा जातिसँग सम्बन्धित छ।

४. बालन, हनुमान नाच बाहुन क्षेत्री जातिसँग सम्बन्धित छ।

• सही उत्तर: १, २, ३ र ४ सबै ठीक छन्।

५३) नेपालको मध्य पहाडी भू–भागमा देहायमध्ये कुन प्रकृतिको चट्टान पाइँदैन?

• सही उत्तर: सेल (Shale)

५४) हिन्दु र बौद्ध धर्मका साझा देवताका रुपमा तलकामध्ये कसलाई चिनिन्छ?

• सही उत्तर: रातो मच्छिन्द्रनाथ

५५) जोडा मिलाउनुहोस्।

• सही उत्तर: क–२, ख–४, ग–१, घ–३

५६) नेपालमा बसोबास गर्ने कुन समुदायले "पेन्दिया पर्व" मनाउँछन्?

• सही उत्तर: मध्य तथा सुदूरपश्चिममा बसोबास गर्ने थारू समुदाय

५७) उपयुक्त जोडा मिलाउनुहोस्।

क. पाल्पा → बल्लेगढी

ख. रुपन्देही → जितगढी

ग. रोल्पा → गजुलकोट

घ. कपिलवस्तु → शिवगढी

 

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1081
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 2
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 46
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 106
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 17
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 206
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA