Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

देशान्तर (Longitude)

  • Ajnabee Khadka
  • July 22, 2026
  • 246

देशान्तर (Longitude)

Longitude
  • परिभाषा: प्रधानमध्यान्ह रेखा (Prime Meridian) लाई आधार मानी पृथ्वीको केन्द्रबाट पूर्व वा पश्चिमकातर्फ रहेको कुनै पनि स्थानको कोणात्मक दूरी (Angular Distance)
  • देशान्तर रेखा (Lines of Longitude): उत्तरी ध्रुव र दक्षिणी ध्रुवलाई जोड्ने गरी उत्तर-दक्षिण खिचिएका काल्पनिक अर्ध-वृत्ताकार (Semi-circular) रेखाहरूलाई देशान्तर रेखा भनिन्छ,
  • दिशा र स्वरूप: यी रेखाहरू नक्सामा उत्तरदेखि दक्षिण दिशामा अर्ध-वृत्ताकार रूपमा खिचिएका,
  • ध्रुवमा मिलन: अक्षांश रेखाहरू जस्तो यी समानान्तर हुँदैनन्; सबै देशान्तर रेखाहरू उत्तरी र दक्षिणी ध्रुवमा पुगेर एकै ठाउँमा जोडिन्छन् वा केन्द्रित (Converge) हुन्छन्,
  • दुई रेखा बीचको दूरी:
    • भूमध्य रेखामा (०° अक्षांश) दुई देशान्तर रेखा बीचको दूरी सबैभन्दा बढी अर्थात् १११.३२ किलोमिटर हुन्छ,
    • ध्रुवहरूमा (९०° अक्षांश) पुगेपछि देशान्तर रेखाहरू बीचको दूरी घटेर शून्य (0) किलोमिटर हुन्छ,
  • कुल संख्या: देशान्तर रेखाहरू जम्मा ३६० वटा हुन्छन् (१८०° पूर्व + १८०° पश्चिम)
    • पूर्वी गोलार्द्धमा: १८० वटा रेखाहरू
    • पश्चिमी गोलार्द्धमा: १८० वटा रेखाहरू
      नोट: ०° को प्रधानमध्यान्ह रेखा र १८०° को अन्तर्राष्ट्रिय तिथि रेखा एउटै चक्रका विपरित रेखाहरू
  • प्रधानमध्यान्ह रेखा (०°) ले पृथ्वीलाई ठीक दुई बराबर गोलार्द्धमा विभाजन गर्छ:
    • पूर्वी गोलार्द्ध (Eastern Hemisphere): ०° देखि १८०° पूर्वतर्फको भाग
    • पश्चिमी गोलार्द्ध (Western Hemisphere): ०° देखि १८०° पश्चिमतर्फको भाग
  • प्रमुख देशान्तर रेखाहरू: प्रधान मध्याह्न रेखा (Prime Meridian) र अन्तर्राष्ट्रिय तिथि रेखा (International Date Line);
रेखाको प्रकार विवरण

प्रधान मध्याह्न रेखा (Prime Meridian)

  • यो ० डिग्री देशान्तर रेखा हो,
  • यो रेखा बेलायतको ग्रीनविच (Greenwich) हुँदै जान्छ — बेलायतको ग्रीनविच हुँदै जाने यो रेखा अर्थात् प्रधान मध्याह्न रेखा संसारको प्रमाणिक समय (GMT - Greenwich Mean Time) मापन गर्ने आधार रेखा
  • यसले पृथ्वीलाई पूर्वी र पश्चिमी गोलार्धमा विभाजन गर्दछ,
अन्तर्राष्ट्रिय तिथि रेखा (International Date Line)
  • यो १८० डिग्री देशान्तरको आसपास रहेको काल्पनिक रेखा
  • यो रेखा पार गर्दा मिति परिवर्तन हुन्छ — पश्चिमबाट पूर्वतर्फ जाँदा एक दिन थपिन्छ (Gain a day) र पूर्वबाट पश्चिमतर्फ जाँदा एक दिन घट्छ (Lose a day)
  • जमिनको भागमा दुई फरक मिति नपरोस् भन्नका लागि यो रेखालाई प्रशान्त महासागरको जलक्षेत्रमा कतैकतै टेढो-मेढो बनाइएको,
  • देशान्तरका प्रमुख विशेषताहरू:
    • अर्ध-वृत्ताकार: अक्षांश रेखाहरू पूर्ण वृत्त भए तापनि देशान्तर रेखाहरू ध्रुवदेखि ध्रुवसम्म जोडिने अर्ध-वृत्त (Semi Circle) हुन्,
    • समानान्तर नहुने: सबै देशान्तर रेखाहरू उत्तरी र दक्षिणी ध्रुवमा गएर केन्द्रित (Converge) हुन्छन्, त्यसैले यिनीहरू अक्षांश जस्तो समानान्तर हुँदैनन्,
    • दूरीमा भिन्नता: दुई देशान्तर बीचको दूरी भूमध्यरेखामा सबैभन्दा बढी (करिब १११.३२ कि.मी.) हुन्छ र ध्रुवतर्फ जाँदा यो दूरी घट्दै गएर ध्रुवमा शून्य हुन्छ,
    • लम्बाइ: सबै देशान्तर रेखाहरूको लम्बाइ बराबर हुन्छ (भूमध्यरेखाको आधा)
    • काटिने कोण: देशान्तर रेखाहरूले अक्षांश रेखाहरूलाई जहिले पनि ९० डिग्री (समकोण) मा काट्दछन्,
  • देशान्तर र समयको सम्बन्ध (Longitude and Time)
    • पृथ्वीले आफ्नो अक्षमा ३६० डिग्री घुम्न (एक भ्रमण पूरा गर्न) करिब २४ घण्टा लगाउँछ,
    • १५ डिग्री = १ घण्टा: पृथ्वी १ घण्टामा १५ डिग्री देशान्तर घुम्दछ,
    • १ डिग्री = ४ मिनेट: १ डिग्री देशान्तरको फरकमा समयको अन्तर ४ मिनेट हुन्छ,
    • समयको दिशा: प्रधान मध्याह्न रेखाबाट पूर्वतर्फ जाँदा समय छिटो (Ahead) हुन्छ भने पश्चिमतर्फ जाँदा समय ढिलो (Behind) हुन्छ,
  • नेपालको देशान्तरीय अवस्थिति (Longitudinal location of Nepal):
    • नेपालको अवस्थिति: नेपाल ८०°४' पूर्वी देशान्तरदेखि ८८°१२' पूर्वी देशान्तरसम्म फैलिएको,
    • नेपालको गोलार्द्ध: देशान्तरका आधारमा नेपाल पूर्ण रूपमा पूर्वी गोलार्द्ध (Eastern Hemisphere) मा पर्दछ,
    • नेपालको सबैभन्दा पश्चिमी विन्दु: कञ्चनपुरको दोधारा (८०° ४' पूर्वी देशान्तर)
    • नेपालको सबैभन्दा पूर्वी विन्दु: ताप्लेजुङको लेलेप (८८° १२' पूर्वी देशान्तरमा)
  • नेपालको प्रमाणिक समय (Standard Time):
    • औपचारिक नाम: नेपालको प्रमाणिक समय (Nepal Standard Time - NST)
    • आधार देशान्तर: नेपालको प्रामाणिक समय ८६°१५' पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको,
    • आधार पर्वत: यो समय दोलखा जिल्लाको रोल्वालिङ हिमशृङ्खलामा पर्ने गौरीशंकर हिमाल (७,१३४ मिटर) लाई काटेर गएको देशान्तर रेखाका आधारमा निर्धारण गरिएको,
    • समय अन्तर: नेपालको समय ग्रीनविच मानक समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेट छिटो (यसलाई प्राविधिक रूपमा GMT + ५:४५ भनिन्छ,)
    • नेपालको प्रामाणिक समय आधिकारिक घोषणा र लागू: वि.सं. २०४२ साल वैशाख १ गते (नेपालले आफ्नो आधिकारिक प्रमाणिक समय (Nepal Standard Time - NST) लागू गर्नुभन्दा अघि भारतको समय मापन (Indian Standard Time - IST) अनुसार घडी मिलाउने गर्दथ्यो,)
    • नेपालको समय भारतको प्रमाणिक समय (IST) भन्दा १५ मिनेट अगाडि र चीनको प्रमाणिक समय (CST) भन्दा २ घण्टा १५ मिनेट पछाडि रहेको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 42
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA